सन् २०२० देखि कोरोनाभाइरसका कारण लागु गरिएको पटकपटकको लकडाउन पछि समस्यामा परेका ८०० भन्दा बढी नेपाली विद्यार्थीहरुलाई अहिलेसम्म खाद्य सहयोग प्रदान गरिसकेको मेलबर्न स्थित येती फुटबल क्लबका अध्यक्ष राज शर्मा बताउछन्।
कोरोनाभाइरस महामारीको सुरुवात पछि समस्यामा परेका आफ्ना क्लबका खेलाडीहरुलाई राहत सहयोग वितरण गर्दै सुरु भएको आफ्नो यो अभियानका साथ् भिक्टोरियामा रहेका अन्य नेपाली विद्यार्थीहरुलाई पनि सहयोग प्रदान गरिएको राज शर्माले एसबीएस नेपालीलाई बताए।
भिक्टोरिया सरकार, शरणार्थी संस्था र निजी व्यवसायहरुको सहयोगका साथ् दाल, चामल, तेल र चाउचाउ लगायतका आधारभूत खाद्य सामग्री वितरण गरिएको उनको भनाइ छ।
शर्मासँगको हाम्रो कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।





