गुठी विधेयक फिर्ता र सन्दीपसंगै सोमपाल क्यानडा लिगमा: गत ७ दिन नेपालमा

Nepali bowler Sompal Kami to play in Canadian cricket league

Nepali bowler Sompal Kami to play in Canadian cricket league Source: Facebook

सडक र सदन दुवैबाट व्यापक विरोध भएपछि सरकारले लियो राष्ट्रिय सभामा दर्ता गुठी विधेयक फिर्ता र सन्दीप लामिछाने पछि नेपालका युवा बलर सोमपाल कामी पनि ग्लोबल टि-२० क्यानडामा लिगमा खेल्ने भएका छन्। गए ७ दिनका प्रमुख नेपाल समाचार।


गुठी विधेयक फिर्ता

सडक र सदन दुवैबाट व्यापक विरोध भएपछि सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी विधेयक फिर्ता लिएको छ।

मंगलवार भूमी व्यवस्था, सहकारी तथा गरिबीमन्त्री पद्मा कुमारी अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उक्त विधेयक फिर्ता लिने जानकारी गराइन्।

तर उक्त विधेयक खारेजीको माग गर्दै काठमाण्डू, भक्तपुर, ललितपुर तीनवटै जिल्लाका गुठीयार, सम्पदा संरक्षण अभियन्यता, संरक्षणविद र सर्वसधारणले बुधवार काठमण्डूको माइतीघर मण्डलामा विशाल प्रदर्शन गरे।

गुठी विधेयक पास भएमा सम्पदा, संस्कृति नाश हुने भन्दै सम्पदाविद, संस्कृतिविद र गुठीयार आन्दोलित भएका हुन्।

Members of the Nepalese indigenous Newar community stage a protest rally against the Guthi Bill in Kathmandu, Nepal, 19 June 2019.
Guthis are public and private trusts that draw the funding to fulfil religious, social or public service roles from leased or cultivated land assets. Source: EPA/NARENDRA SHRESTHA

प्रधानमन्त्रीले संससदमा बोल्न पाएनन्

मंगलवार संसदलाई सम्बोधन गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद सुरुहुदाँ बित्तिकै बोल्ने कार्यक्रम रहेको थियो। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पहिले विपक्षिका प्रश्नहरू सुनेर मात्र प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नुपर्ने भन्दै रोस्टम घेराउ गरे।

सभामुख कृष्ण बहादुर महराले प्रधानमन्त्रीले सम्बोधन गरेपछि अन्य सासंदलाई पनि बोल्न दिने भन्दै पटक पटक अनुरोध गर्दा पनि कांग्रेसका सभासदले मानेन्।

संसदबाट फर्केका प्रधानमन्त्रीले केहि समयमै पत्रकार सम्मेलन गरे र उनले कांग्रेसको व्यवहार संसदीय मर्यादा र लोकतन्त्र विपरित भएको बताए। ''प्रधानमन्त्रीले बोल्न समय माग गरेपछि पाउनुपर्छ," उनले भने।

यस्तै सरकारले ल्याएका विधेयकहरू बारे पछिल्लो समय एकपछि अर्को विरोध हुन थालेको विषयलाई पनि उनले उठाए।

"हामीले आन्दोलनबाटै उपलब्धि हासिल गरिसकेका छै। अब फेरि आन्दोलन आवश्यक पर्दैन, संवादबाटै सबैकुरा समाधान गर्न सकिन्छ भने सानातीना कुरा संवादबाट नटुङ्गिने कुरै छैन," उनले भने।

सन्दीपसंगै सोमपाल क्यानडा लिगमा

नेपालका युवा बलर सन्दीप लामिछाने र सोमपाल कामीले ग्लोबल टि-२० क्यानडामा लिगमा खेल्ने भएका छन्।

लेगस्पिनर सन्दीपले उक्त लिगमा टोरोन्टो नेसनल्सबाट प्रतिनिधित्व गर्ने छन्।

यसअघि पनि उक्त लिग खेलिसकेका सन्दीपलाई सो क्लवले विहिवार भएको ड्रफ्टबाट ६० हजार लिएको हो। समपालले भने विन्निपिग हक्सले ३ हजार डलरमा लिएको हो। सोमपालका लागि यो पहिलो अन्तराष्ट्रिय लिग हुनेछ।

T20 Triangular Tournament - MCC, Nepal & The Netherlands
Sompal Kami of Nepal celebrates getting a wicket during the T20 Triangular Tournament match between The Netherlands and Nepal at Lords on July 29, 2018. Source: Nathan Stirk/Getty Images

