मानव बेचबिखनको पीडालाई शक्तिमा बद्लेका छौं: सुनिता दनुवार

Nepali activist Sunita Danuwar (center) receiving Trafficking in Persons Hero 2018 award from US Secretary of State Mike Pompeo (left) and Ivanka Trump, adviser to US President (right)

Nepali activist Sunita Danuwar (center) receiving Trafficking in Persons Hero 2018 award from US Secretary of State Mike Pompeo (left) and Ivanka Trump(right) Source: US State Department

२२ वर्षअघि भारतको मुम्बईमा बेचिएकी सुनिता दनुवारले, नेपालमा महिला र बालिका बेचबिखनविरुद्धको काम गरेबापत हालै ‘टाफिकिङ इन पर्सन हिरो’ सम्मान पाएकी छन् । शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवार महिला र बालिका बेचबिखनविरुद्धको अभियानमा सक्रिय रुपमा लागिपरेकी छिन् । उनीसँग शक्ति समूह र मानव बेचबिखनविरुद्धको अभियानबारे एसबिएस नेपालीले गरेको कुराकानी।


सुनिता दनुवारसँग को हाम्रो पूरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्

१. ‘शक्ति समूह’को स्थापना कसरी भएको थियो ? महिला र बालिका बेचबिखनविरुद्धको अभियानमा सक्रिय तपाई यसमा कसरी आवद्ध हुनुभएको थियो ? 

म दैलेखमा जन्मिएकी हुँ । कमजोर आर्थिक अवस्था भएको बुबा र आमाले हामी १० जना छोराछोरीको लालनपालनको गर्नुपर्ने थियो । विभिन्न रोग र कुपोषणका कारण ६ जना छोराछोरीको मृत्यु भइसकेको थियो ।

त्यसैले चार जना छोराछोरीसहितको परिवार भारतको जम्मु काश्मिरमा आलु खेती गर्न गएका थियौं ।

२२ वर्ष अगाडी म १४ वर्षको थिए । गिटी कुट्ने मजदूरी गर्दा त्यहाँ । गिटी लिन आएका ट्रयाक्टर चालक र सहचालकले मिठाईमा बेहोश हुने औषधि मिसाएर खान दिएका थिए ।

भद्दा मेकअप गरिदिएको हुँदा होश खुल्दा आफैलाई ठम्याउन ग्राहो भएको थियो । मलाई बेहोस पारिएर भारतको मुम्बईको कोठीमा बेचिदिएको रहेछ।

एक महिनासम्म प्रतिरोध गरेर धन्दा गर्न मानिन् । त्यसपछि अर्को कोठीमा सारियो । पाँच जना पुरुषहरुले मलाई सामूहिक बलात्कार गरेका थिए। त्यसपछिका पाँच महिनामा म ज्युउँदो लाश भएको थिए । त्यहाँको म्यानेजरदेखि चिया लिएर आउनेसम्म सबै नेपाली केटाहरु थिए । 

महाराष्ट्र सरकारले करिव पाँच सय युवतीहरुलाई विभिन्न कोठीबाट उद्धार गरेपछि मसहित एक सय २८ नेपाली युवतीहरुले नरकबाट मुक्ति पाएका थियौं । एड्स रोग सर्न सक्ने भनेर तत्कालीन नेपाल सरकारले हामीलाई उद्धार नगरेपछि सात त्यही बस्न बाध्य भएका थियौं ।

विभिन्न एनजीओको सहयोगमा पहिलो पटक काठमाडौं आएको थिए । हामी एउटै कोठीमा रहेका १२ जनामध्ये सात जनालाई एचआईभी पोजेटिभ देखिएको थियो । कोठीबाट उद्धार गरिएका महिलाहरु मिलेर वि.स.२०५७ मा शक्ति समूहको स्थापना गरेका थियौं ।

अहिले यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहेको छ । 

Anti trafficking activist Sunita Danuwar speaking to SBS Nepali
Anti trafficking activist Sunita Danuwar speaking to SBS Nepali Source: Supplied

२. विभिन्न एनजीओहरुको सहकार्यमा नेपाल आएपछि ‘शक्ति समूह’को स्थापना गरेर नेपाली समाजमा काम गर्न कत्तिको चुनौतीपूर्ण थियो ?

