Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

बेलायतकी महारानीको ७० वर्ष लामो सेवाको महोत्सव

the official Platinum Jubilee portrait of Britain's Queen Elizabeth II, photographed at Windsor Castle recently.

बेलायतभर महारानी एलिजाबेथ द्वितीयाको सेवाको प्लेटिनम जुबली मनाइँदै छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


बेलायतभर महारानी एलिजाबेथ द्वितीयाको सेवाको प्लेटिनम जुबली मनाइँदै छ।


बिहीबारबाट सुरु हुने चार दिन लामो सो महोत्सव महारानीको ७० वर्षे शासनकाललाई दर्साउन मनाउन लागिएको हो।

र यो बेलायती राजसंस्थाको इतिहासमा नै सबैभन्दा लामो शासनकाल रहेको छ।

मार्गरेट टाइलर आफूलाई बेलायती राजसंस्थाको अत्यन्त इमानदार समर्थकका रूपमा चिनाउँछिन्।

उत्तर पश्चिमी लन्डनको वेम्ब्लीमा रहेको उनको दुई तले फ्ल्याटको सम्पूर्ण भित्ता, भुईँ र कार्पेटले राजसंस्थाको सम्झनालाई झल्काएका छन्।

७७ वर्षीय टाइलरको वासस्थान सयौँ प्लेट, मग, आधिकारिक पोट्रेटहरूले भरिएका छन्।

Margaret Tyler amid hundreds of Royal memorabilia.
Source: (supplied)

उनी राजसंस्थाकी भक्त हुन् र उनले महारानीलाई भेट्न चार पटक जाडोमा बाहिर बसेकी छिन्।

उनीसँग राज परिवारका बच्चाहरूको प्रतिकृतिहरू रहेका छन् भने स्वर्गीय राजकुमारी डायनामा समर्पित एक छुट्टै स्थान पनि आफ्नो घरमा बनाएकी छिन्।

उनको रुचिका कारण आफू गरिब भएको तर निकै खुसी भएको बताउँछिन्।  साथै स्मारिका पसलहरूमा आफू जहिले पनि पहिलो प्राथमिकता पर्ने गरेको उनको भनाइ छ।

"यदि केही नयाँ कुरा आउँछ उनीहरूले मलाई फोन गर्छन् र भन्छन् 'मार्गरेट हामीसँग केही छ तिम्रो लागी राखिदिऊँ भन्ने चाहन्छौ ?' अनि म एक घण्टामा त्यहाँ पुग्न सक्छु।"

राजसंस्थालाई लिएर निकै गहिरो भावना लन्डनभर देख्न सकिन्छ जहाँका गाउँ तथा मुख्य सडकहरू झन्डा तथा सजावटका अन्य सामाग्रीहरूले सजिएका छन्।

Crowds descend on The Mall as The Queen's Platinum Jubilee preparations near completion at Buckingham Palace
Source: Sipa USA Vuk Valcic / SOPA Images/Sipa US

कोर्गी प्रजातिको कुकुरहरूका लागी मात्र सञ्चालित लन्डनस्थित एक क्याफे सबैभन्दा लामो समय शासन गर्ने राजसंस्थाको सबैभन्दा प्यारो कुकुरप्रति समर्पित छ।

यो उत्सवका समयमा बेलायतका पसल तथा सत्कार सम्बन्धी व्यवसायमा १ अर्ब ७० करोड डलर बर्सिने आसा गरिएको छ।

उपहार र स्मारिकाहरू पाइने पसलका कर्मचारी अहमद शबीब भन्छन् दुई वर्षको लकडाउनको पिडा पछिको यो चहलपहलले आफूहरूलाई स्वागत गरेको हो।

"यो समय पहिले भन्दा धेरै राम्रो छ, महामारीको समयमा यहाँ धेरै खाली थियो तर अहिले चहलपहल बढेको छ र व्यवसाय लगभग ठिक हुँदै छ।"

महारानी एलिजाबेथ द्वितीयाले ७० वर्ष सम्म सेवा गरेर बेलायतको राजा संस्थाको इतिहासमा सर्वाधिक शासनकालको कीर्तिमानी राखेकी छिन्। 

उनको शासनकालमा बेलायतमा १४ प्रधानमन्त्रीहरूले सेवा गरेका छन्।

उनले यो अवधिमा लगभग ४ हजार संसदीय कार्यहरूमा स्वीकृति प्रदान गरेकी छिन् भने सय  वर्ष पार गर्नेहरूलाई  जन्मदिनमा पठाइने शुभकामना पत्रहरू ३ लाख भन्दा बढीलाई पठाई सकेकी छिन्।

पुरा रिपोर्ट सुन्नुहोस्:null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

धेरै बेलायतीहरूका लागी उनले प्यारो विरासतको सिर्जना गरेकी छिन्।

सर्वसाधारण भन्छन्, "उनी इंग्ल्याण्डकी आमा हुन, सिधा अर्थमा, उनी सबैकी आमा हुन्, उनी सबैको ख्याल गर्छिन्।"

"म महारानीलाई माया गर्छु, होइन तपाईँलाई थाहा छ, म राजसंस्थालाई माया गर्छु, जब माथि झन्डा देख्छौँ यो एकदमै राम्रो देखिन्छ।"

यो महोत्सवलाई मनाइ रहँदा एक थरी मानिसहरूमा भने गणतान्त्रिक भावनाको एक नयाँ लहर ल्याएको छ।

एक बिलबोर्ड अभियानमा  महारानी एलिजाबेथ द्वितीयालाई एलिजाबेथ अन्तिम बनाउनु पर्ने माग भई रहेको छ।

रिपब्लिक भन्ने समूहका प्रमुख कार्यकारी अधिकृत ग्राहम स्मिथ अनुमान गर्छन् कि राज परिवार प्रति रहेको समर्थन तीव्र रूपमा कम हुने क्रममा छ।

"यो कुराले कतिपय मानिसहरूमा अर्थ राख्छ, मेरो लागी होइन, महारानीका लागी, तर तपाइले चार्ल्स र विलियमलाई हेर्नु भयो भने मानिसहरूले भन्ने छन् , के हामी यस्तै गरिरहने वा हामी अगाडी पनि बढ्न सक्छौँ ?"

तर मार्गरेट टाइलर भन्छिन् उनीहरूले पहिले आफूलाई पार गर्नु पर्ने छ।

"ठिक छ, सुरुवातमा म उनीहरूलाई यहाँ बोलाउँछु, वरपर देखाउँछु, उनीहरूको लागी चिया बनाउँछु, उनीहरू सँग बस्छु र सकेँ भने उनीहरूलाई यो (सोचाइ) बाट बाहिर निकाल्छु।… हाहा (हाँसो)। "


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now