अक्टोबरमा जारी हुने भिक्टोरियाको स्थानीय तहको निर्वाचनमा उठेका नेपाली भाषी उम्मेदवारहरू मध्ये, राज्यको उत्तर पश्चिममा पर्ने ह्युम सिटी काउन्सिल अन्तर्गत माउन्ट रिड्ली वार्डबाट अनन्तराज पौडेल काउन्सिलर पदका लागि प्रतिस्पर्धा गर्दै छन्। स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका पौडेल र सोही क्षेत्रका अन्य उम्मेदवारहरू, राज मान र मार्कस ह्यारिङ्टनले आफ्ना प्रमुख चुनावी वाचाहरूको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





