SKIP TO MAIN CONTENT

‘गीग ईकोनोमी’: पायक काम, तर न्यून सुबिधा

Gig Economy
Are side hustles your main source of income? Source: AAP

टेक्नोलोजीको बिकाससँगै – पहिले नसोचिएका वा अनुमान नगरिएका कामहरु आजभोली बजारमा देखा परेका छन् । ईन्टरनेट र मोबाईल फोनका विभिन्न एय्प मार्फत गरिने यी सेवामूलक व्यवसायलाई- गीग ईकोनोमी- पनि भनिन्छ।


Published

Updated

By Hannah Sinclair

Source: SBS



Skip to podcast episode content

टेक्नोलोजीको बिकाससँगै – पहिले नसोचिएका वा अनुमान नगरिएका कामहरु आजभोली बजारमा देखा परेका छन् । ईन्टरनेट र मोबाईल फोनका विभिन्न एय्प मार्फत गरिने यी सेवामूलक व्यवसायलाई- गीग ईकोनोमी- पनि भनिन्छ।


 ट्याक्सीको सट्टा उबर, घरैमा खाना ल्याउने उबर इट्स, फूडोरा जस्ता पहिले अस्तित्वमा नभएका - तर अहिले ईन्टरनेटको सुबिधा र सेवा- सुलभताका कारण निकै प्रचलनमा रहेका व्यवसायहरु हुन्। आफ्नो खाली समयमा काम गर्न मिल्न सक्ने भएकाले, काम खोजीरहेका मानिसहरु बिच पनि यी अवसरहरु निकै लोकप्रिय रहे।

तर हाल आएर, यी गीग ईकोनोमीमा काम गर्नेहरु माथि न्यायसंगत रोजगार सम्बन्धि सुबिधा नपाएको कुरा एक पछि अर्को गर्दै अदालतमा आई रहेकाछन्।

यसले गर्दा गीग ईकोनोमीका कामहरुका बारेमा निकै प्रश्नहरु उठ्न थालेका छन्। यिनै कुराहरुलाई लिएर यस क्षेत्रमा कार्यरत मानिसहरु- आफ्नि अधिकारलाई लिएर- सार्वजनिक रुपमा यी मुद्दाहरु उठाईरहेका छन्।

जोशुवा क्लोगर विभिन्न रेस्टुरन्ट, क्याफेबाट घरमै खाना पुर्‍याउने फूडोरा नामक कंम्पनिमा काम गर्थे। तर, गत मार्चमा उनी लगायत केहि कर्मचारीहरुले, उक्त कम्पनिले कामदारहरुको दुरुपयोग गरेको र आफ्नो हक, हित हनन एको बताइका थिए। यसको लगत्तै, फूडोराले क्लोगर र उनका साथीहरुलाई जागिरबाट बर्खास्त गरेको थियो।

उनको भनाईमा, त्यस कम्पनिको ज्याला र सुविधामा प्रश्न उठाउदा, उनी र उनका साथीहरु अन्यायपर्वक पदबाट निकालिएको आरोप लगाउछन्।

२८ बर्षीय क्लोगरले, आफ्नो यो विषयलाई सिड्नीमा रहेको फेयर वोर्क अस्ट्रेलिया समक्ष राखेका छन्। उनी यातायात कामदारहरुको युनियनको सहयोगमा उनी, फूडोराले आफूलाई एक कर्मचारीको रुपमा व्यवहार गर्नु पर्ने बिषय प्रमाणित गर्न खोज्दै छन्।

तर उता कम्पनीले भने उनी र उनका साथीहरुलाई- चाहिएको बेला मात्र उनीहरुको सेवा लिएको कुरा गर्दै- उनीहरु ज्यालादारी कामदार हुन् भनी बताउदै आएको छ।

यूनियनका एक अधिकारी माईकल केनले, फूडोरा लगायतका विभिन्न कम्पनीहरु, आफ्ना कामदारहरुलाई कुनै किसिमको सुबिधा प्रदान नगरि-व्यवसाय संचालन गर्न पाउनु हुदैन भनि बताउछन्।

उनले अर्थतन्त्रलाई टेवा दिने गीग ईकोनोमी भनिने यी व्वसायहरुको काम गर्ने ढाँचा १८औं शताब्दीमा रहेको काम गर्ने प्रचलन जस्तै रहेको छ भनि आरोप लगाउछन्। सकेसम्म कामदारहरुलाई पेल्ने र उनीहरुलाई कम ज्याला दिएर सुबिधा उपलब्ध नगराउने मनशायले शुरु गरिएका यस्ता व्यबासायहरुमा सुधारको तत्कालै आवश्यक्ता रहेको उनले बताए।

उता आफ्नो लागि काम गर्ने कामदारहरुलाई कम ज्याला र सुबिधाहीन राखेको कुरा लाई लिएर फूडोरोले- अदालतमा यो विषय परेकाले यस सम्बन्धमा केहि टिप्पणि नगर्ने बताएको छ।

केहि समय अघि एस बि एसले गरेको एक अनुसन्धानात्मक समाचारमा, घरमा खाना पुर्‍याउने धेरै चालकहरु – आफ्नो रोजगारदाताहरु बाट जोखिमयुक्त बाताबरणमा काम गर्न बाध्य भएको जनाईएको थियो। र त्यस्तै, धेरैले यस सम्बन्धमा तालिम पनि नपाएको एस बि एसको समाचारले खुलाएको थियो।

यसैबिच, विक्टोरिया राज्यले उबर ईट्स, डेलिभरु, फूडोरा लगायतका व्यवसायले- आफ्ना चालकहरुलाई, ट्रक ड्राईँभरले पाउने झैं सुबिधाहरु प्रदान गर्न लगाउने कानून बनाउने तयारीमा रहेको बुझिएको छ।

 उक्त राज्यकी एक मन्त्री नटाली हचिन्सले गीग ईकोनोमी भनिने यस्तो व्वसायका कामदारहरुलाई- नयाँ आउने नीतिले- काम गर्ने वातावरणमा केही सकारात्मक प्रभाव पार्ने बताउछिन्।

धेरै विश्लेषकहरुले यसरी फस्टाउदै गएको व्यवासायमा थप सुधारको आवस्यक्ता रहेको कुरामा जोड दिएका छन्। खासगरी, यस किसिमको काममा तलब, सुबिधाको बिषयमा कामदारहरुको शोषण भएको पाईएकाले- यो मागले, पछिल्ला दिनहरुमा, तिव्रता पाएको छ।

यू टि एस विश्सविधालयका प्राध्यापक ईमान्युल जोसेरनले, टक्नोलोजीको विकासले सर्वसुलभ कामहरुको माग बढाएर रोजगारी बढाउन मद्धत गरे पनि यसमा रहेको कम ज्याला र नगण्य सुबिधाले यो क्षेत्र अहिले आएर चिन्ताजनक बिषय भएको बताउछन् । यसका कारणले- यो व्वसाय कानूनी घेरा भित्र ल्याउन आवश्यक रहेको उनको विचार छ।

यस बिषयमा अदालतमा केहि समय पछि बहस हुने बताईएको छ।

थप सामाग्री:


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now