चार राष्ट्रिय फुटबल खेलाडी कारवाहीमा र आलम जेल चलान: गए ७ दिन नेपालमा

Nepalese coach Johan Kalin speaks to his team during a training session at GIO Stadium in Canberra, Wednesday, October 9, 2019. (AAP Image/Lukas Coch) NO ARCHIVING

Nepalese coach Johan Kalin speaks to his team during a training session at GIO Stadium in Canberra. October 9, 2019. (AAP Image/Lukas Coch) Source: AAP

नेपाली राष्ट्रिय टोलीका चार जना खेलाडीलाई "अनुशासनहिन" काम गरेको भन्दै टोली बाट निकालियो र निलम्बित सासंद मोहम्मद आफताव आलम शुक्रवार जेल चलान। यी लगायत गए ७ दिनका प्रमुख नेपाल समाचार यहाँ सुन्नुहोस्।


चार फुटबल खेलाडी कारबाहीमा

अखिल नेपाल फुटबल संघ (एन्फाले) चारजना फुटबलरलाई कारबाही गरेको जनाएको छ।

फिफा विश्वकप २०२२ कतार र एफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिता अन्तर्गत कुवेत विरुद्धको खेलका लागि राष्ट्रिय टोलीमा परेका विमल घर्तीमगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई अनुशासनहिन काम गरेको भन्दै राष्ट्रिय टोलीबाट हटाइएको एन्फाका प्रवक्ता किरण राईले बताए।

नेपाली टोली उक्त खेलका लागि शुक्रवार भुटान प्रस्थान गर्दै थियो।तर यी खेलाडी त्यसको अघिल्लो रात ठमेलका विभिन्न क्लवमा भेटिएकाले उनीहरूमाथी कारबाही गरिएको बताइएको छ।

नेपालमा हुनुपर्ने उक्त खेल रंगशालाको अभावमा हुन नसकेपछि भुटानमा हुन लागेको हो।

Ajdin Hrustic of Australia shoots during the FIFA World Cup Asian Qualifiers match between the Australian Socceroos and Nepal at GIO Stadium in Canberra, Thursday, October 10, 2019. (AAP Image/James Gourley) NO ARCHIVING, EDITORIAL USE ONLY.
FIFA World Cup Asian Qualifiers match between the Australian Socceroos and Nepal at GIO Stadium in Canberra October 10, 2019. (AAP Image/James Gourley) Source: AAP

आलम जेल चलान

निलम्बित सासंद मोहम्मद आफताव आलम शुक्रवार जेल चलान भएका छन्।उनलाई रौतहट जिल्ला अदालतले थुनामा राखेर मुद्धाको पुर्पक्ष गर्ने आदेश दिएको हो।

पूर्वमन्त्री समेत रहेका आलममाथी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धी आरोप लागेको छ।

करिव १२ वर्षअघि रौतहटमा भएको बम विस्फोटन सम्बन्धी मुद्धामा उनलाई प्रहरीले गत असोज २६ गते पक्राउ गरेको थियो।

२०६४ चैत २७ गते साँझ अर्थात पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन आलमको काकाको गोठमा बम विस्फोट भएको थियो।

आलमकै निर्देशनमा बम बनाउन लागिएको र त्यसरी बनाउन लागिएको बम बिस्फोट हुँदा त्यसको छर्रा लागेर घाइते भएकालाई इँटाभट्टामा हालेर मारेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। 

आठ दिन चलेको थुनछेक बहसपछि न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई थुनामा राखेर मुद्धाको पुर्पक्ष गर्न आदेश दिएको अदालतका स्रेस्तेदार गुणराज पराजुलीले बताए।

Mohammad Aftab Alam Nepali Congress MP arrested
Mohammad Aftab Alam Nepali Congress MP arrested Source: Facebook

प्रधामन्त्रीले गरे फेरी डायलासिस

प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलासिस भएको छ।

यसअघि दुई पटक डायलासिस गरिएको अस्पतालमै शनिवार उनको तेस्रो डायलासिस गरिएको हो। उनी शनिवारै निवास फर्केको अस्पतालले जनाएको छ।

