अस्ट्रेलियामा बसोबास: रक्सीको लतमा परेका आफन्तलाई कसरी सहयोग गर्ने?

A woman drinking alcohol

Alcohol abuse. Source: Press Association

अस्ट्रेलियामा धेरै मानिसहरूले मादक पदार्थ सेवनलाई समाजीक गतिविधिको एक भागका रूपमा लिन्छन्। तर, रमाइलोका लागि पिइने रक्सी कहिले लत बनेर आफू, परिवार र साथीभाईका लागि समस्या पनि लिएर आउन सक्छ।


मुख्य बुँदा:
  • सन् २०२१/२२ मा १८ वर्ष माथिका प्रत्येक चार मध्ये एक अस्ट्रेलियालीले सिफारिस गरिएको भन्दा बढी मात्रा रक्सी सेवन गरेका थिए।
  • कुनै एक व्यक्ति रक्सीको लतमा फस्दा यसले पुरै परिवारलाई तनाव दिन्छ, तर सहयोग उपलब्ध छ।
उमेर, आम्दानी, समाजीक प्रतिष्ठा वा बसोबासको भिन्नताका बाबजुद, अस्ट्रेलियामा धेरै मानिसहरू रक्सीको लतमा फसेको बताइन्छ।

सन् २०२२ मार्च महिनामा अस्ट्रेलियाली तथ्याङ्क विभागले सार्वजनिक गरेको एक रिर्पोटका अनुसार सन् २०२०/२१ मा १८ वर्ष माथिका प्रत्येक चार मध्ये एक मानिसले मादक पदार्थ सेवनका बारेमा जारी निर्देशनको वास्ता नगरी (हप्तामा १० वटा स्ट्यान्ड ड्रिङ्कसम्म) बढी रक्सी पिएका छन्।

यसको अर्थ करिब ५० लाख मानिसले सुझाव विपरीत रक्सी पिएका छन्।

यता अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरको तथ्याङ्क अनुसार अङ्ग्रेजी मातृ भाषा भएका अस्ट्रेलियाली भन्दा बहु सांस्कृतिक समुदायका मानिस रक्सी पिउने मामिलामा केही सतर्क रहने गरेको देखिएको छ।

अङ्ग्रेजी बाहेकको भाषा बोल्ने करिब ५३ प्रतिशत मानिसहरूले रक्सी नपिउने या त रक्सी पिउन छाडी सकेको हुने तथ्याङ्कले देखाएको छ।
Australian man enjoying drinking a beer from a glass bottle while his daughter roasting marshmallow in campfire
Australia ranked above the OECD average for litres of alcohol consumed per capita by people aged 15 or older, at 9.5 compared with 8.7 litres per capita in 2020 (OECD 2021). Credit: Rafael Ben-Ari/Getty Images

आफ्नो नजिकको व्यक्तिमा रक्सीको लत पर्दैछ भनेर कसरी थाहा पाउने?

अल-एनन फ्यामिलि ग्रुप अस्ट्रेलियाले रक्सीको लतमा परेका परिवारलाई सहयोग उपलब्ध गराउँदै आएको छ।

उक्त संस्थाकी प्रमुख कार्यकारी अधिकृतका रूपमा हेलेन गिलिस कार्यरत छिन्।

उनका अनुसार रक्सी प्रति निर्भर हुँदै गएका मानिसहरूले व्यवहार परिवर्तन भएको लक्षणहरू देखाउँछन्।

“उनीहरू अलि बढी रिसाउने, झर्कने, गोप्यता कायम गर्न खोज्ने, विवाद गर्न खोज्ने वा अरूसँग टाढै बस्न खोज्ने जस्ता व्यवहारहरू देखाउँछन्,” उनले भनिन्।

