अस्ट्रेलियाको स्थानीय तहका निर्वाचनमा नेपाली समुदायका सदस्यहरूले दिएको उम्मेदवारीले नेपाली भाषीहरू पनि देशको राजनीतिमा सक्रिय हुन थालेको देखाउने केही उम्मेदवारहरू बताउँछन्। गत सेप्टेम्बरमा सम्पन्न भएको न्यु साउथ वेल्सको स्थानीय चुनाव लडेका मध्ये केहीले भने यसरी चुनावमा उठिरहँदा नामको लागि मात्र उम्मेदवार बनाउने भन्दा पनि जित्ने सम्भावना भएका सिटमा पनि आफ्नो दाबेदारी दिन सक्नु पर्ने बताएका छन्। यस लगायत भिक्टोरियामा जारी चुनावमा उठेका उम्मेदवारहरूलाई केही सुझाव सहित तिनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





