के आप्रवासी भित्रँदा स्थानीय अस्ट्रेलियाली कामदारको तलब वृद्धि हुने सम्भावना कम रहन्छ त?

Governor of the Reserve Bank of Australia (RBA) Phillip Lowe speaks to the media during a press conference in Sydney, Tuesday, April 21, 2020. (AAP Image/Joel Carrett) NO ARCHIVING

Governor of RBA Phillip Lowe speaks to the media during a press conference in Sydney, Tuesday, April 21, 2020. (AAP Image/Joel Carrett) NO ARCHIVING Source: AAP

आप्रवासी भित्रँदा यहाँका स्थानीय कामदारको तलब वृद्धि हुने सम्भावना कम रहने रिजर्भ बैकका गभर्नर फिलिप लोइको भनाई छ ।


ठुलो सङ्ख्यामा बसाई सरेर आएका प्रवासीहरूले यहाँको अर्थतन्त्रलाई बलियो बनाउन टेवा पुर्‍याएको भएता पनि व्यवसायहरू स्थानीय कामदारलाई थप प्रशिक्षण दिन बाट भने चुकेको  रिजर्भ बैकका गभर्नर फिलिप लोइको बुझाई छ ।

यद्यपि अस्ट्रेलियाको आर्थिक विकास समिति भने यो कुरा मान्न तैयार छैन ।

समिति भन्छ आप्रवासी भित्रँदा यहाँका कामदारको ज्याला कम हुन्छ भन्नु गलत हो ।

जिमी दोषीको सोलार प्यानल व्यवसाय कामदार नपाएर यति खेर अप्ठेरोमा परेको छ ।

भिक्टोरियामा भएको लकडाउनका बखत समस्या ग्रस्त बनेको व्यवसाय हाल पहिले जस्तै अवस्थामा त आएको छ तर यसले बजारको माग पुरा गर्न सकिरहेको छैन ।

“कोभिड–१९ का दौरान बिजुलीको माग पहिले भन्दा निकै बढ्यो र मानिसहरूले वाई फाई वा कार जस्तै सोलारको आवश्यकतालाई पनि महसुस गरे,तर यो आवश्यकतालाई परिपूर्ति गर्नका लागि हामी सँग कुशल कामदारहरूको अभाव छ र यो बढिरहेको छ,” उनले भने ।

solar farms WHV
Source: Diederick de Vries

कुशल कामदारको अभाव खड्कीएको कुरा सङ्घीय सरकारलाई पनि राम्रैसँग थाहा छ ।

रिजर्भ बैकका गभर्नर फिलिप लोई यो कुरामा सरकारी र निजी व्यवसायको पनि उत्तिकै चासो बनेको आफूले पाएको बताउँछन् ।

“मैले धेरै वटा बैठकहरूमा यो कुराको चर्चा भएको सुनेको छु , सरकारी मन्त्रीहरूले पनि यो कुराहरू उठाइरहनु भएको छ,यो प्राथमिकताको विषय भित्र परेको मैले पाएको छु,” फिलिप भन्छन् ।

रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा नि:शुल्क यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।

तर उनको एउटा भनाइले भने सबैको ध्यान तानेको छ त्यो के भने सीमा बन्द हुँदा यहाँ काम गरिरहेका कामदारको तलब भने बढ्ने सम्भावना हुन्छ ।

“यदि सीमा पूर्ण रूपमा बन्द रह्यो भने हामीले लगानी वृद्धिका लागि पनि आवश्यक पर्ने कामदारहरू भित्र्याउन पाउँदैनौ र यसले कामदारको तलबमा वृद्धि गर्छ, कोही कसैका लागि यो राम्रो हो भन्ने पनि लाग्ला, तर अर्को पक्षलाई केलाउने हो भने लगानीमा कमी आउने, व्यवसायहरूमा कम आत्मविश्वास हुने,कम उत्पादन र अन्तमा कम पुजी र कम गतिशील अर्थतन्त्रको प्रकार देख्नेछौ,” उनले भने ।

skilled worker
Source: Supplied by Getty Images

यस कुरामा अस्ट्रेलियाको आर्थिक विकास समिति भने असहमति जनाउँदछ ।

उक्त कमिटीका जार्ड बल भन्छन् आप्रवासी भित्रँदा यहाँका कामदारको ज्याला कम हुन्छ भन्नु गलत हो ।

यसमा कुनै सत्यता छैन, सेडा र अन्य सङ्घ संस्थाले गरेको अनुसन्धानमा यहाँका स्थानीय कामदारलाई पछिल्लो आप्रवासनको छालले कुनै असर पुर्‍याएको छैन।

उक्त कमिटीले आप्रवासिहरुलाई महामारी पछिको आर्थिक सन्तुलनलाई व्यवस्थापन गर्न महत्त्वपूर्ण योगदानकर्ताका रूपमा पहिचान गर्नु आवश्यक रहेको बताएको छ ।

Australia's population grows by 1.5 per cent
A survey conducted at the end of last year reveals most Australians say the country doesn't need any more immigration. Source: AAP

तथ्याङ्कहरुले एउटा आप्रवासीले उसको जीवनकालमा उपभोगको माध्यमबाट ४२ लाख डलर यहाँको कुल ग्राहस्थ उत्पादन योगदान गर्ने देखाउँछ ।

कर योगदान बापत पनि उसले करिब ६ लाख डलर सरकारलाई बुझाउँछ।

यदि अस्ट्रेलिया नयाँ आप्रवासीलाई समर्थन प्रस्ताव गर्न इच्छुक छैन भने कुशल कामदारहरू अन्यत्रै विकल्प खोज्न थाल्नेछन् ।

बल भन्छन् की यसले यहाँका व्यवसायलाई ठुलो झट्का दिनेछ ।

यो सर्वेक्षणलाई नयाँ पेजमा खोल्न यहाँ थिच्नुहोस्


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now