Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

देशलाई नै ठप्प पार्ने घोडा दौडको लोकप्रियता किन घट्दै छ?

Melbourne cup race in Flemington race course

Melbourne cup race in Flemington race course Source: AAP

मेलबर्नको घोडा दौड प्रतियोगिता "मेलबर्न कप" लाई, सम्पूर्ण अस्ट्रेलियालाई नै "रोक्ने" अथवा "स्तब्ध पार्ने" दौडको रूपमा लिइन्छ तर जुवा खेल्ने प्रवृत्ति र पशु कल्याणको विषयका कारण मेलबर्न कप मनाउने अस्ट्रेलियालीहरूको सङ्ख्या घट्दो छ।


गत २५० वर्षदेखि अस्ट्रेलियामा हुने दौड प्रतियोगिताहरू मध्य मेलबर्न कप सबै भन्दा महत्त्वपूर्ण र लोकप्रिय रहेको छ।   

यही लोकप्रियताका कारण यसलाई, दि रेस द्याट स्टप्स दि नेशन देशलाई नै रोक्ने, अथवा स्तब्ध पार्ने दौडको भनेर पनि चिनिन्छ।   

यो अस्ट्रेलियाको एक अहम् भाग रहेको, पप गायिका तथा भिक्टोरियाली रेसिङ क्लबकी आयुक्त डेल्टा गुडरेमले भनिन्।

डाक्टर एलेक्स रसेल, सीक्यू विश्वविद्यालयमा जुवाको विषयमा अनुसन्धान गर्ने, एक्स्पेरिमेन्टल ग्याम्ब्लिङ्ग रिसर्च ल्याबरटरीमा सिनियर पोस्टडक्टरल फेलो हुन्।   

अस्ट्रेलियाको इतिहास देखि नै जुवा खेल्ने परम्परा निकै लोकप्रिय भएको हुनाले यस घोडा दौड प्रतियोगिता पनि यति लामो समयसम्म सञ्चालन भइरहेको, उनी बताउँछन्।   

"दौड प्रतियोगिताहरू भन्ने बित्तिकै सट्टेबाजीको विषय आइहाल्छ - अरू खेलकुदहरूमा भन्दा जुवाको प्रवृत्ति दौडहरूमा बढी हुन्छ," उनले भने।    

तर पछिल्ला केही वर्षहरू देखि मेलबर्न कपसँग जोडिएको हर्ष र उत्सुकता घट्दै आएको देखिएको छ।  

रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यस वर्ष त कोरोना भाइरस प्रतिबन्धहरूका दर्शकको सङ्ख्या घटेको थियो - तर सन् २०१३ देखि नै यो सङ्ख्या घट्दै आएको देखिएको हो।   

नोभेम्बरको पहिलो मङ्गलबार आयोजना हुने मेलबर्न कप  हेर्न पुग्ने मानिसहरूको सङ्ख्या सन् २०१३ देखि प्रत्येक वर्ष घट्दै गएको छ।   

जुवा खेल्ने प्रवृत्ति प्रति अस्ट्रेलियालीहरूको मनसाय बदलिँदै गएको हुनाले पनि यस्तो देखिएको हुन सक्ने, डाक्टर रसेल बताउँछन्।  

About 10,000 people attended Flemington on Tuesday.
About 10,000 people attended Flemington on Tuesday. Source: AAP

सट्टेबाजीबाट हुने आम्दानी बढ्ने क्रममा नै रहे तापनि, यसमा संलग्न हुने अस्ट्रेलियालीहरूको सङ्ख्या गएको दशकमा करिब ८% ले घटेको उनले बताए।   

यस दौड प्रतियोगिताका समर्थकहरू घट्नुको अर्को कारण भने पशु कल्याण हो।   

सन् २०१३ को मेलबर्न कप डे देखि उक्त उत्सवको दिनमा सात जना प्रतिस्पर्धी घोडाहरूले ज्यान गुमाइसकेका छन्।  

"हामीले यो देशको संस्कृतिलाई बदलिनु पर्छ - भयानक घटनाहरूलाई होइन, राम्रा कुराहरूलाई मनाउनु पर्छ।"

त्यस्तै, सन् २०२० को अगस्ट महिनादेखि सन् २०२१ को जुलाईसम्म, यस्तै दौडका मैदानमा कमसेकम १४९ घोडाहरूको मृत्यु भएको छ।   

पशु कल्याणको ग्यारेन्टी भए तापनि पछिल्ला केही सालहरूमा घोडाहरूलाई वध शाला पठाइएको पनि अनुसन्धानहरूले देखाएको छ।  

Horse racing - Injured Walsh to miss Grand National
Source: Reuters

ग्रीन्स दलले लगानी गरेको र लोनर्गन रिसर्चले गरेको अनुसन्धानमा सहभागी ५५ % ले, सट्टे बाजी र मनोरञ्जनका लागि घोडा जस्ता जनावरहरूको दौड गराउनु निकै क्रूर र निर्दयी रहेको बताएका छन्।   

मेलबर्न कप प्रति समुदायको दृष्टिकोण बदलिँदै आएको, घोडाहरूको संरक्षणका लागि स्थापित गठबन्धनकी क्रिस्टिन लीअी बताउँछिन्।   

मानिसहरूले हामीलाई सम्पर्क गरेर 'मलाई यसको भाग बन्नु छैन तर काममा कर गरिरहेका छन्' जस्ता कुराहरू भन्छन्," उनले भनिन्।

"कतिपय बारहरूले त दौड प्रतियोगिताहरू देखाउन पनि छोडिसके।"

मेलबर्न कपलाई, एक उत्सवको रूपमा भन्दा पनि, यसका कारण ज्यान गुमाएका घोडाहरूको स्मृति दिवसको रूपमा मनाइनु पर्ने उनको भनाइ छ।   

सन् २०१८ को मेलबर्न कपबाट भिक्टोरियाली अर्थतन्त्रमा ४४ करोड डलर भन्दा बढी लाभ भएको थियो। तर यस दौडले पुराउने हानिलाई यस आर्थिक फाइदाले भरपुर नगर्ने, डाक्टर रसेलले बताए।   

यसरी सट्टे बाजी र पशु कल्याणका विषयहरू उठे तापनि, मेलबर्न कप र यस्ता कार्यक्रमहरू छिटै अन्त्य गरिने सम्भावना भने निकै कम रहेको उनको भनाइ छ। 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now