विद्युतीय बस सञ्चालनमा आउँदै र विष्ट र भट्ट बर्खास्त - गत ७ दिन नेपालमा

New electric bus service goes on trial in Nepal.

New electric bus service goes on trial in Nepal. Source: RSS

प्रधानमन्त्री केपी शर्मा ओली द्वारा विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन र १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको अनुसन्धानमा संलग्न थप दुईजना प्रहरीहरुलाई बर्खास्त।


नेपालमा विद्युतीय बस सञ्चालनमा आउँदै

नेपालमा विद्युतीय बस चल्ने भएको छ। बढ्दो प्रदुषणलाई ध्यामा राख्दै विद्युतीय बस चलाउन लागेको बताइएको छ। यसका साथै पेट्रोलियम पदार्थको आयात निरुस्ताहित गर्नका लागि साझा बसले विद्युतिय बस संचालन गर्न लागिएको साझा यातायातले जनाएको छ।

हाल नेपालको सडकमा ती बस कत्तिको सुहाउँदो रहेछ भनेर परिक्षण गर्न लागिएको साझा यातायातका अध्यक्ष कनकमणि दक्षितले बताए।

"नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न २० स्थानमा विद्युतीय सवारीसाधनका लागि आवश्यक पर्ने र्चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ।"

ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन गरेका थिए।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहान गर्ने बताए। उनले भने, "नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न २० स्थानमा विद्युतीय सवारीसाधनका लागि आवश्यक पर्ने र्चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ।

आर्थिक सहयोग, प्रोत्साहान लागनी गर्ने विषयमा समेत सरकारी निकायहरुबीच छलफल भइरहेको छ। सन् २०२० सम्ममा नेपालमा चल्ने कूल सवारीसाधन मध्ये कमसेकम २० प्रतिशत विद्युतीय इन्धनबाट सञ्चालन हुने लक्ष्य हामीले लिएका छौं।"

हाल ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको साझा प्रालिले जनाएको छ। विद्युत्तीय बसहरु चिनियाँ कम्पनीले निर्माण गरेका हुन् ।

विष्ट र भट्ट बर्खास्त

कन्चनपुरकी एक जना १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना बितिसक्दा पनि दोषि अझै पत्ता लाग्न सकेको छैन। तर उक्त घटनाको अनुसन्धानमा संलग्न दुईजना प्रहरीहरुलाई बबर्खस्त गरेको छ।

दुवैलाई पटक स्पष्टिकरण सोधिएको थियो र दुवै चित्त बुझ्दो नभेटिएपछि बर्खास्त

नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको जानकारी गृहमन्त्रलयाले बिहिबार दिएको हो। उनीहरु दुवै भविष्यमा सरकारी सेवामा आबद्ध हुन अयोग्य नहुने उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा दुवैलाई बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ।

उक्त घटनाको छानविन गर्न हालसम्म थुप्रै समिति बनाइएको छ। जसमध्ये केहिले दिएको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन। सार्वजिनक भएका प्रतिवेदनहरुले भने अनुसन्धानको प्रारम्भिक चरणमै लापरवाहि भएको औंल्याएका थिए।

विष्ट भदौ १० र भट्ट ३१ गते निलम्बनमा परेका थिए। उनीहरु दुवैलाई पटक स्पष्टिकरण सोधिएको थियो र दुवै चित्त बुझ्दो नभेटिएपछि बर्खास्त गरेको बताइएको छ।

Nirmala Panta's parents in Kathmandu.
Nirmala Panta's parents in Kathmandu. Source: Supplied

चार महिनामा सातवटा गैंडा मरे

गएको करिब चार महिनामा चितवन राष्ट्रिय निकुन्ज भित्ररहेका सातवटा गैंडा मरेको जनाएको छ। ति सबै गैंडा विभिन्न प्राकृतिक कारणलेनै मरेका अधिकारीहरुले बताएका छन्।

