SKIP TO MAIN CONTENT

सर्कसमै समर्पित जीवन

"Even When I Fall" still image
Still from "Even Whey I Fall" Satya Films Source: Satya Films

"सर्कस काठमाण्डू" नेपालकै पहिलो र एकमात्र समकालीन सर्कस हो। सर्कस काठमान्डू, भारतमा लगेर बेचिएका र उद्धार पश्चात नेपाल फर्किएकाहरुको एक समूहद्वारा सन् २०१०मा काठमान्डूमा स्थापित सँस्था हो ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

"सर्कस काठमाण्डू" नेपालकै पहिलो र एकमात्र समकालीन सर्कस हो। सर्कस काठमान्डू, भारतमा लगेर बेचिएका र उद्धार पश्चात नेपाल फर्किएकाहरुको एक समूहद्वारा सन् २०१०मा काठमान्डूमा स्थापित सँस्था हो ।


अबका केहि हफ्तामा यसका दुई कलाकारद्वय सरस्वती र शीतल अधिकारी अष्ट्रेलिया आउन लागेका छन्। मेलबर्न स्थित 'वुमेन्स सर्कस' नामक एक गैर नाफामुलक संस्थासंगको रचनात्मक आदानप्रदान कार्यक्रम अन्तर्गत उनीहरु यहाँ आउन लागेका हुन्।

यी दुई नेपाली चेलीहरु मानव तस्करीको शिकार हुँदै भारतमा बेचिएका थिए। त्यहाँ बन्धक अवस्थामा रहँदा उनीहरुले बाध्यातावस् सर्कसमा काम गर्नु परेको थियो।

यसै क्रममा, उनीहरुको उद्धार भएपछि सरस्वती र शीतलको जीवन सर्कसकै माध्यमबाट कसरी परिवर्तन हुँदैछ भन्ने बारेमा केट म्याक्लार्नोन र स्काई नीलद्वारा निर्देशित, "इभन व्हेन आई फल" नामक एक वृत्तचित्रको अष्ट्रेलियाली प्रिमियर पनि हुँदैछ। यो वृत्तचित्रले उनीहरुको उद्दार देखि सर्कस काठमान्डूको स्थापना एवं यसक्रममा यी दुई चेलीहरुको जीवनमा भएको उतारचढावलाई ६ बर्षसम्म नियालेको छ।

वृत्तचित्रको प्रदर्शन मेलबर्न स्थित फुट्स्क्रे सामुदायिक कला केन्द्रमा आगामी मे १२ तारिख आइतबारका दिन हुन गईरहेको छ।

यसैगरी, वुमेन्स सर्कसले मेलबर्न स्थित एक स्थानीय नेपाली महिला सामुदायिक संगठन "दिदी बहिनी समाज भिक्टोरिया"सँग हातेमालो गर्दै, मे २६ शनिबारका दिन नेपाल अष्ट्रेलिया समुदायिक सर्कस दिवसको पनि आयोजना गरेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now