उपवास अनि भोज: रमदानमा इफ्तार, खाना र पारिवारिक भेट

tasneem and amina composite

Cross-cultural consultant Tasneem Chopra and TV personality Amina El-Shafei share their favourite Iftar traditions.

माइ रमदानको यो भागमा अमिना अल–शफेइ र तस्निम चोप्राले रमदानको अवसरमा सामुदायिक र कर्पोरेट निम्तोहरूको व्यवस्थापन र इफ्तरका बारेमा प्रस्तोता सारा मलिकसँग आ-आफ्ना अनुभव सुनाएका छन्।


अमिना अल–शफेइ, रमदानका बेला आफूमा गुलियो पक्ष हाबी हुने बताउँछिन्।

इफ्तारमा उनलाई मन पर्ने दुई खाना अतायफ (क्रिमबाट तैयार पारिएको प्यान केक) र कमर–अल–दिन (आरुको जुसमा बदाम हालिएको) हो।

उनलाई आफ्नी इजिप्सीयन हजुरआमाले बनाउने जुस पनि निकै मिठो लाग्छ।

मलाई लाग्छ कि व्रत भङ्ग गर्नका लागि ती खाने कुरा निकै मिठा हुन्छन्, त्यसबाट आउने मिठासले ठ्याक्कै मन छुन्छ, नट्स र ड्राइ फ्रुट्सले मेन डिस खानलाई भोक जगाउँछ
अमिना अल–शफेइ

मास्टरसेफमा समेत सहभागिता जनाइसकेकी अमिनालाई अस्पतालमा नर्सका रूपमा कार्यरत रहँदा व्रत तोड्न केही असहज महसुस हुन्थ्यो तर फाइदा यस अर्थमा पनि लाग्थ्यो कि त्यहाँ रहेका अन्य नर्ससँग पनि खाना बाटेर खान सकिन्थ्यो।

खाना, कुराहरू सुरु गर्नका लागि निकै राम्रो बहाना हो, जुनसुकै परिस्थितिबाट आएको मानिसहरू भए पनि खाना टेबुलमा राखेपछि त्यहाँ धेरै रमाइलो हुन्छ
अमिना अल–शफेइ

यता बहु सांस्कृतिक समुदायसँग काम गर्ने तस्निमका लागि कुनै समय इफ्तारका १५ भोजमा सामेल हुनु पर्ने अवस्था हुन्थ्यो।

तर लकडाउनका वर्षका बेला भने उनले पुरा एक महिना आफ्ना तीन सन्तानसँग समय बिताउन पाइन्।

हामीले खाना खाने क्रममा, अर्थपूर्ण रूपमा खानाको मजा लिन्थ्यौ
तस्निम चोप्रा

अन्य समुदायका कुराहरू सिक्न र खानाहरू चाख्ने अवसरका रूपमा पनि चोप्राले इफ्तारलाई लिन्छीन।

एक पटक उनकी पाकिस्तानी छिमेकीले अमिलो पिरो समोसाबाट बनेको चाट खान दिइन्।

फ्राई गरिएको समोसा, रोटीको मिठो स्वाद र फलफूलको स्फुर्तीदायि स्वाद, यी सबै मलाई मन पर्ने खाना हुन्
तस्निम चोप्रा

माइ रमदान पोडकास्टमा आधुनिक अस्ट्रेलियामा कसरी इद र रमदान मनाइन्छ भनेर चर्चा गरिएको छ।

माइ रमदानलाई एसबीएस रेडियो, एप्पल पोडकाष्ट, स्पटीफाईवा पोडकाष्ट सुन्न अन्य एपहरूमा फलो गर्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now