मन्त्रीपरिषद हेरफेर हुन सक्छ: प्रचण्ड

नेकपाका एक जना अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले एक पटक फेरी मन्त्रीपरिषद हेरफेर हुन सक्ने बताएका थिए।

यसअघि पनि उनको यस्तो अभिव्यक्ति आएको थियो तर मन्त्रीपरिषदमा केहि फेरबदल भने भएको थिएन। यहि साता पोखरामा भएको एउटा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

काठमाण्डूमा सिरिन्ज आक्रमण

गएको एक महिलनामा काठमाण्डूको डल्लु क्षेत्रमा चार जना युवतीमाथि सिरिन्ज जस्तै तीलो वस्तुले आक्रमण भएको प्रहरीले जनाएको छ।

२० देखि ३० वर्ष उमेरका महिलाहरुलाई राती९ देखि १० बजेको समयमा यस्तो आक्रमण गरिएको बताइएको छ।

सुइले जस्तै घोचिएको देखिएको र अत्याधिक पीडा भएका कारण यी महिलाहरुले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परिक्षणका लागि गएको बताइएको छ। तर अहिलेसम्म उनीहरुलाई कस्तो वस्तुले घोचेको पत्ता लागेको छैन।

एचआइभी, हेपटाइटिस बी र सी लगायतका संक्रमित सिरिन्ज प्रहार गरिएको हुन सक्ने आशंका गरिएको छ। तर चिकित्सकहरुका अनुसार उनीहरूमा त्यो रोग संक्रमण भए नभएको रिपोर्ट आउन कम्तीमा तीन महिना लाग्ने छ।

यस विषयमा अनुसन्धान सुरु गरिएको तर अझै धेरै तथ्य पत्ता लगाउनै बाँकि रहेको प्रहरीले जनाएको छ।

पाइपलाइनबाट पेट्रोलीयम ल्याउन तयार

नेपाल-भारत- अन्तरदेशीय पेट्रोलीयम पाइपलाइन बिछ्याउने काम सिकएको अधिकारीहरुले बताएका छन्।

यस्तै मंगलवार उक्त पाइपलाइनबाट पानी पठाएर गरिएको परिक्षण पनि सफल भएको नेपाल आयल निगम रक्सौल- अमलेखगन्ज पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीप यादवले बताए। उक्त परियोजना १५ महिना अघि सुरु भए हो।

पाइपलाइनबाट सबै किसिका इन्धन ल्याउन मिल्ने भएपनि सुरुमा डिजेलमात्र ल्याइने बताइएको छ।

Petroleum pipeline connecting Nepal and India under construction.
Petroleum pipeline connecting Nepal and India under construction. Photo: Roshan Sapkota facebook Source: Roshan Sapkota Facebook

सयभन्दा बढीको मृत्यु

आर्थिक वर्ष २०७५/७६मा मात्र विदेशमा काम गर्न गएका ६ सय ६७ नेपालीको मृत्यु भएको सरकारी आँकडाले देखाएको छ। यस्तै गएको १० वर्षमा ७ हजार ३ सय ४जना नेपालीको मृत्यू भएको देखिएको छ। जसमा १६५ जना महिला रहेका छन्।

अव्यवस्थित जीवन शैली, पर्याप्त मात्रामा पानी नपिउने, लामो समय चर्को घामा काम गर्ने, तनाव, कमशल गुणस्तरको मदिधार सेवन, दुर्धटना लगायतका कारण नेपाली कामदारको विदेशी भूमिमा मृत्यु भएको देखिएको छ।

यस्तै विदेशी जेलमा ५ सय ३२ नेपाली रहेका छन्।

वर्षेनी करिब चारलाख नेपाली वैदेशिक रोजारिका लागि जाने गर्दछ छन्।

Female Nepali Migrant Workers
Relatives wait for migrant workers in Nepal Source: SBS Nepali/Smriti Dhungana

स्मार्ट पार्किङ

काठमाण्डू महानागरपालिकाले आइतवार देखि न्यूरोडमा स्मार्ट पार्किङ व्यवस्था सुरु गरेको छ।

हाल उक्त स्थानमा ८सयवटा मोटरसाइकल र ४० वटा चारपाङ्ग्रे सवारी साधान पार्क गर्न मिल्ने बताइएको छ। पार्क गर्ने स्थान सुरक्षित गर्न बुकिङ् गर्न मिल्ने सुविधार पनि रहेको अधिकारीहरुले बताएका छने।

यो नयाँ कार्यक्रमको प्रभावकारीता हेरेर काठमाण्डूका अन्य व्यस्त स्थानमा पनि सुरु गरिने काठमाण्डू माहानगरपालिकाका प्रवक्ताले इश्वरमान डंगोलले बताए।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now