Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालमा बढ्दो अमेरिकी चासो

Ujra Zeya in Nepal

Ujra Zeya who is also US Special Coordinator for Tibetan issues, visited Nepal. Source: Ujra Zeya/ twitter

यस हप्ता अमेरिकी उपमन्त्री अज्रा जेयाले नेपाल भ्रमण गरिरहेकी छिन्, जस अन्तर्गत उनले नेपालका विभिन्न उच्च पदाधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ। तिब्बती मामिला सम्बन्धी विशेषज्ञ जेयाले यस अघि भारतको धर्मशालामा गएर दलाई लामालाई भेटेकी थिइन्।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


यस हप्ता अमेरिकी उपमन्त्री अज्रा जेयाले नेपाल भ्रमण गरिरहेकी छिन्, जस अन्तर्गत उनले नेपालका विभिन्न उच्च पदाधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ। तिब्बती मामिला सम्बन्धी विशेषज्ञ जेयाले यस अघि भारतको धर्मशालामा गएर दलाई लामालाई भेटेकी थिइन्।


 नेपालमा भइरहेका उच्च स्तरीय अमेरिकी भ्रमणहरूमध्ये यो पछिल्लो हो।

यस अघि पनि गत एक वर्ष भित्रमा अमेरिकी मन्त्री डोनाल्ड लु, सिनेटर कर्स्टिन गिलिब्राण्डको नेतृत्वमा पाँच जना सांसदहरू लगायतका उच्च पदाधिकारीको भ्रमण भइसकेको छ।

नेपालमा पछिल्लो समयमा  बढ्दो अमेरिकी चासोका बारेमा त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका अध्यापक खड्ग केसीसँग कुराकानी गरेका छौँ।

Khadga KC
Source: Khadga KC/ facebook

विश्व शक्ति सम्बन्ध फेरिँदै गएको  अवस्थामा अमेरिकाले उदयमान शक्ति राष्ट्र चीनलाई आफ्नो  प्रतिस्पर्धी ठानेको र चीनसँग नजिक रहेका देशमा आफ्नो प्रभाव विस्तार गर्न खोजेकाले नेपालमा अमेरिकाको चासो बढेको केसीले बताएका छन्।

खड्ग केसीसँगको पुरा कुराकानी सुन्नुहोस्: नेपालमा बढ्दो अमेरिकी चासो हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now