कोभिड-१९ को हटस्पटहरुमा रहेका व्यवसायीहरुलाई राहतको माग

Small Business

: Small businesses in virus hot spots face difficulties without significant rent relief Source: SBS

सिड्नीको नर्दन बीचेसमा कोरोना भाइरस सङ्क्रमणको लहर बढे यता, त्यहाँका व्यवसाय समूह तथा स्थानीय सरकारले कोभिड-१९ का हटस्पटहरूमा आर्थिक सहयोग प्रदान गर्न संघीय सरकारसँग आग्रह गर्दै आएका छन्। यस समयमा भाडा तिर्नु पर्ने विषयमा अनिवार्य रूपमा दिइनु पर्ने छुट नपाएको कारणले थुप्रै व्यवसायहरू घाटामा गएको उनीहरूको भनाइ छ।


नर्दन बीचेसमा दोस्रो लकडाउन सुरु भइरहेको समयमा म्यान्ली रेस्टुरेन्ट र समारोह स्थलमा केवल त्यहाँका बर्गरहरूका कारण जेनतेन पसल चलिरहेको छ। 

जग्गा मालिकले ६ महिनाका लागि तिर्नु पर्ने भाडामा छुट अर्थात् रेन्टल रिलिफ दिए तापनि कठिनाइहरू कम नभएको व्यवसाय मालिक दिलीप बताउँछन्। 

नजिकैकी क्याफे मालिक मार्सेलो भिएरा भन्छन् कि, एक समयमा कारोबार ३० प्रतिशत घटेको थियो, जुन जग्गा मालिकहरूले दिएको छुटका अघि सरेका सर्त भन्दा पनि कम थियो।

आर्थिक समस्यामा रहेका व्यावसायिक भाँडेदारहरूले भाडा तिर्नु नपर्ने या तिर्ने म्याद थपिने कुरामा गत अप्रिलमा संघीय र राज्य सरकारहरूले सहमति जनाएका थिए। 

यसको पालना गर्ने जग्गा धनीहरूलाई राज्य भूमि करमा २५ प्रतिशतको छुट प्रदान गरिएको थियो। तर, यतिले मात्र पर्याप्त नभएको नोनी क्रफर्ड बताउँछिन्।

उनको व्यवसाय पनि कोभिड-१९ को उच्च जोखिम रहेको स्थानमा छ, र भाडा तिर्ने दबाबले थुप्रै व्यवसायहरू घाटा बेहोर्न बाध्य भएको उनको भनाइ छ। 

नर्दन बीचेस काउन्सिल र त्यहाँको स्थानीय सरकारी सङ्घले झैँ, क्रफर्डले पनि भाइरस हटस्पटहरूका लागि कमनवेल्थको राहतको माग गरिरहेकी छिन्।

Rental Agreement
Rent costs soar up Source: Getty

तर संघीय ट्रेजरर जोश फ्राइडन्बर्गले भने यी प्रस्तावहरू अस्वीकार गरेका छन्। अहिले सम्म लागु गरिएका कोभिड-१९ प्रतिबन्धहरू "विस्तृत र पर्याप्त" भएको भन्दै यो विषयको जिम्मा स्थानीय सरकारलाई सुम्पेका छन्। 

यति बेला आर्थिक सङ्कटमा रहेका व्यवसायहरू टिक्छन् कि टिक्दैनन् भन्ने कुरा बैङ्कहरूको वर्तमान नीति र नियमहरूमा पनि भर पर्ने साना व्यवसाय संगठन परिषद्का पिटर स्ट्रंग बताउँछन्। 

राज्यका साना व्यवसाय कमिसन र एजेन्सीहरूलाई यस्ता मामिलाहरू सुल्झाउन थप आर्थिक सहयोग दिइनु पर्ने स्ट्रंगको माग छ।

जग्गा धनी र भाँडादारहरूका प्रतिनिधिहरूले सम्मेलन गरी, दुवै पार्टीले एउटा उपायमाथि परस्पर स्विकृती जनाउनु पर्ने उनको भनाइ छ। 

कोभिड-१९ महामारीको बारेमा आफ्नो भाषामा स्वास्थ्य तथा सहयोग सेवाका बारेमा थाहा पाउन sbs.com.au/coronavirus मा जानुहोस्। 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now