सङ्घीय सरकारले क्राउन क्यासिनोको कथित भ्रष्टाचार र गलत कामको आरोपको विषयलाई गम्भीर प्रकृतिका भ्रष्टाचारका मुद्धालाई हेर्ने कानुनी निष्ठा प्रवर्धन आयोग (एसीएलइआइ) मा पठाउने भएको छ।
महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले क्रिस्टियन पोर्टरले राष्ट्रिय इमान्दारिताको निगरानी गर्ने निकायलाई केही सरकारका केही सांसदहरूलाई पनि मुछिएका दाबीहरूबारे छानबिन गर्न भनेका छन्।
गठबन्धन र विपक्षी पार्टी दुवैले यो विषयमा संसदीय अनुसन्धान हुनु पर्ने प्रस्तावको विरुद्धमा मत हालेको भन्दै यो निर्णयलाई सरकार पानी माथिको ओभानो बन्न खोजेको भन्ने आरोप आलोचकहरूको छ।
धेरै दिन देखि लागेको आरोपहरूका सम्बन्धमा क्राउन क्यासिनोले राष्ट्रिय भ्रष्टाचार बारे नियमन गर्ने इन्टेग्रिटी एजेन्सीको सामना गर्ने भएको छ।

महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले शृंखलाबद्ध रूपमा भ्रष्टाचारको दाबीहरू आउन थालेपछि अनुसन्धान सुरु गर्न आदेश दिएका छन्।
"मेरो हेराइमा थप अनुसन्धान गर्न अनुमति दिनका लागी पर्याप्त चिन्ताहरू व्यक्त भएका छन्।"
त्यस्ता केही आरोपहरू पनि छन् जसल केही सरकारका सांसदहरूलाई पनि प्रभाव पार्न सक्छन्।
नाइन नेटवर्क द्वारा गरिएको एक अनुसन्धानले क्राउन क्यासिनोले व्यावसायिक आपराधिक क्रियाकलापमा संलग्नहरूसँग सम्पर्क भएका व्यवसायीहरूलाई प्रयोग गरेको आरोप लगाइएको छ।

त्यस्ता सम्पर्क भएका व्यवसायीहरूको प्रयोगबाट विदेशका धेरै रकमको खर्च गर्न सक्नेहरूलाई मेलबर्न र पर्थ स्थित क्यासिनोमा आकर्षित गरिएको आरोप छ।
समाचारमा जनाइए अनुसार उक्त कम्पनीले गृह मामिला विभागलाई केही चिनिया नागरिकहरूको भिसा आवेदन द्रुत मार्गबाट प्रदान गर्न छलफल गरेको थियो।
क्राउनले भने कुनै पनि किसिमको गैरकानुनी काम नगरेको भन्दै आफू सरकालाई यो अनुसन्धानमा सघाउने बताएको छ।
स्वतन्त्र सांसद एन्ड्रु विल्की ले प्रतिनिधि सभामा (तल्लो सदनमा) उक्त आरोपहरूका सम्बन्धमा संसदीय समिति बनाएर छानबिन हुनु पर्ने प्रस्ताव राखेका थिए।
तर उक्त प्रस्तावलाई सरकार र विपक्षी दुवैले स्थगित गरेका थिए।
त्यस्तो भए ता पनि आफूले यो विषयलाई निरन्तरता दिने सांसद विल्कीले बताएका छन्।

"यो विषयको आज अन्त्य भएको होइन, त्यहाँ अझै बढी जानकारी चुहावट गर्नेहरू हुनेछन्, म र अन्य संसद्मा रहेकाहरू द्वारा अझ धेरै यसको बारेमा खुलासा हुनेछ।"
ग्रीन नेता रिचार्ड डी नटालिले पनि उत्तरको माग गरेका छन्।
अहिले हामी जे देखी रहेका छौँ यो अस्ट्रेलियाली राजनीतिको अत्यन्त कालो पाटो हो। मा यसमा रहेको १० वर्ष हुन लाग्यो र जति लामो समय म यहाँ रहेको छु यो त्यति नै दुर्गान्दित हुँदैछ र त्यो ढक्कन खोलेर यो ठाउँमा के भइराखेको छ भनेर हेर्ने अब समय भएको छ।"
जहाँ लेबर र गठबन्धन दुवैले उक्त विषयलाई इन्टेग्रीटी नियामक निकाय समक्ष पुर्याउने प्रस्तावमा समर्थन जनाएका छन् भने रोबोडेट वा ऋणलाई उठाउने स्वचालित कार्यक्रम का बारेमा भने असहमति जनाएका छन्।
लेबरले सामाजिक परिबन्धको ऋण उठाउने योजनालाई त्याग्नु पर्ने भन्दै यसलाई क्रूर र पक्षपाती भनेको छ।
मेको निर्वाचनको पराजय पश्चात् पहिलो पटक प्रश्नको उत्तर दिँदै सरकारी सेवा छाया मन्त्री तथा पूर्व विपक्षी नेता बिल शर्टनले सम्बन्धित मन्त्री स्टुअर्ट रोबर्ट समक्ष उक्त विषयलाई राखे।
केही कमजोरीहरू भए पनि सरकारले उक्त प्रणालीलाई नत्याग्ने बताएको छ। तर विपक्षी पार्टी भन्छ यसलाई हटाउन छलफल जारी राखिने छ।





