Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

आर्थिक कुराकानी: अस्ट्रेलियामा ब्याजदर बढ्यो, मलाई के मतलब?

six_stacks_of_gold_coins_shows_growing_funds.jpg

RBA hikes rates for the third time this year. Credit: Getty Images/djgunner

अस्ट्रेलियाको ब्याजदर यस आर्थिक वर्षमा तेस्रो पटक बढाइएको छ। रिजर्भ ब्याङ्क अफ अस्ट्रेलियाले मङ्गलवार बसेको बैठकपछि दरलाई ४.१० प्रतिशतबाट बढाएर ४.३५ प्रतिशत पुर्‍याउने घोषणा गरेको हो। सन् २०२४ ताकाको जस्तै हुन पुगेको यो ब्याज दरले तपाईँको मोर्गेज मात्रै होइन, दैनिक जीवनका अन्य खर्च र आर्थिक निर्णयहरूमा कसरी असर पार्न सक्छ? यस महिनाको आर्थिक कुराकानीमा हामीले विश्वास भट्टराईलाई यो विषयका साथै, हालै पहिलो पटक घर किनेका मानिसहरूले जान्नुपर्ने कुराहरू, हालै सार्वजनिक भएको भिक्टोरियाको सन् २०२६-२७ को बजेट र आउँदो हप्ता घोषणा हुन गइरहेको सङ्घीय बजेट लगायत विषयहरूमा कुराकानी गरेका छौँ।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियाको ब्याजदर यस आर्थिक वर्षमा तेस्रो पटक बढाइएको छ। रिजर्भ ब्याङ्क अफ अस्ट्रेलियाले मङ्गलवार बसेको बैठकपछि दरलाई ४.१० प्रतिशतबाट बढाएर ४.३५ प्रतिशत पुर्‍याउने घोषणा गरेको हो। सन् २०२४ ताकाको जस्तै हुन पुगेको यो ब्याज दरले तपाईँको मोर्गेज मात्रै होइन, दैनिक जीवनका अन्य खर्च र आर्थिक निर्णयहरूमा कसरी असर पार्न सक्छ? यस महिनाको आर्थिक कुराकानीमा हामीले विश्वास भट्टराईलाई यो विषयका साथै, हालै पहिलो पटक घर किनेका मानिसहरूले जान्नुपर्ने कुराहरू, हालै सार्वजनिक भएको भिक्टोरियाको सन् २०२६-२७ को बजेट र आउँदो हप्ता घोषणा हुन गइरहेको सङ्घीय बजेट लगायत विषयहरूमा कुराकानी गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

कुराकानीका मुख्य विषयहरू:

  • ब्याजदर ४.१० बाट ४.३५ प्रतिशत बढ्नुको कारण के हो र यसले कसरी प्रभाव पार्छ?
  • पहिलो पटक घर किन्नेहरू, भाडामा बस्नेहरू र ‘सेयरहाउस’मा बस्नेहरूका लागि ब्याजदर वृद्धि र घर भाउबिचको सम्बन्धलाई कसरी बुझाउने?
  • हाल अस्ट्रेलियाको घरजग्गा बजारको समग्र अवस्था कस्तो छ, विशेषगरी प्रमुख शहर र रिजनल क्षेत्रमा ‘रेन्टल अफोर्डेबिलिटी’ कस्तो देखिन्छ?
  • यही हप्ता आएको भिक्टोरियाको सन् २०२६–२७ बजेटमा कसलाई नाफा कसलाई घाटा?
  • सङ्घीय सरकारले आगामी हप्ता सार्वजनिक गर्ने बजेटमा प्रपर्टी वा अझ विशेष गरेर इन्भेस्टमेन्ट प्रपर्टीलाई लिएर कस्ता कदम चाल्न सक्छ र यसले नेपालीभाषी अस्ट्रेलियनहरूलाई कसरी प्रभाव पार्ला?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकएक्स (पहिले ट्विटर भनिने)इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now