विश्वयुद्ध लगायतका बिभिन्न लडाईहरुमा ज्यान गुमाएका र युद्धमा सेवा पुर्याएका अस्ट्रेलियाली र न्युजिल्याण्डका शैनिकहरुको सम्मान र सम्झना स्वरूप प्रत्येक वर्ष २५ अप्रिलको दिन एन्ज्याक दिवस मनाइन्छ।
यस दिवसको अवसरमा देशभर आयोजना हुने परेडमा पूर्व सैनिक र उनिहरुका परिवारका सदस्यहरुको उपस्थिति रहने गरेको छ।
कोरोनाभाइरसको महामारीका कारण सन् २०२० को एन्ज्याक डे परेड आयोजना नभएता पनि यस पटकको लागि पूर्व ब्रिटिश गुर्खा सैनिक र उनिहरुका परिवारका केहि सदस्यहरु फेरी परेडमा फर्किएका छन्। विशेष गरि सिड्नी र मेलबर्नमा आयोजना हुने परेडमा पूर्व गुर्खा सैनिकहरुको उपस्थिति रहने गरेको छ।
यसैक्रममा सिड्नीको मार्टिन प्लेसमा बाट सुरु भएको परेडमा सहभागी भएका पूर्व ब्रिटिश र नेपाली सेनाका सदस्यहरुले एसबीएस नेपालीसंग गरेको कुराकानी।
परेडमा सहभागी भएकाहरुसंगको कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।









