सार्वजनिक बिदामा कटौती र रंगशाला निर्माण गर्ने धुर्मुसको घोषणा - गत ७ दिन नेपालमा

सडक विस्तार कार्यको विरोधमा माइतीघर मण्डलामा जम्मा भएका सडक विस्तार पीडितहरुको धर्ना प्रदर्शनमा सहभागी भएका प्रदर्शनकारीलाई नियन्त्रण लिंदै प्रहरीे ।

Protesters in Kathmandu opposing road expansion clash with police in March 2018. Source: RSS

नेपाल सरकारको विसं २०७५ का लागि सार्वजनिक बिदा कटौती गर्ने निर्णय र हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने घोषणा। यी थिए गत ७ दिनमा नेपालमा प्रकाशित केहि मुख्य समाचार।


८९ दिन बिदा

सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । सार्वजनिक बिदा बढी भयो भनेर विरोध भइरहेका बेला बुधबार मन्त्रिपरिषद् बैठकले विसं २०७५ का लागि सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद् बैठकले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको थियो । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको थियो ।

अब ल्होसार, क्रिसमस, छठ, माघी लगायत बिदा सम्बन्धित समुदाय, धर्मावलम्बी या भेग विशेषलाई मात्र दिइनेछ । त्यस्तै गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमी लगायतको बिदा कटौती गरिएका छन् । 

..

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

कांग्रेस नेता खुमबहादुर खड्काको शुक्रबार साँझ निधन भएको छ। भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा खडकाको शुक्रबार साँझ सवा ५ बजे निधन भएका थियो । मृर्गौला प्रत्यारोपण गरिएका खड्का यहीसम्बन्धी संक्रमणका कारण उपचाररत थिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधनमा ट्विट गर्दै नेता खड्काको निधन भएको जानकारी गराएका थिए । ‘उहाँको आत्माले शान्ति प्राप्त गरोस्, कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु!!’ शर्माले ट्विटमा उल्लेख गरेका थिए ।

गत फागुन ४ मा सामान्य हृदयाघात भई नर्भिक अस्पताल भर्ना भएका खडकालाई फागुन ६ मा उपचारका लागि अपोलो लगिएको थियो । उनी मृगौलासहित छाती र नसासम्बन्धी रोगबाट लामो समयदेखि पीडित थिए । केही महिनाअघि मृगौला प्रत्यारोपण गरिएको उनका मृगौलाले पछिल्लो सातादेखि काम गर्न छाडेको थियो । 

...

अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्ने धुर्मुसको घोषणा

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने घोषणा गरेका छन् । ४ वटा नमुना बस्ती निर्माण गरिसकेका उनको धुर्मुस सुन्तली फाउन्डेसनले अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि संयोजकत्व गर्ने जानकारी फेसबुकमार्फत गरेका थिए।

‘यो अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्रै नभएर राष्ट्रको अभियान हो,’ धुर्मुसले फेसबुकमामा लेखेका थिए । एक दिवसीय क्रिकेटको मान्यता पाएको नेपालमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न उनले चाडै निर्माण समिति बन्ने उल्लेख गरेका थिए । धुर्मुसले यसअघि नमुना नेपाल नामक परियोजना निर्माणको घोषणा गरेका थिए । 

..

प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

काठमाडौं उपत्यकामा निर्माणाधीन बाहिरी चक्रपथ र सडक विस्तारका पीडितहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । गत बुधबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म निर्माण पीडितहरुले निकालेको प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । त्यस्तै धरपकडको क्रममा प्रहरीले लाठीचार्ज गर्न थालेपछि प्रदर्शनकारीहरुले ढुंगा हानेका थिए । 

प्रदर्शनमा सहभागि भएका झण्डै डेढ दर्जन प्रदर्शनकारीलाई महानगरीय प्रहरी वृत बानेश्वरले नियन्त्रणमा लिएको थियो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा पहिचानलाई रक्षा गर्नुपर्ने, जनतालाई विस्थापित बनाउने गरी बनाइएको पञ्चातकालीन मापदण्ड खारेज गर्नुपर्ने र मञ्जुरी नलिई सडक विस्तार गर्न नपाइने लगायत माग प्रदर्शनमा उत्रेका पीडितहरुले राखेका थिए ।

..

फेरि नेपालले लर्डस्मा खेल्ने

विश्वभर चर्चित लर्डस् क्रिकेट मैदानमा फेरि नेपालले खेल्ने भएको छ । आगामी जुलाईको अन्तिममा लर्डस्मा आयोजना हुने ट्वान्टी–२० खेलमा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले सहभागिमा जनाउदैंछन् । 

एमसीसीको स्वामित्वमा रहेको लर्डस् क्रिकेट मैदानमा आगामी जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र एमसीसीबीचको त्रिकोणात्मक ट्वान्टी–२० खेल लन्डनको स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुनेछ । हालै नेदरल्यान्ड्स र नेपालले वान डे मान्यता प्राप्त गरेका थिए। यसअघि सन् २०१६ को जुलाईमा नेपालले लर्डस्मा एमसीसीसँग खेलेको थियो। ..

 

सन्दीपको आईपीएल यात्रा सुरु 

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आवद्ध नेपाली खेलाडी सन्दीप लामिछाने दिल्ली डेयरडेभिल्सको गृहमैदानमा अभ्यास सुरु गरेका छन् । गत मंगलबार दिल्ली पुगेलगत्तै उनले दिल्ली डेयरडेभिल्सको प्रायोजकका लागि फोटोसुट समेत गरेका थिए।

आईपीएलमा सहभागि नेपाली खेलाडी सन्दीपको टोली दिल्ली डेयरडेभिल्सले किंग्स इलेभन पन्जाबविरुद्ध आगामी अप्रिल ८ मा खेल्दैछ । आईपीएलमा सहभागि हुन दिल्ली जानुअघि सन्दीपले अनुभव बटुल्ने प्रतिक्रिया दिएका थिए । 

..


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
सार्वजनिक बिदामा कटौती र रंगशाला निर्माण गर्ने धुर्मुसको घोषणा - गत ७ दिन नेपालमा | SBS Nepali