 शक्ति समूहको स्थापना भएपछि हामीले सुकुम्बासी बस्ती र गलैंचा कारखानामा काम गर्ने महिला, युवती र बालिकाहरुलाई केन्द्रित गरेर जनचेतनामूलक गतिविधि गरेका थियौं ।

समुदायमा आफ्नो पहिचान लुकाएपनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भने म बेचबिखन प्रभावित हुँ । मैले मेरो अधिकार पाउनुपर्छभनेर क्रियालिल थियौं । 

३.अहिले ‘शक्ति समूह’ले कसरी काम गरिरहेको छ ? 

विशेषगरी १३ वटा जिल्लामा मानव बेचबिखनको जोखिमलाई न्युनिकरणको लागि काम गरिरहेका छौं। त्यसबाहेक मानव बेचबिखनको रोकथाम, मानव बेचबिखन प्रभावितहरुको संरक्षण र क्षमता अभिवृद्धिमा केन्द्रित भएका छौं।

जिल्लास्तरमा भएका मानव बेचबिखन प्रभावितहरुको २१ वटा समूहलाई क्षमता अभिवृद्धि गरिरहेका छौं । भारतमा हामीले फोकल पर्शन भनेर राखेका छौं । कोही मानिस हराएको उजूरी आएको खण्डमा उसले सरकारी पहलमा खोजीको कार्य गर्ने गर्छ ।

४. ‘शक्ति समूह’को तत्थांक अनुसार अहिले नेपालमा मानव बेचबिखन प्रभावितहरुको संख्या कति रहेछ ?

 शक्ति समूहमा आवद्ध हुन आउनु भएको मानव बेचबिखन प्रभावितहरुको संख्या ८ सय ४८ रहेको छ । जसमध्ये एक सय ६८ जनासँग नेपालको मतदाता प्रमाणपत्र समेत रहेको छ । उद्धार गरिएर शक्ति समूहमा ल्याइएका सबैजना शक्ति समूहको सदस्य हुँदैनन् । 

५.२२ वर्षअघिको तुलनामा अहिलेको नेपाली समाज कत्तिको परिवर्तन भएको छ ?

साँच्चिकै तुलनात्मक रुपमा नेपाली समाजमा अहिले सकारात्मक परिवर्तनहरु आएका छन् । २२ वर्षअघि यौनसँगमात्र जोडेर तँ उताउली नभएको भए बेचिन्न थिइन्।भन्ने आरोप लाग्ने गथ्र्यो । अहिले झुक्याएर मानव बेचबिखनमा परेको प्रभावित हो भन्ने गरिन्छ । कानुनी रुपमापनि प्रभावितलाई जोगाइएको छ ।

६.‘आँसुको शक्ति’ नामक पुस्तक सार्वजनिक गर्नुभएको थियो । यसलाई तपाईको बायोग्राफी पनि भनिन्छ नि ? 

यो पुस्तकमा मेरो बाल्यकालदेखि यहाँसम्म आउँदा संघर्षहरु समावेश भएका छन् । त्यसबाहेक बेचबिखनमा परेर मुम्बईको कोठीदेखि नेपाल फर्किएर आउँदाका तितो सम्झनालाई पुस्तकमार्फत भनेको छु ।

त्यसबाहेक मानव बेचबिखनको अवस्था र चुनौतीका बारे लेखेको छु ।

७.तपाईको लागि ‘टाफिकिङ इन पर्सन हिरो’ अवार्डले कत्तिको महत्व राख्छ ? 

हरेक सम्मानले प्रभावितहरुको लागि सक्रिय भएर काम गर्न र प्रभावकारी शैलीमा मानव बेचबिखनविरुद्ध लाग्न प्रोत्साहित गर्छ । त्यसबाहेक यस्ता सम्मानहरुले अझ काम गर्नुपर्नेछ भनेर स्मरण गराइरहेको हुन्छ । गहुँगो भारी ल्याएर थुपारिदिएकोजस्तो महशुस गरेको छु ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now