Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

रिजर्भ बैंकको आधिकारिक समिक्षा गरिने

rba rates

Interest rates have been left unchanged for the third month in a row. Source: AAP Image/AP Photo/Mark Baker

अस्ट्रेलियाको केन्द्रीय बैंकको आधिकारिक रूपमा समीक्षा गरिने भएको छ। चार दशकमा पहिलो पटक हुन लागेको यो समीक्षामा समितिमा भएका नियुक्तिहरू र मुद्रास्फीति लक्षलाई जाँच गरिने छ।


Published

By Krishani Dhanji

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाको केन्द्रीय बैंकको आधिकारिक रूपमा समीक्षा गरिने भएको छ। चार दशकमा पहिलो पटक हुन लागेको यो समीक्षामा समितिमा भएका नियुक्तिहरू र मुद्रास्फीति लक्षलाई जाँच गरिने छ।


ब्याजदर बढ्दा घर किन्ने आसा बोकेकालाई धक्का महसुस भएको छ।

तर यसै बिच पनि घरहरूको बिक्री हुने क्रम अझै पनि जारी रहँदा, सरकारलाई भने केन्द्रीय बैंकको सञ्चालनलाई लिएर पूर्ण विश्वास रहेको छैन।

ट्रेजरर जिम चामर्सले रिजर्भ बैंकमाथि समीक्षा गर्ने घोषणा गरेका छन् जुन सन् १९८० पछि कै पहिलो पटक हो।

"हामी रिजर्भ बैंकमाथि विश्वास निर्माण गर्न चाहन्छौँ र कुनै संस्थामाथि विश्वास निर्माण गर्न त्यसलाई अझ राम्रो बनाउन र यसलाई सुधार गर्न तयार तयार हुनुपर्छ र हाम्रो उद्देश्य पनि त्यही हो।"

उक्त स्वतन्त्र समीक्षामा तिन जना विज्ञहरूलाई प्रयोग गरिँदै छ जसले बैंकको जबाफदेहिता र संस्कृति, सञ्चालक समितिमा हुने नियुक्तिहरू र बैंकको मुद्रास्फीति लक्षलाई हेर्ने छन्।

पुरा रिपोर्ट सुन्नुहोस्;रिजर्भ बैंकको आधिकारिक समिक्षा गरिने हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

गभर्नर फिलिप लोइले उक्त समीक्षाको स्वागत गरेका छन् र भन्छन् जाँचबाट परिणामहरू निस्किए पछि त्यसमाथि उनले प्रतिक्रिया दिने छन्।

"म यो अनुमानमा आधारित वा सजिलोलाई निसाना बनाउने अभ्यास नहोस् भन्ने चाहन्छु। म यो पछाडि फर्केर हेर्ने र दोषारोपण गर्ने अभ्यास नहोस् भन्ने चाहन्छु।"

Reserve Bank of Australia
Source: AAP Image/Diego Fedele

उनी भन्छन्, "म चाहन्छु कि यो (समीक्षा) साँचो अर्थमा भविष्यमा कसरी हामीले यसलाई विश्वासकै उत्कृष्ट केन्द्रीय बैंक बनाउने भनेर गरिएको होस्।"

विपक्षी ट्रेजरर एङ्गस टेलरले पनि यो कदमको स्वागत गरेका छन्।

"हामीले रिजर्भ बैंकले पछिल्लो समयमा गरेको पूर्वानुमानमा गल्ती गरेको, मार्ग निर्देश गर्नमा गल्ती गरेको देखेका छौँ र यो समीक्षाले ती कुराहरूलाई हेर्नु पर्छ।"

विश्वव्यापी र घरेलु दबाबका कारण द्रुत गतिमा मुद्रास्फीति बढेको भन्दै गभर्नर फिलिप लोइले फेरी पनि दोहोर्‍याएका छन् कि उनी मुद्रास्फीति दुई र तिन प्रतिशतको बिचमा फर्किएको हेर्न चाहन्छन्।

साथै गभर्नरले उक्त बढ्दो मुद्रास्फीतिलाई कम गर्न ब्याजदर अझ बढ्ने सङ्केत गरेका छन्।

तर यसलाई लिएर नै बैंकले पछिल्लो समयमा आलोचना खेप्नु परेको छ।

फिलिप लोइले सन् २०२१ को फेब्रुअरीमा नेशनल प्रेस क्लबमा भनेका थिए कि सन् २०२४ सम्म ब्याजदर बढ्दैन।

"हामीले यो सन् २०२४ भन्दा अगाडी नहुने अपेक्षा गरेका छौँ र यो त्यसपश्चात् हुन सक्छ। त्यसको सन्देश के हो भने ब्याजदर केही समयका लागी न्यून नै रहने छ।"

तर यही वर्ष बैंकले लगातार तिन पटक ब्याजदर बढाइसकेको छ।

पछिल्लो पटक रिजर्भ बैंकमाथि सन् १९८१ मा स्वतन्त्र छानबिन गरिएको थियो र विज्ञहरू समीक्षा गर्न ढिलो भइसकेको बताउँछन्।

क्रिस रिचर्डसनको पनि त्यस्तै भनाइ छ।

उक्त समीक्षाको औचित्यबारे बोल्दै रिचर्डसन भन्छन्, "अहिले रिजर्भ बैंकले लिने निर्णयहरू यस अघि भन्दा बढी महत्त्वपूर्ण छ" "साथै कसरी ती निर्णयहरूको अस्ट्रेलियाली सर्वसाधारण समक्ष व्याख्या गरिन्छ भन्ने यस अघि भन्दा बढी महत्त्वपूर्ण भएको छ।"

Australians should expect more interest rate rises but the risk of recession low, RBA governor says
Source: AAP

गभर्नर लोइले पनि बैंकको आफ्नै मौद्रिक नीतिले हालको आर्थिक अवस्थामा भूमिका खेलेको स्वीकारेका छन्।

महामारीको समयमा रिजर्भ बैंकले ब्याजदर ऐतिहासिक न्यून अर्थात् ०.१ प्रतिशतमा घटायो।

तर यसबाट आउने सम्भावित गम्भीर परिणामहरूबाट जोगिन कति छिटो अर्थतन्त्र र घरपरिवारहरू यसबाट पुनर्स्थापित हुन सक्छन् भनेर अनुमान भने नगरेको फिलिप लोइले बताए।

"यद्यपि म स्विकार्छु, त्यो कदमले दीर्घ कालिन समस्याहरू आउनबाट जोगाएको भए पनि, यसले मुद्रास्फीतिको दबाब बढाउन मदत गर्‍यो जुन अहिले हामी अनुभव गरिरहेका छौँ; र अहिले हामीले त्यसलाई सम्बोधन गर्नु परिरहेको छ।"

क्रिस रिचर्डसनका अनुसार बैङ्कले सर्वसाधारणलाई प्रदान गर्ने जानकारी थप स्पष्ट हुन सक्थ्यो।

"यो लापरबाही थिएन तर यो गलत थियो र यसले (रिजर्भ बैंकले) त्यो कुरा स्वीकारेको छ।"

उक्त समीक्षा रिपोर्ट आउने मिति आगामी वर्षको मार्च महिनालाई तोकिएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now