Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

घुम्नुका साथै काम गर्ने भिसामा आउनेको सङ्ख्यामा वृद्धि, अझ बढाउने सरकारको चाहना

Nepali Farmers Deepak Bista and Deepal Lama Ghising at their farm in Adelaide, South Australia

अस्ट्रेलिया घुम्ने र काम पनि गर्न पाउने भिसा प्रक्रिया अन्तर्गत दोस्रो वर्षको लागि पनि उक्त भिसा पाउनेहरूको सङ्ख्या गए एक वर्षमा बिस प्रतिशतले बढेको अध्यागमन विभागको भनाइ छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


अस्ट्रेलिया घुम्ने र काम पनि गर्न पाउने भिसा प्रक्रिया अन्तर्गत दोस्रो वर्षको लागि पनि उक्त भिसा पाउनेहरूको सङ्ख्या गए एक वर्षमा बिस प्रतिशतले बढेको अध्यागमन विभागको भनाइ छ।


वर्किङ्ग होलिडे मेकर वा डब्ल्यु-एच-एम नामक उक्त भिसा अन्तर्गत पर्यटकको रूपमा अस्ट्रेलियाका ग्रामीण र दुर्गम स्थान जानेहरूलाई एक वर्षको भिसा दिने प्रावधान रहेको छ।

र पहिलो वर्ष भिसाका सर्त पूरा गरिए दोस्रो वर्षको लागि पनि भिसा बढाइन सकिन्छ।

मोरिशन सरकारले अहिले तेह्र राष्ट्रहरूसँग दुवै राष्ट्रलाई फाइदा हुने गरी उक्त भिसा व्यवस्थालाई अगाडी बढाउने प्रयास गरी रहेको छ।

1769b5c8-c095-4027-b74a-361bae3eaef1

A cherry picker at work at Borrodell on the Mount.

JOHAN PALSSON FOTOGRAPHY

 

यसका साथ थप कामदारहरूलाई ग्रामीण अस्ट्रेलिया भित्राउने सरकारी आशा रहेको छ।

अध्यागमन मन्त्री डेभिड कोल्म्यानले दोस्रो वर्षको लागि आफ्नो वार्किंग होलिडे मेकर भिसा बढाउने विदेशीहरूको सङ्ख्यामा वृद्धि हुनु सकारात्मक रहेको बताएका छन्।

तर उक्त सङ्ख्यामा अझै वृद्धि भएको आफूले हेर्न चाहेको उनको भनाइ छ।

"हामीले ग्रामीण आप्रवासनका लागी थप अवसरहरू प्रदान गर्दै छौँ र ग्रामीण क्षेत्रमा घुम्ने र काम पनि गर्न पाउने भिसामा आउनेहरूको सङ्ख्यामा आएको यो वृद्धि सकारात्मक कुरा हो, र मा यसको निरन्तरताको अपेक्षा गर्दछु।"

 

यो पनि पढ्नुहोस्

1x1

दुई नयाँ भिसा र छात्रवृत्ति: आप्रवासीहरुलाई ग्रामिण क्षेत्र पठाउने घोषणा

 

डब्ल्यु- एच-एम भिसाका साथ प्राय युवा ब्याकप्याकरहरुले ग्रामीण कृषि उद्योगमा काम गर्ने गरेका छन्।

गए वर्ष मात्र उक्त भिसा लिएर काम गर्ने विदेशी पर्यटकहरूको सङ्ख्या त्रिचालिस हजार भन्दा बढी रहेको थियो.

र राष्ट्रिय कृषक महासङ्घका टोनी महारले पनि कृषि उद्योगमा काम गर्ने विदेशी पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएर स्थानीय समुदायलाई धेरै फाइदा भएको बताएका छन्।

तर पनि उनीहरूलाई आकर्षित गर्न र कामदारहरूको कमीको अवस्थामा समाधान गर्न दीर्घकालीन नीति लागु गरिन पनि जरुरी रहेको उनको भनाइ छ।

"ग्रामीण अस्ट्रेलियामा रहेको गम्भीर श्रमिक अभाव समस्या समाधानका लागी थप योजनाहरू ल्याइनु पर्दछ।"

7d6d3b3b-0515-4e5c-81d9-a87544dc5160

AAP

 

सरकारले कामदारहरूको उक्त कमिलाई अन्त्य गर्न भन्दै थप १३ राष्ट्रहरूसँग पारस्परिक सम्झौता गर्ने योजना बनाएको छ।

हाल ४४ राष्ट्रहरूसँग उक्त सहमति रहेको छ।

यस अन्तर्गत आगामी केही हप्ता भित्र, गए मार्च महिनामा इन्डोनेसियासँग भएको आर्थिक साझेदारी सम्बन्धी सहमतिबारे पनि संसद्मा छलफल हुने छ।

छिमेकी राष्ट्रसँगको उक्त खुल्ला व्यापार सन्धि यदि पारित भए प्रत्येक वर्ष दुवै देशका कुल ५ हजार कामदारहरू पर्यटन भिसामा एक अर्काका देश जान पाउने छन्।

 

यो पनि पढ्नुहोस्

1x1

अस्ट्रेलिया बुझ्न रिजनल जानैपर्छ: नेपाली विद्यार्थीको भनाई

 

साथै उक्त व्यापार सन्धिका साथ झन्डै ६ लाख गाइ-वस्तु र ५ लाख टन अस्ट्रेलियाली अन्नबाली पनि इन्डोनेसिया जाने छ।

र यसले अस्ट्रेलियालाई धेरै फाइदा हुने व्यापार मन्त्री साइमन बर्मिन्घाम बताउँछन्।

तर विपक्षी लेबर पार्टीले चाहिँ उक्त सहमति बारे थप बहस नभए आफूले समर्थन नगर्ने बताएको छ।

c999bf9f-7594-4a82-beca-060ffbb5b842

The number of working holiday-makers has soared by 20 per cent in the past year. (AAP)

 

श्रम सङ्गठनहरूले अस्थायी भिसामा आउने कामदारहरू शोषित नभएको सुनिश्चित गर्न थप पहल हुनुपर्ने बताएका छन्।

लेबरकी छाया अर्थ मन्त्री केटी ग्यालाहर भन्छिन् कि आफ्नो पार्टीले व्यापार वृद्धिलाई समर्थन गरेता पनि उक्त सन्धिको प्रक्रिया बारे थप चर्चा हुन जरुरी रहेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now