Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

ग्यासको अभाव हुन नदिन र मुल्य कम गर्न आवश्यक कदम चाल्ने सङ्घीय सरकारको भनाई

Energy crisis

ग्यासको भरपर्दो र किफायती आपूर्तिका सुनिश्चितताका लागि सङ्घीय ऊर्जा मन्त्रीले राज्य एवम् प्रदेशका समकक्षीहरूसँग छलफल अगाडी बढाएका छन्।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


ग्यासको भरपर्दो र किफायती आपूर्तिका सुनिश्चितताका लागि सङ्घीय ऊर्जा मन्त्रीले राज्य एवम् प्रदेशका समकक्षीहरूसँग छलफल अगाडी बढाएका छन्।


जाडो महिना सुरु भएसँगै खाना पकाउने, पानी तताउने वा हिटरजस्ता प्रयोजनका लागि मानिसहरूले ग्यासको प्रयोग बढाउँछन्।

तर ग्यासको मुल्यबृद्दी र आपूर्तिमा पनि कमी आउन थालेपछि भने धेरै मानिसहरूले आफ्नो व्यवहारमा परिवर्तन गदै लगेका छन्।

ग्यास बचत गर्न प्रयास गर्ने मध्ये साइमन पिर्टस पनि एक हुन्।

उनी भन्छन् कि हिटरको अनावश्यक प्रयोगलाई कम गर्न कपडा धेरै लगाउने वा घरमा बस्दा ब्लेंकेट ओढ्ने जस्ता क्रियाकलापमा उनी जोड दिइरहेका छन्।

अस्ट्रेलियाको ऊर्जा सम्बन्धी सञ्चालकहरूले ग्यासको आपूर्तिको ग्यारेन्टीका लागि संयन्त्रलाई सक्रिय पारेका छन्।

थोक मूल्यमा बृद्दि हुँदा ग्राहकमा परेको असर र आपूर्ति सुधारको प्रयासहरू भइरहेका छन्।

प्रधानमन्त्री एन्थोनी एल्बानिजीले पनि वेस्टर्न अस्ट्रेलियाका उत्पादकहरूसँग समन्वय गर्ने प्रयास जारी राखेका छन्।

ऊर्जा प्रयोगकर्ताहरूको सङ्घ इनर्जी युर्जस एसोसिएसनका प्रमुख कार्यकारी एन्ड्रु रिर्चड अस्ट्रेलियाले ऊर्जाको क्षेत्रमा अस्ट्रेलियाले अभूतपूर्व परिस्थितिको सामना गरिरहेको बताएका छन्।

उनका अनुसार यसले छोटो समयलाई नभएर दीर्घकालीन असर गर्ने सम्भावना बढ्दै गएको छ

ऊर्जा सकंटको कारण भने अदूरदर्शी नीति, रुस युक्रेन द्वन्द्व, राष्ट्रिय रूपमा कोइलाद्वारा संचालित ऊर्जा केन्द्रमा देखिएको समस्या र अत्यधिक बढेको चिसोलाई दिइएको छ।

रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

भिक्टोरियाका प्रिमीयर ड्यानिएल एन्ड्रुज राज्यमा बढेको अत्यधिक चिसोका कारण पनि ग्यासको भाउमा असर पर्ने सम्भावना बढेको बताउँछन्।

तर यसमा सङ्घीय सरकारले हस्तक्षेप गर्ने अधिकार छ।

नवनियुक्त जलवायु एवम् ऊर्जा मन्त्री क्रिस बोवेनले मुल्यबृद्दीको दबाबलाई रोक्न सरकारले कदम चाल्ने बताएका छन्।

तर नयाँ मन्त्री मुल्यबृद्दी र आपूर्ति सुधारका लागि अस्ट्रेलियन डोमेस्टीक ग्यास रिजर्भेसन मेकानिजम भनिने निर्यातलाई रोक्न र घरेलु आपूर्तिलाई बढावा दिने कुरामा छलफल भइरहेको भए पनि यसको नतिजा देखिन भने केही समय लाग्ने बताइन्छ।

बोवेन भन्छन् कि कानुनी रूपमा यो निर्णय भयो भने पनि छोटो अवधिलाई देखिएको समस्याको समाधान भने हुने देखिदैन्।

यता एसबीएस सँगको कुराकानीमा ट्रेजरर जिम चाल्मर्स भन्छन् कि अहिलेको अवस्थामा एक पटक दिइने भुक्तानी सम्बन्धी सहयोगले मात्र समस्याको समाधान हुदैन्।

सङ्घीय सरकारका अनुसार नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र प्रसारण प्रणालीमा काम गरेर सुधार गर्नु नै दीर्घकालीन समाधान हो।

विपक्षी दलले भने अस्ट्रेलियाली ऊर्जाका बारेमा समझदारीपूर्वक छलफल हुनु पर्ने माग गरेको छ।

अस्ट्रेलियाली ऊर्जा नियामक संस्थाले ग्राहकहरूलाई विभिन्न कम्पनीका छुट योजना हेरेर खरिद गर्न सुझाव दिएको छ।

ऊर्जा सम्बन्धी विभिन्न प्रदायकबिच तुलना गर्दा मानिसहरूले २४ प्रतिशतसम्म बचत गर्न सक्ने ऊर्जा नियामक संस्थाको भनाई छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now