Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

भिक्टोरिया राज्यको चुनावमा कसरी भाग लिने?

Election

भिक्टोरियामा बसोबास गर्नेहरु नोभेम्वर २४ मा आफ्नो मत हाल्न निर्वाचन स्थलमा जाँदै छन्। आफ्नो कुरा कसैले सुनोस भन्ने सुनिश्चित गर्न यो एउटा अवसर पनि हो।


Published

Updated

By Audrey Bourget

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


भिक्टोरियामा बसोबास गर्नेहरु नोभेम्वर २४ मा आफ्नो मत हाल्न निर्वाचन स्थलमा जाँदै छन्। आफ्नो कुरा कसैले सुनोस भन्ने सुनिश्चित गर्न यो एउटा अवसर पनि हो।


भिक्टोरियामा बसोबास गर्ने १८ वर्ष माथिका सम्पूर्ण अस्ट्रेलियाली नागरिकहरुले आफ्नो नाम दर्ता गर्नु र मत हाल्नु अनिवार्य रहेको छ।

 

आफ्नो राज्य प्रतिनिधिलाई संसदमा पठाउन निर्वाचित गर्ने उद्देश्यले भिक्टोरियामा बस्ने अस्ट्रेलियाली नगरिकहरु नोभेम्वर २४ मा निर्वाचन स्थलमा जाँदै छन्।

हरेक अस्ट्रेलियाको नागरिक जसको उमेर १८ वर्ष वा सो भन्दा माथिको छ भने निर्वाचनमा आफ्नो मत हाल्नु अनिवार्य हुन्छ र यदि त्यसो नगरेमा जरिवाना तिर्नु पर्दछ।

यदि कसैले भर्खरै मात्र अस्ट्रेलियाको नागरिकता लिएको हो भने, नागरिकता प्रदान गर्ने समारोहमा नै दर्ता फारम पाएको हुनु पर्छ। तर उक्त फारम नपाएका र भर्खर १८ वर्ष पुगेकाहरुले आफैले दर्ता गराउनु पर्दछ।

 

अस्विन फोरुग्नम भिक्टोरियन निर्वाचन आयोगका निर्वाचन समावेशिता हेर्ने अधिकारी हुन्। उनी भन्छन्, "दर्ता प्रक्रिया सजिलो छ र यो नोभेम्वर ६ अगाडी नै गरि सक्नुपर्नेछ।"

vote_5.jpg?itok=oao9y41a&mtime=1537233634
“भिक्टोरियन निर्वाचन आयोगको वेबसाइटमा गएर तपाईंले निर्वाचन फारम पाउन सक्नुहुन्छ, अथवा पोस्ट अफिसमा गएर दर्ता गर्ने फारम लिन सक्नुहुन्छ।”

यदि दर्ता गर्न सहयोग चाहिए आयोगमा फोन गरेर आफुले चाहेको भाषामा सहयोग प्राप्त गर्न सकिनेछ। पछिल्लो निर्वाचन पश्चात आफ्नो नाम अथवा ठेगाना परिवर्तन भएकाहरुले पनि ६ नोभेम्वर भित्र व्यक्तिगत जानकारीहरु सच्च्याउनु पर्नेछ।

 

मत हाल्नु अस्ट्रेलियामा अनिवार्य छ तर मतदान त्यहि कारण मात्रमा पनि सिमित नभएको फोरुग्नमको भनाइ रहेको छ। अस्ट्रेलिया प्रजातान्त्रिक राष्ट्र भएकाले यो देशमा सबैले आफ्नो मानव अधिकारको प्रयोग गर्न पाउनु पर्छ।

 

साथै, आफ्नो आवाज सुन्ने र उक्त आवाजलाई सरकारमा प्रतिनिधित्व गर्ने व्यक्ति छान्नु पनि महत्वपूर्ण भएको उनको भनाइ छ।

vote_1.jpg?itok=_lU9kw-K&mtime=1537233780

नोभेम्वरको सुरुवातमा भिक्टोरिया राज्यका परिवारहरुले डाक मार्फत निर्वाचन निर्देशिका प्राप्त गर्ने छन्। यसमा कसरी सही तरिकाले मत हाल्ने र मतदानको लागि कहाँ जाने बारे सम्पूर्ण जानकारी हुनेछ।

 