निकुन्जका प्रमुख संरक्षण अधिकारी वेदकुमार ढकालका अनुसार गैंडाका बच्चालाई गोहिले खाइदियो,  एउटाको मृगौला र फोक्सोमा समस्याका कारण मरेको हो भने मेरेका मध्ये एउटा गैंडा निकै बुढो भइसकेको थियो। अन्य जनावरसंग जुधेर, भालेर हानेर र दलदलमा फसेर पनि गैंडाको मृत्यु भएको निकुन्जको भनाइ छ।

निकुन्ज भित्र गैंडाको संख्या बढ्दै गएपछि कालगतिले मर्नेको संख्या पनि बढेको ढकालले बताए। उनका अनसार यसवर्ष कुनै पनि गैंडा शिकारीका कारण मरेका छैनन्।

यसैबिच निकुन्ज भित्र प्रवेश गर्ने शुल्क पनि बढेको अधिकारीहरुले बताएका छन्। 

संघीय सरकार र प्रद्शबीच खटपट

संघियता कार्यानवयनको शिलशिलामा संघीय सरकार र प्रदेश सरकारबीच फेरी विवाद देखिएको छ।

यसअघि प्रदेश सरकारहरुले कर्माचारी र बजेटको अभाव भएको गुनासो गर्दै आएका थिए। यसपटक को विवाद चाहिँ संघीय सरकारले प्रहरी ऐन नबनाउँदैं प्रदेश २ले उसको प्रदेशको प्रहरी ऐन बनाएको  भन्ने विषयमा केन्द्रीत रहेको छ।

प्रदेश दुईले उक्त ऐन बनाएर उसको संसदबाट पारित पनि गरिसक्यो। यस्तो अवस्थामा केहि दिन अघि जनकपुर पुगेका पूर्व प्रधानमनम्त्री एंव सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का एकजना अध्यक्ष पुष्ष कमल दाहाल प्रचण्डले त्यहाँ भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २का मुख्य मन्त्रीलाई त्यसो नगर्न बताए।

त्यसो गरे संघीयतालाई नै खरता हुने भन्दै उनले भने, "केहि ढिलो भयो भन्दैमा संघीय लोकतान्त्रीक गणतन्त्रको संविधान बनाउने, समावेशी र समानुपातीक मान्यतालाई  स्थापित गर्दै आउने नेतृत्वलाई  ओभरटेक गर्न खोज्नु गल्ती हुन्छ म मुख्य मन्त्रीलाई भन्न चाहन्छु यसले दुरघटना निम्याउँछ। ओभरटेक गर्न खोज्नु भयो भने दुरघटना हुन्छ दुरघटनालाई ननिम्त्याउने अवस्था नल्याउँ। "

तर प्रदेश दुईका मुख्य मन्त्रील लालबाबु राउतले भने उनको सरकारले गरेको काम संघीयता विरोधि नभएको बताए। र प्रदेश प्रहरी ऐनमात्र नभएर प्रदेश सरकार चलाउन चाहिने अन्य कानुनहरु पनि ल्याउने बताए।

उनले भने, " प्रदेश सरकारले आफूलाई आवश्यक ऐन निमयहरु पनि बनाउँदै गइरहेको छ रहेको छ। यसै सन्दर्भमा प्रदेश सरकारले संविधानको धारा २६८ (२) लाई टेकेर नै प्रहरी ऐन  ल्याएको छ।म माननीय अध्यक्षजीलाई अनुरोध गर्न चाहन्छु संघीय प्रहरी ऐन चाँडोभन्दा चाँडो ल्याइ दिनुस् हामीलाई सहयोग गर्नुहोस्। यस्तै बहुत चाँढै निजामति ऐन लागयत अन्य आश्यक ऐन पनि यो सरकारले ल्याउन गइरहेको छ। "

Nepal Communist party leader Pushpa Kamal Dahal.
Nepal Communist part leader Pushpa Kamal Dahal. Source: Getty

जेनेभामा सिड शत्र

जिनिभामा भइरहेको संयुक्त राष्ट्रसंघको महिलामाथि हुने सबै प्रकारका विभेद उन्मुलन गर्ने महासन्धी अर्थात सिडको शत्र चलि रहेको छ। त्यहाँ नेपालको तर्फबाट तीनवटा प्रतिवेदन गएको छ र तीन वटै प्रतिवेदन माथि छलफल भएको छ।

