दर्ता नभएको बेला अध्यागमन सम्बन्धी सल्लाह दिने भिक्टोरियाकी एक महिलालाई नौ महिनाको जेल

भिक्टोरियाकी एक महिलालाई आप्रवासन सम्बन्धी गैरकानूनी काम गरेको भन्दै जेल सजाय सुनाइएको छ।

Australian Border Force

Source: ABF

दर्ता नभएको बेला आप्रवासन सहायता प्रदान गर्ने सम्बन्धमा धेरै आरोपहरू प्रमाणित भएपछि, ती ४७ वर्षीया महिलालाई नौ महिनाका लागि कैद सजाय दिइएको हो।

अस्ट्रेलियन बोर्डर फोर्स (एबीएफ) का अनुसार आचार संहिताको उल्लङ्घन गरेका कारण दर्ता खारेज भएकी एक पूर्व अध्यागमन एजेन्टले बिना दर्ता नै, अध्यागमन सम्बन्धी सहायता तथा जालसाजीपूर्ण काम गरेको भन्दै उजुरीहरू प्राप्त भएपछि सन् २०१८ को अप्रिल महिनामा ती आरोपित महिलामाथि छानबिन सुरु भएको थियो।

ती महिलाले सन् २०१४ को डिसेम्बरदेखि सन् २०१७ को डिसेम्बर महिनाका बिच कपटपूर्ण व्यवहार गरेको बताइएको छ।

एबीएफले केही दिन अघि एक विज्ञप्ति जारी गर्दै भनेको छ कि ती महिलाले गृह मामिला मन्त्रालयबाट आएको भन्दै नक्कली कागजातहरू आफ्ना ग्राहकहरूलाई दिने गरेकी थिइन्।

भिसा प्रदान गरिएको वा कतिपय अवस्थामा भने भिसा पाउन १५,००० डलरभन्दा बढी शुल्क बुझाउनुपर्ने जस्ता झुटो विवरण राखेर उनले आफ्ना ग्राहकहरूलाई आश्वस्त पार्न खोजेको पनि अस्ट्रेलियाली सीमा बलले बताएको छ।

साथै, ती महिलाले सन् २०१६ मा माइग्रेसन एजेन्टको आफ्नो अनुमति पत्र खोसिएपछि पनि दर्तावाल अध्यागमन एजेन्ट कै रूपमा काम गरिरहेको बताइएको छ।

Bridging visa is a temporary visa that lets people stay in Australia lawfully while their immigration status is resolved.
Source: StockSnap from Pixabay

एबीएफअगाडि भन्छ कि उनको आचरणको परिणामस्वरूप ती महिलाका केही ग्राहक वैध भिसा पाएको विश्वासको बाबजुद गैरकानूनी हुन पुगे भने कतिपयले 'अफसोर' वा देश बाहिरबाट अस्ट्रेलिया फर्कने प्रयास गर्दा आफूहरू कपटपूर्ण व्यवहारको सिकार भएको पत्तो पाएका थिए किनकि उनीहरूसँग कानूनी मान्यता प्राप्त भिसा थिएन।

अस्ट्रेलियाली सीमा बलका एक कमान्डर जेम्स वाट्सनका अनुसार बिना दर्ता नै समुदायका कमजोर तथा असुरक्षित सदस्यहरूको फाइदा उठाउँदै आएका मानिसहरूलाई हटाउन एबीएफ कटिबद्ध छ।

अस्ट्रेलियामा कानुनी रूपमा बस्न जो सही काम गरिरहेका छन्, त्यस्ता अनावश्यक रूपमा कमजोर र नियम कानुन थाहा नभएका व्यक्तिहरूबाट पैसा लिनु एउटा भयानक अपराध रहेको पनि उनको भनाई छ।

"हामी यस किसिमको अवैध गतिविधिलाई सहन गर्दैनौँ र हाम्रा साझेदार एजेन्सीहरूसँग मिलेर हामी संलग्न व्यक्तिहरूलाई पक्रेर अन्यायमा परेकालाई न्याय दिलाउनेछौँ।"

अस्ट्रेलियाली सीमा बलका अलावा भिक्टोरियाको राज्य प्रहरीले पनि उनीमाथि घोकाधडी सम्बन्धी आरोपहरूमा कारबाही चलाएको थियो।

दर्ता नगरिएका माइग्रेसन सहायता प्रदान गर्ने व्यक्तिहरूका बारे जानकारी बोर्डर वाचलाई www.border.gov.au/borderwatch मा गएर दिन सकिन्छ।

तपाईँसँग यस्तै अनुभव छ र अरुसँग बाँड्न चहानुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्


Share

2 min read

Published

Updated

Source: Australian Border Force (ABF)




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now