Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

बालबालीका र ३५ वर्ष माथिका लागि: तामांग रेक्रीऐशनल क्लबको फुटबल प्रतियोगिता सिड्नीमा सुरु हुँदै

Tamang Recreational Club all set for 7th 35 plus football tournament

'फरेभर योङ्ग' अर्थात 'सधैं जवान' भन्ने सोचाइबाट सुरु भएको टुर्नामेन्टको सातौँ संस्करण यहि अक्टोवर ७ मा सिड्नीको म्यारिक भिल हाइ स्कुलमा हुन गइरहेको छ। बढेको उमेरसँगै उत्साह र फुटबल खेल प्रतिको लगावलाई उजागर गर्न ३५ वर्ष माथिको फुटबल टुर्नामेन्ट हुन गइरहेको आयोजकको भनाइ रहेको छ।


Published

Updated

By Sunita Pokharel

Source: SBS




Share this with family and friends


'फरेभर योङ्ग' अर्थात 'सधैं जवान' भन्ने सोचाइबाट सुरु भएको टुर्नामेन्टको सातौँ संस्करण यहि अक्टोवर ७ मा सिड्नीको म्यारिक भिल हाइ स्कुलमा हुन गइरहेको छ। बढेको उमेरसँगै उत्साह र फुटबल खेल प्रतिको लगावलाई उजागर गर्न ३५ वर्ष माथिको फुटबल टुर्नामेन्ट हुन गइरहेको आयोजकको भनाइ रहेको छ।


तामांग रेक्रीऐशनल क्लब अस्ट्रेलियाको आयोजना रहने ३५ प्लस नामक फुटबल टुर्नामेन्टमा १२ वटा टोलीले खेल्ने निश्चित भइसकेको क्लबका सचिव बैकुण्ठ डंगोलले बताए।

तर खेल ३५ प्लसमा मात्र भने सिमित रहेको छैन।

बालबालिकाहरुका लागि पनि सोहि दिन उही स्थानमा किड्स टुर्नामेन्ट पनि हुने डंगोलले एसबीएस नेपालीलाई बताए।

"यो एउटा पारिवारिक इभेन्ट हो जसमा बच्चा देखी बुढा सम्म हुने भएको भएर पुरै परीवार नै इंगेज हुन्छ।"

उक्त खेल मा ४० देखि ४५ बर्ष सम्मका खेलाडी रहनु एउटा आकर्षण भएपनि फुटबल प्रेमीहरुले अत्यन्त फरक उमेर समुहहरुको खेलको मज्जा एकै दिनमा लिन सक्ने बैकुण्ठ डंगोलले बताएका छन्।

किड्स टुर्नामेन्टको लागी ६ वटा टोलीहरुले आफ्नो नाम दर्ता गराएका छन्।

Football players from Tamang Recreational Club
players from Tamang Recreational Club in practice session Source: Supplied

एकै दिनमा यी सम्पूर्ण टोलीलाई खेल्ने अवासर दिनका लागी गरिएको समय विभाजन बारे उनले भने,"अहिले सम्म निश्चित भएका १२ वटा ३५ प्लस र ६ वटा किड्स टुर्नामेन्टका टोलीलाई २०/२० मिनेटको खेल समय रहने छ। "

म्यारिक भिल हाइस्कुलको दुई वटा मैदानमा हुने खेलमा करिब ४०० को हाराहारीमा दर्शकहरुको उपस्थिति हुने अनुमान आयोजकहरुको रहेको छ।

तर दुवै खेल एकै समयमा हुँदा दर्शकहरुमा कुन खेल हेर्ने भन्ने द्विविधा अन्त्य गर्ने प्रयास स्वरुप दुई खेलको बिचमा केहि समयको अन्तर राख्ने बारे सोचिरहेको बैकुण्ठ डंगोलले बताए।

उनका अनुसार सिड्नीमा रहेका कुनै क्लबसँग आवद्ध भएर खेलिरहेका खेलाडीहरु वा अन्य व्यक्तिगत रुपमा पनि खेलमा सहभागिता जनाउन चाहने इच्छुकहरुले अक्टोबर ४ सम्ममा तामाङ्ग रिक्रियशनल क्लबमा सम्पर्क गर्न सक्ने छन्।

उक्त खेल हेर्न जाने दर्शकहरुले नेपाली खाना म:म र सेल रोटीको स्वाद पनि लिन पाउने छन्।

क्लबका सदस्यहरुले खेल हुने स्थानमा नेपाली खानाहरु पाइने क्यान्टिनको व्यवस्था गर्ने भएकाले खेल सँगै धेरैको रोजाइमा पर्ने नेपाली खानाहरुको मज्जा लिन पाइने आयोजकको दावी छ।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now