मार्च १२ र १३ तारिखमा मेलबर्नमा येती फुटबल क्लबद्वारा आयोजित ११ औँ संस्करणको फुटबल प्रतियोगिता हुँदै छ, जसमा अस्ट्रेलियाको विभिन्न राज्यका नेपाली टोलीहरू सहभागी हुने छन्। प्रतियोगिताको बारेमा हामीले क्लबका प्रमुख राज शर्मासँग कुराकानी गरेका छौँ र उनी भन्छन् कि यस किसिमको सामुदायिक खेलकुदले मानिसहरूलाई विदेशको भूमिमा एउटा परिवारको महसुस गराउँछ।
कुराकानी सुन्नुहोस्: "फुटबल खेल्नु भनेको ध्यान गर्नु जस्तै हो": येती एफसीको ११औँ फुटबल प्रतियोगिता हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