करिव १२ वर्षअघि ओलीले मृगौला प्रत्यारोपण गराएका थिए। पछिल्लो समय उनको प्रत्यारोपण गरिएको मृगौलाले समस्या दिइरहेको छ। केहि महिना अघि उनले सिंगापुरमा पनि स्वास्थ्य उपचार गराएका थिए।

महिला भलिबल टोलीलाई एतिहासिक सफलता

महिला भलिबल टोलीले पहिलो अन्तराष्ट्रिय उपाधि हात पारेको छ। बंगलादेशमा भएको प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले हात पारेको हो।

नेपालले बिहिवार भएको फाइनलमा माल्दिभ्सलाई ३-० सेटले पराजित गरेको हो। पहिलो सेट २५-१३ले अग्रता लिएको नेपालले त्यसपछिका दुई सेटमा २५-१२ र २५-८ले जित्यो।

आशन्न दक्षिण एसियाली खेलकुद (साग) अघि भलिबल टोलीले हात पारको यो सफलतालाई निकै महत्वको साथ हेरिएको छ।

अपराजित हुँदै फाइनल पुगेको नेपालले माल्दिभस, अफगानिस्तान र किर्गिस्तानमाथि जित हात पारेको थियो। यसअघि नेपालले सन् २००६, २०१० र २०१६को सागमा कास्य पदक हात पारेको थियो।

यस्तै आफैंले आयोजना गरेको दिक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले रजत पदक हात पारेको थियो।

सीमा सुरक्षाको रिटलाई अग्राधिकार

सुस्ता, कालापानी, लिपुलेक, लिम्पयाधुरा लगायत नेपाली भूभागको संरक्षण गर्ने मागसहित दयार रिट निवेदनलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले उक्त प्रकणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा लगायत मन्त्रालयसँग लिखित जवाफ माग गरेको छ।

यसैबीच प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुराबाट बग्ने काली नदीको मुहानलाई नै नेपाल-भारत सीमा मानेर नक्सा तयार गर्न सरकारलाई निर्देशन दिएको छ।

सोमवार बसेको बैठकले यस्तो निर्देशन दिएको समितिकी सभापति शशी श्रेष्ठले बताइन्। लिम्पियाधुरा समेत समेतेर बनाइएको नक्सालाई नेपालको शैक्षिक पाठ्यक्रममा समेट्नुपर्ने भन्दै समितिले काली नदीलाई सीमा मानेर त्यसको पूर्वतर्फको भाग पर्ने गरी नक्सा बनाउन सुझाव दिएको छ।

A Nepalese student shouts slogans during a protest near the Indian embassy in Kathmandu, Nepal, Friday, Nov. 8, 2019.
A Nepalese student shouts slogans during a protest near the Indian embassy in Kathmandu, Nepal, Friday, Nov. 8, 2019. (AP Photo/Niranjan Shrestha) Source: AAP

भारतले नोभेम्बर १ मा सार्वजनिक गरेको नक्सामा नेपालको भूभागसमेत समावेश गरे पछि उक्त विषयलाई कुटनीतिक संवादबाटै समाधान गर्नेकी अन्तराष्ट्रियकरण गर्ने भन्ने बारे चर्चा भइरहेको छ।

यस्ता चर्चा चलिरहेको समयमा सत्तारुढ दल नेकपाका एकजना अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले यस मुद्धालाई तत्काल अन्तराष्ट्रियकरण गर्न जरुरी नभएको बताएका छन्।

हालै एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, "तत्काल अन्तराष्ट्रियकरण गर्न जरूरी देख्दिन्न। पहिले कुटनीतिक तहबाटै संवाद गर्नु उचित हुन्छ जस्तो लाग्छ।"

सुदुरपश्चिम प्रदेशका राज्यमन्त्री रावलले दिए राजीनामा

सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन्।

उनी माथी कञ्चनपुरको जनज्योति बहुमुखी क्याम्पसको सेयर बिक्री ठगी र किर्तेको आरोप लागेको छ। आफूमाथी लागेको आरोपको निस्पक्ष छानबिनमा सहयोग पुगोस् भनेर राजीनामा दिएको उनले बताए।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now