Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

फिल्म भनेको मेडिटेसन हो: निर्देशक सेनाङ ग्याम्जो तामाङ

Nepali film director Senang Gyamjo Tamang.

Nepali film director Senang Gyamjo Tamang. Source: Smriti Dhungana

काठमाडौंको शेरचन गुम्बाबाट बौद्ध दर्शनमा पिएचडी गरेका ‘लामा’ सेनाङ ग्याम्जो तामाङ, नयाँ सर्ट फिल्म निर्देशनको तयारीमा जुटेका छन्। बौद्ध दर्शकमा प्राध्यापक समेत रहेका भिक्षु सेनाङले यसअघि निर्देशन गरेको ‘झालो’ बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागि भएको थियो । भिक्षु सेनाङ ग्याम्जो तामाङले आध्यात्मिक जीवन र फिल्म यात्राबारे एसबिएस नेपालीसँग गरेको कुराकानी


Published

Updated

By Smriti Dhungana

Source: SBS



Share this with family and friends


काठमाडौंको शेरचन गुम्बाबाट बौद्ध दर्शनमा पिएचडी गरेका ‘लामा’ सेनाङ ग्याम्जो तामाङ, नयाँ सर्ट फिल्म निर्देशनको तयारीमा जुटेका छन्। बौद्ध दर्शकमा प्राध्यापक समेत रहेका भिक्षु सेनाङले यसअघि निर्देशन गरेको ‘झालो’ बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागि भएको थियो । भिक्षु सेनाङ ग्याम्जो तामाङले आध्यात्मिक जीवन र फिल्म यात्राबारे एसबिएस नेपालीसँग गरेको कुराकानी


१.शेरचन गुम्बाको ‘लामा’ भएर फिल्म बनाउने निर्णय कसरी गर्नुभयो र कुन कुराले बढी प्रोत्साहित बनायो ? 

फिल्म निर्देशन गर्छु भनेको कुनै किसिमको सोच थिएन् ।

मैले गुम्बामा बसेर करिव २५ वर्षमा पाएको ज्ञानलाई फिल्मको माध्यमले प्रस्तुत गर्न सकिन्छ भन्ने लागेर फिल्म निर्देशनमा केन्द्रित भएको हुँ ।

मैले व्यवसायिकभन्दा आर्ट फिल्म निर्देशनमा जोड दिएको हुँदा मानिसको जीवनको विभिन्न पाटोमाथि फिल्म बनाउने छु । 

२.सन् २०१६ मा तपाईले निर्देशन गर्नुभएको सर्ट फिल्म ‘झालो’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागि हुन सफल हुनको कारण के होला ? 

अन्तर्राष्ट्रिय फिल्म महोत्सवबारे जानकारीनै नभएको मैले सुरुमा राम्रो टिम भेटाए । बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुगेपछि बल्ल फिल्म विधा भनेको आर्ट हो भनेर बुझ्ने अवसर पाए । त्यहाँ सञ्चालित मास्टर क्यासमा सहभागि भएपछि फिल्म मेरो लागि मेडिटेसनजस्तो भएको महशुस गरेको गरें। 

३.भविष्यमा फिचर फिल्म बनाउने योजना बनाउनु भएको छ ? कस्तो कथामाथि फिचर फिल्म निर्देशन गर्ने योजना छ ? 

म फिचर फिल्म बनाउन नेपाली फिल्म क्षेत्रमा आएको थिए । चलचित्र विकास बोर्डले नयाँ निर्देशकहरुले फिचर फिल्म निर्देशन गर्नुअघि तीन वटा फिल्ममा सहायक निर्देशन वा सर्ट फिल्म निर्देशन गरेको हुनुपर्ने नियम ल्याएपछि म पछि हटेको थिए ।

त्यसबेलो मैले फिल्म बनाएको भएपनि सिध्याउनचाँहि सक्दिन थिए होला।

सर्ट फिल्म बनाउँदा फिल्ममेकरहरुसँग चिनजान भयो । निर्देशन गर्न मन लागेको कथा धेरै छन्। 

४.अहिले प्रिप्रोडक्सनमा रहेको सर्ट फिल्मबारे केही भन्नुहुन्छ कि ?

मेरो बाल्यकालको कथालाई द्धन्द्धकालको पृष्ठभूमि बनाएर ‘जुनबेसी’ नामक सर्ट फिल्मको निर्देशनको तयारीमा जुटेको छु । सोलुखुम्बुको एउटा सानो ठाँउको नामबाट फिल्म निर्माण हुँदैछ ।

गुम्बामा बस्ने सानो ‘लामा ’ र उनको साथीको फिल्म मोहमाथि फिक्सन फिल्म बन्नेछ । वैशाखको अन्तिमबाट सुटिङ सुरु हुने फिल्म सोलुखुम्बुमा खिच्नेछौं । 

५.फिचर फिल्म निर्देशन गर्नुअघि सर्ट फिल्ममा काम गर्नु कत्तिको आवश्यक हुने रहेछ ?

मैले फिल्ममा कुनै किसिमको औपचारिक शिक्षा लिएको छैन् । त्यसैले सर्ट फिल्ममार्फत मैले काम सिक्ने अवसर पाइरहेको छु । मेरो लागि सर्ट फिल्म फिचर फिल्म निर्माणको लागि एउटा खुड्किलो हो । अहिलेसम्म पाँच वटा सर्ट फिल्ममा काम गरेपनि ‘झालो’ मात्र सार्वजनिक हुन आँट आएको थियो।  

६. गुम्बामा बस्ने ‘लामा’ को पृष्ठभूमिमा कम नेपाली फिल्म निर्माण हुने गरेका छन्। तपाई ‘लामा’ भएर फिल्म निर्देशन गर्दा त्यस कुराले कत्तिको महत्व पाएको अनुभव गर्नुभएको छ ? 

फिल्म यस्तो बनाउनुस् जुन विषयमा तपाईलाई थाहा छ । गुम्बा र ‘लामा’को विषयमा मलाई जानकारी भएकाले पक्कैपनि त्यसमा काम गर्न मलाई सहज हुन्छ । 

७.तपाई ‘लामा’को रुपमा मुगुदेखि काठमाडौंस्थित शेरचन गुम्बासम्म आइपुग्दाको पृष्ठभूमि कस्तो थियो ? 

मेरो पुखौली घर मुगुमा हो । जाडोयाममा हाम्रो परिवार मुगुबाट जुम्लामा बर्साइ सराई गर्ने प्रचलन थियो । त्यसैक्रममा एक्कासी बुबाले ‘लामा’ बन्ने हो भनेर सोध्नुभएको थियो ।

उहाँले ‘लामा’ काठमाडौं बस्ने गर्छ भनेर जानकारी गराउनु भएपछि अबचाँहि फिल्म हेर्न पाइने भयो भनेर ‘लामा’ बनेको थिए।

किनकी गाँउमा म र साथी स्कुलबाट भागेर फिल्म हेर्न जाने गरेका थियौं । पछि ‘लामा’ बस्न जाँदाको यात्रा भने सोचेकोभन्दा फरक थियो । 

८. कुनैपनि फिल्म निर्देशकलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुग्नुले कत्तिको महत्व राख्ने रहेछ ?

फिल्ममेकरको लागि अन्तर्राष्ट्रिय फिल्म महोत्सव भनेको कुम्भमेला हो । यसले फिल्मसम्बन्धी रुचि राख्ने सबैलाई एकजुट भएर फिल्मबारे बुझ्न सहयोग गर्ने रहेछ । 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now