अधिकांश मानिसहरुले २४ नोभेम्वर शनिवारका दिन बिहान ८ बजे देखि ६ बजे भित्रमा मत हाल्ने छन्। तर त्यस दिन समय नहुनेहरुले पूर्व मतदान केन्द्रहरुमा गएर १२ देखि २३ नोभेम्वर सम्म पनि मतदान गर्न सक्ने छन्।तर हुलाक मार्फत मत हाल्नेहरुका लागि भने ३१ अक्टोवर देखि नै यो सुविधा पाउने छन्।

"१३०० ८०५ ४७८ मा फोन गरेर मत पत्र मगाउनु पर्ने छ। ३१ अक्टोवर देखि मानिसहरुले यस्तो गर्न सके पनि मत हालेर मत पत्र भने २१ नोभेम्वर सम्ममा फर्काइ सक्नु पर्ने छ।"

व्यक्तिगत रुपमा उपस्थित भएर मत हाल्नेहरुले तीन प्रश्नहरुको जवाफ दिनु पर्नेछ:

• तपाईंको पुरा नाम के हो?

• तपाईं कहाँ बस्नु हुन्छ?

• तपाईंले यस भन्दा अगाडी पनि मत हाल्नु भएको छ?

Voters casting their ballots.
File Photo: Election day on September 7, 2013 in Melbourne, Australia. Source: AAP

यदि यी प्रश्नहरुको उत्तर अंग्रेजी भाषामा दिन गाह्रो भएमा आफ्नो परिचय पत्र ल्याउन नबिर्सन सुझाव दिइएको छ। कसरी सही तरिकाले मतदान गर्ने भन्ने सम्बन्धमा आयोगले ३० भन्दा बढी भाषाहरुमा जानकारी दिने उद्देश्यले छुट्टै शिक्षण-सत्र पनि राखेको छ।

 

फोरुग्नमले आयोगले ५८ वटा प्रजातान्त्रिक दुतहरुलाई शिक्षण-सत्रका लागि तालिम दिईसकिएको जानकारी गराए। इरिट्रियाका इतीमद ज्याफ़र पनि ति प्रजान्तान्त्रिक दुतहरु मध्येकी एक हुन्।

 

उनी भन्छिन्, "म यस्तो देशबाट आएको छु जहाँ मेरो आवाज कहिलै सुनिएन र मत पनि हालिन, म सम्पूर्ण समुदायमा यो सन्देश पुर्याउन चाहन्छु कि अस्ट्रेलिया प्रजातान्त्रिक राष्ट्र हो।"

"तपाईंले यहाँ मत हाल्न सक्नु हुन्छ र तपाईंको आवाज सुनिन्छ। तपाईंको नेतृत्व सरकारमा गर्न सही प्रतिनिधि छान्ने अधिकार छ तपाईंसँग।"

उनी भिक्टोरियाको निर्वाचनका लागि प्रजान्तान्त्रिक दुत बनेको यो दोस्रो पटक हो। उनले मानिसहरुलाई कसरी सरकारको तिन तहले देश चलाउँछ र कसरी मतदाता नामावलीमा दर्ता गर्ने र कसरी सही तरिकाले मतदान गर्ने भनेर सिकाउने गरेकी छन्। 

"उक्त सत्रमा हामी दुरुस्तै मतपत्र जस्तो देखिने कागजमा ठ्याक्कै कसरी मत हाल्ने भनेर देखाउँछौँ।“

नि:शुल्क जानकारीका लागि भिक्टोरिया निर्वाचन आयोगको वेबसाइटमा गएर वा ८६२० १३४७ मा जेशलाई फोन गरेर समय लिन सकिने छ।

प्रजातान्त्रिक दुतहरु पूर्णतया निष्पक्ष हुन्छन् र उनीहरुले कसलाई मत हाल्ने भनेर सुझाव दिनेछैनन्। यो नितान्त मतदाताको रोजाइ हुन्छ।

 

राजनीतिक दल र उम्मेदवारहरुका बारेमा जान्न आयोग को वेबसाइट र कसलाई मत हाल्ने बारे विस्तृतमा जानकारी हासिल गर्न स्थानिय पत्रपत्रिका पढ्नुका साथै पार्टी वा उम्मेदवारको वेबसाइटमा पनि जान सकिन्छ।

vote_3.jpg?itok=hMWl6Y6c&mtime=1537234188


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now