गत मे २७ मा नेपाली आरोही कामीरिता शेर्पाले ३१ औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान आफ्नो नाममा राखेका छन्। सन् १९९४ मा पहिलो पटक सगरमाथा चढ्न सुरु गरेका सोलुखुम्बुको थामेका ५५ वर्षीय शेर्पा गत वर्ष ३० औँ पटक सगरमाथा आरोहण बनाएको आफ्नै कीर्तिमान तोडेका हुन्। आउँदो, जुन ९ तारिखमा एसबीएसले स्वर्ण जयन्ती मनाउँदै गर्दा, पहिलो पटक सन् २०१८ को मेमा प्रसारण भएको यो कुराकानी एसबीएस नेपालीका लागि स्मृति ढुङ्गानाले शेर्पासँग गर्नुभएको थियो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