पहिलो प्रतिवेदन नेपाल सरकारको रहेको छ। त्यस्तै गैर सरकारी निकायहरुको तर्फबाट एउटा साझा छायाँ प्रतिवेदन र महिला आयोग  र मानव अधिकार आयोगको  तर्फबाट अर्को संयुक्त प्रतिवेदन प्रस्तुत भएको छ।

सिड कमिटिले तीनवटै प्रतिवेदनहरु  र त्यहाँ उपस्थित सरकारी अधिकारी र गैर सरकारी संस्थाका व्यक्तिहरुसंगको छलफलको निष्कर्षमा नेपाल सरकारले महिला अधिकार सुनिस्चित गर्न काम गर्नु पर्ने विषयहरुको सूचि बनाएर दिने छ।

महिला अधिकारका बारेमा काम गर्ने गैर सरकारी संस्थाहरुको प्रतिवेदनमा उल्ल्ख भएका विषय बारे एउटा गैर सरकारी संस्थासंग आवद्ध एक जना अधिवक्ता सविन श्रेष्ठले भनछन्, "हामीले नागरिकतामा महिलालाई गरिएको विभेदको कुरा उठाएका छौं, यस्तै महिला माथि हुने हिंसा बढ्दै गएको देखिएको कुरा पनि हामे राखेका छौ र महिलाले पाएका अधिकार कार्यान्वयन गर्ने विषयमा मानिसकहरुको सोच परिवर्तन गर्न पर्ने कुरा पनि हाम्रो प्रतिवेदनमा परेको छ।"

सरकारले चाहिँ संविधानमा नेपाल भित्र जन्मिएको कुनै पनि व्यक्ति नागरिकताबाट वञ्चित नहुने प्रावधान रहेको उसको प्रतिवेदनमा राखेको छ। तर पछिल्लो समयमा महिला माथी हुने हिंसाका घटना बढेको देखिएकोले यसलाई नियन्त्रण गर्न चुनौति पुर्ण रहेको देखिएको उसको प्रतिवेदनमा राखेको छ।

सडकमै अध्ययन गर्दै विद्यार्थी

जनकपुरको एउटा विद्यालयका विद्यार्थीहरु कक्षाकोठो अभावमा सडकमै अध्ययन गरिरहेका छन्।

जनकपुरधाम उप महानगरपालिकाले सडक विस्तारको क्रममा त्यहाँको एउटा विद्यालय राजर्षी माध्यमिक विद्यालयको ६ वटा कक्षाकोठा तथा पर्खाल भत्काएपछि उक्त विद्यालयका विद्यार्थीहरु सडकमै बसेर पढिरहेको विद्यालयका प्रधानअध्यापक बिरेन्द्र प्रसाद यादवले बताए। यसका कारण पाँच सयभन्दा बढी विदर्यार्थीहरुको पठनपाठन प्रभावित हुन पुगेको विद्यालयले जनाएको छ।

सन्दिप बिबिएलमा

नेपालको राष्ट्रिय क्रिकेट टिमका एक जना खेलाडी सन्दिप लामिछाने डिसेम्बरमा हुने बिग ब्यासलिगमा खेल्ने भएका छन्। लिगमा १८ वर्षिय लामिछानेले मेलबर्न स्टार्सका तर्फबाट खेल्ने छन्।

दायाँ हाते लेग स्पिनर लामिछानेले फेरी अस्ट्र्लीयामा खेल्न पाएकोमा खुशी व्यक्त गरेका छन्। ''दुई वर्ष अघि मैले अस्ट्रेलीयामा क्रिकेट सिक्ने अवसर पाएको थिएँ। त्यहाँको प्रतिष्ठित लिगमा खेल्न पाउन मेरो सपना थियो जुन आज साकार भएको छ। "

उनले भारतको चर्चीत प्रतियोगिता इन्डियन प्रिपियर लिगमा समेत खेलिसकेका छन्। यस्तै उनले करेबियन लिगमा पनि भाग लिएका थिए।

Sandeep Lamichhane
Sandeep Lamichhane Source: Facebook/Sandeep Lamichhane

 

 

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now