विवादास्पद छवि भएका पाकिस्तानका पूर्व सेना प्रमुखको मृत्युलाई कसरी हेरिएको छ?

Pakistan's former president Pervez Musharraf (AAP).jpg

दुबईमा निर्वासित जीवन बिताइरहेका पाकिस्तानका पूर्व शासक परवेज मुशर्रफको ७९ वर्षको उमेरमा निधन भएको छ।


करिब एक दशक शासन सत्ता चलाएका पाकिस्तानका पूर्व सैन्य शासक एवम् पूर्व राष्ट्रपति परवेज मुशर्रफको ७९ वर्षको उमेरमा निधन भएको छ।

आफ्नो शासनकालमा जनताको राम्रै समर्थन पाएका मुर्शरफको पतनको कारण अफगानिस्तानमा रहेका तालिबान विरुद्ध लड्नु भएको केहीको विश्वास छ।

इस्लामवादमा बसोबास गर्ने साकी सा गिलानी, मुर्शरफले गरेका राम्रा कामहरूलाई यसरी याद गर्छन्।

“उनले करिब साढे आठ वर्ष पाकिस्तानमा शासन गरे तर आवश्यक सामाग्रीहरूको भाउ बढ्न कहिल्यै दिएनन्, तर उनी पछिका सरकारले मनलाग्दी गरिरहेका छन्,” गिलानी भन्छन्।

भारतमा जन्मिएका मुर्शरफले १८ वर्षको उमेरमा पाकिस्तानी सेनामा सेवा सुरु गरेका थिए।

कराचीमा रहेका समुदायका सदस्यहरूले उनको मृत्युमा शोक मनाइरहेका छन्।
स्थानीय शिक्षक इनम उल्लाह खान मुर्शरफका नीतिहरूको खुलेर प्रशंसा गर्छन्।

“उनका शिक्षा र उदारवादी नीतिहरू, हामीले एक महान् व्यक्तिलाई गुमाएका छौ,” उनले भने।

अर्का एक बासिन्दा इस्तिक अहमद पनि मुशर्रफको नेतृत्व र अहिलेको सरकारको नेतृत्वमा आकाश जमिनको फरक भएको स्मरण गर्छन्।

“परवेज मुशर्रफ पाकिस्तानका शान हुन्, उनलाई हामी सधैँ सम्झिरहनेछौ, भलै उनको सरकार प्रजातान्त्रिक थिएन, तर हालको सरकार भन्दा हजारौँ गुणा राम्रो थियो।”

सन् २००१ को सेप्टेम्बर ११ मा अलकायताले अमेरिकी टुईन टावरमा हमला गरेपछि मुर्शरफले अमेरिकाको आतङ्कवाद विरोधी नीतिमा आफ्नो पूर्ण समर्थन जनाएका थिए।
Indian Cricketer Sourav Ganguly shakes hand with General Pervez Musharraf, President of Pakistan ( Copy ) in Kolkata, West Bengal, India.
Indian Cricketer Sourav Ganguly shakes hand with General Pervez Musharraf, President of Pakistan ( Copy ) in Kolkata, West Bengal, India. Source: Getty / Suvashis Mullick/The The India Today Group via Getty Images
अफगानिस्तानमा अमेरिकाले सैन्य कारबाही चलाउँदा, नेटो सेनाले पाकिस्तानलाई एक मुख्य भूमिका रूपमा प्रयोग गरेको राजनीतिक विश्लेषक जाहीद हुसेन बताउँछन्।

“उनले अमेरिकालाई पूर्ण समर्थन दिएका थिए, र मलाई लाग्छ कि अल कायदाका कैयन नेताहरू या त पाकिस्तानमा पक्राउ परेका थिए या त्यहाँ मारिएका थिए, अमेरिकालाई अलकायदा विरुद्ध लड्नमा ठुलो सहयोग गरे।”

जसको बदलामा अल कायदा र अन्य इस्लामिक सङ्गठनहरूले उनलाई आफ्नो निशाना बनाए।

तीन पटकसम्म उनी माथि आक्रमणको प्रयास भयो।

अमेरिकी अधिकारीहरूका अनुसार भारत–पाकिस्तानका बिचमा स्वामित्व विवाद रहेको काश्मीरको समस्या समाधानका लागि समेत भारतसँग उनको छलफल चलिरहेको थियो।

लामो समय शासन सत्ता सम्हालेका मुर्शरफलाई सन् २००८ महाअभियोग लगाउने प्रयास भएपछि राष्ट्रपतिबाट राजीनामा दिएर दुबईमा स्वनिर्वार्सित जीवन बिताउँदै आएका थिए।

सन् २०१२ मा राजनीतिमा फर्कन खोजेको भए पनि उनको यो प्रयास असफल बनेको थियो।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
विवादास्पद छवि भएका पाकिस्तानका पूर्व सेना प्रमुखको मृत्युलाई कसरी हेरिएको छ? | SBS Nepali