Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

चौथो प्राइड परेडको आयोजना र काठमाण्डुको फोहोर व्यवस्थापनका लागी संसदीय समिति बनाइने:नेपाल सन्दर्भ

Kathmandu Valley’s only landfill site Sisdole has reached its maximum capacity

फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि संसदीय समिति बनाइने बताइदा यस पटक भने फोहोर समस्याको दीर्घकालीन समाधान निस्कनेमा धेरै आसावादी रहेका छन्। यस सम्बन्धी एक रिपोर्टका साथ पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।


Published

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि संसदीय समिति बनाइने बताइदा यस पटक भने फोहोर समस्याको दीर्घकालीन समाधान निस्कनेमा धेरै आसावादी रहेका छन्। यस सम्बन्धी एक रिपोर्टका साथ पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।


यस हप्ताका प्रमुख समाचारमा:

  • नेपालमा चौथो पटक गौरव यात्रा अर्थात् प्राइड परेड शनिवार आयोजना भएको छ। विविध लैङ्गिकता भएका मानिसहरूको यो यात्रा विश्वभर मनाइन्छ, र नेपालमा सन् २०१९ देखि सुरु गरिएको थियो। क्वयेर यूथ ग्रुपले आयोजना गरेको यो कार्यक्रम पछिल्ला दुई वर्षमा अनलाइन गरिएको थियो। यस वर्ष भने निकै उल्लासका साथ विविध लैङ्गिकता भएका मानिस र उनीहरूका समर्थकले काठमान्डुको माइतीघर देखि बानेश्वरसम्म यस कार्यक्रम अन्तर्गत हिँडेका छन्। 
  • पार लैङ्गिक महिला रूक्शना कपालीले लैङ्गिकताका कारण शिक्षाको हकबाट वञ्चित हुनुपरेको भन्दै सामाजिक सञ्जालमा आवाज उठाएपछि धेरै मानिसहरूले उनका पक्षमा सामाजिक सञ्जालमा र भौतिक रूपमा पनि आन्दोलन गरिरहेका छन्। उनको नाम र लैङ्गिकता कक्षा १० को प्रमाणपत्रमा नमिलेकाले उनलाई सरकारले दर्ता नम्बर नदिएको र त्यो दर्ता नम्बर नभएपछि उनले उच्च शिक्षामा पनि फारम भर्न नमिल्ने भएको उनले सामाजिक सञ्जालमा लेखेकी छिन्। उनी त्रिचन्द्र कलेजमा कानुन विषयमा अध्ययनरत छिन्। उनले आफ्ना समस्याका बारेमा त्रिभुवन विश्वविद्यालयमा कुराकानी गर्नुका साथै मुद्दा समेत हालेकी छिन्। तर कतैबाट पनि आफ्नो समस्याको समाधान नभएको उनी बताउँछिन्। थुप्रै मानिसले उनको पक्षमा त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायलाई पत्र लेखिरहेका छन्। तर विश्वविद्यालयले आधिकारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन।
  • काठमाण्डु उपत्यकाको फोहोर नउठेर समस्या भइरहेको अवस्थामा शुक्रवार रातीदेखि फोहोर उठ्ने भएको छ, र यसको दीर्घकालीन समाधानका लागि एउटा संसदीय समिति गठन गरिने सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताएकी छिन्। 


 

काठमाण्डुमा मार्च महिनादेखि फोहोर नउठेपछि सडकहरूमा फोहोर थुप्रिएर निकै समस्या भइरहेको थियो।

 

खोलाका किनारमा फोहोर थुपारिएपछि खोला प्रदूषित भइरहेका थिए भने आवास क्षेत्र र व्यावसायिक क्षेत्रहरू दुर्गन्धित र प्रदूषित बनेका थिए।

 

फोहोर फ्याँकिने ठाउँ बन्चरे डाँडाका मानिसहरूले विरोध गरेपछि फोहोर उठाउन छोडिएको थियो। गत हप्ता यो विषयमा संसद्मा विभिन्न सदस्यले आवाज उठाएका थिए। 

पुरा रिपोर्ट सुन्नुहोस्: चौथो प्राइड परेडको आयोजना र काठमाण्डुको फोहोर व्यवस्थापनका लागी संसदीय समिति बनाइने:नेपाल सन्दर्भहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

काठमाण्डुका नवनिर्वाचित प्रमुख बालचन्द्र शाहका लागि यो समस्या सुरुमै चुनौतीका रूपमा देखा परेको थियो।

 

काठमान्डु उपत्यकासँगै काभ्रे, बनेपा लगायतका जिल्लाको फोहोर धादिङ र नुवाकोट जिल्लाको सिमानामा पर्ने सिस डोल भन्ने ठाउँमा विसर्जन गर्ने गरिएको थियो। तर सिसडोलमा फोहोर फाल्ने ठाउँ भरिएपछि त्यहाँ फाल्न नसक्ने अवस्था आएको छ।

 

त्यसका साथै फोहोरले वातावरण प्रदूषित गरेको, आफ्नो खेतीपाती नष्ट गरेको, खोला प्रदूषित गरेको, लगायतका गुनासोहरू लिएर सिसडोलका बासिन्दा आक्रोशित छन्। 

 

फोहोर फाल्ने नयाँ ठाउँ बञ्चरेडाँडा जानलाई सिस डोल हुँदै जानुपर्ने हुन्छ। त्यहाँ सहरी विकास मन्त्रालयले ल्याण्डफिल साइटहरू बनाइरहेको छ, तर तिनीहरूको निर्माण सम्पन्न भएको छैन। वर्तमानकै अवस्थामा त्यहाँ फोहोर फाल्न नदिने भनेर स्थानीयवासीले अवरोध गरेका थिए। 

 

हाल भने काठमाण्डु महानगरपालिका र बञ्चरेडाँडा सङ्घर्ष समितिबिच १८ बुँदे सहमति भएको छ।

 

फोहोरको ढुवानी रातीको समयमा गर्ने, प्रभावित क्षेत्रका बासिन्दाका लागि महानगरपालिकाबाट बजेट छुट्टाउने, सडक कालोपत्रे गर्ने, लगायतका विषयमा सहमति भएपछि फोहोर उठ्न थालेको हो।

 

यसका साथै काठमाण्डुका मेयर बालचन्द्र शाहले फोहोर व्यवस्थापन वैज्ञानिक तरीकाले गरिने आश्वासन दिएका छन्। 

 

फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि संसदीय समिति बनाइने भएको छ र तोकिएको जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु गर्ने सहमति गरिएको छ।

 

काठमाण्डुको फोहोरको समस्या विगतमा पनि बारम्बार दोहोरिइरहेको थियो, र यस पटक भने दीर्घकालीन समाधान हुने सबै पक्षले अपेक्षा गरेका छन्। 

 

एसबीएस नेपालीका लागि काठमाण्डुबाट सेवा भट्टराई


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now