सुरुमा परिवारका सदस्यलाई लक्षण पहिचान गर्न मुस्किल पर्ने उनको भनाई छ।

कोही मानिसहरू लतमा फसिसकेका हुन्छन् तर पनि समान्य नै लाग्छन्
हेलेन गिलिस
"कतिपय व्यवसायीक देखिने मानिसहरू आफ्नो काम राम्ररी गरिरहेका हुन्छन्, सामान्य लाग्छन् तर उनीहरू रक्सीमा निर्भर भइरहेका हुन्छन्," उनले भनिन्।

“उनीहरू काममा निकै सहज हुन्छन्, तर जब घर आउँछन् उनीहरू अर्कै बन्छन् उनीहरूसँग व्यवहार गर्न मुस्किल हुन्छ, यस्ता व्यवहारबाट पनि परिस्थिति ठिक छैन भनेर मूल्याङ्कन गर्न सकिन्छ।”

Daughter Looking at Mother
Having a parent that suffers from alcohol abuse issues may deeply impact a child's development and overall life. Credit: Richard Hutchings/Getty Images
इलेनर कोस्टेलो अल्कोहल एन्ड ड्रग फाउन्डेसनमा इभिडेन्स म्यानेजरका रूपमा कार्यरत छिन्।

उनको संस्थाले रक्सी र लागु पर्दाथको असरलाई कम गर्न प्रयास गर्छ।

उनका अनुसार रक्सीको लत लागेका मानिसहरूले देखाउने अर्को परिवर्तन भनेको, कुनै समय रुचि भएका कुराहरूलाई बिस्तारै बेवास्ता गर्दै जानु पनि हो।
उनीहरूको उत्साहमा परिवर्तन आएको तपाईँले याद गर्नुहुनेछ, उनीहरू पहिला जस्तो कुनै पनि चिजमा सहभागी हुनेछैनन्
इलेनर कोस्टेला
रक्सीको लतका विभिन्न चरण र शारीरिक लक्षण

रक्सीको लत एक दिनमा बस्ने होइन, लामो समयदेखि लगातारको प्रयोगबाट यसमा निर्भर बढ्न जान्छ।

विज्ञहरूले रक्सीमा निर्भरताका पाँच चरणहरूका पत्ता लगाएका छन्।

  1. कहिलेकाहीँ रक्सी पिउने वा एकै पटक धेरै पिउने
  2. रक्सी पिउने बानी निरन्तर बढ्दै जाने
  3. रक्सी पिएका कारण समस्या निम्तने अवस्था
  4. रक्सीमा निर्भर हुने अवस्था
  5. रक्सीको लत
रक्सीको लत भन्नुको अर्थ चाहिँ रक्सीसँगको सम्बन्ध यति प्रगाढ बन्दै जान्छ कि, यसका नकारात्मक असरको ख्याल नगरी यसको नशामा मानिस डुब्न थाल्दछ।

शारीरिक र मानसिक रूपमा रक्सीको आवश्यकता पर्नु पनि रक्सीको लत मानिन्छ।

रक्सीको लत बढ्दै जाँदा निम्न समस्याहरू देखिन थाल्छन्।

  • वाकवाकी लाग्ने
  • शरीर काँप्ने
  • पसिना छुट्ने
  • चिड्चिड्हाट हुने
  • मुटुको धड्कन बढ्ने
  • निदाउन गार्‍हो हुने

रक्सी र मानसिक स्वास्थ्य

रक्सी र मानसिक स्वास्थ्यको गहिरो नाता छ, यद्यपि यो जटिल पनि छ।

कतिपय मानसिक स्वास्थ्य समस्या भएका मानिसले रक्सीको सहारा लिने गरेको पनि देखिन्छ।

तर रक्सीले मानसिक स्वास्थ्यमा झनै असर गर्छ, रोगलाई लम्बाउने वा औषधिको असर नपर्ने बनाउँछ।

अप्ठेरो विषयमा कुराकानी अगाडी बढाउने

यदि आफू नजिक रहेको व्यक्तिमा रक्सीको लत बढ्दै गएको अनुभव भएमा उनीहरूसँग यसका बारेका कुरा गर्न सुरु गर्नु पर्छ।

तर यो त्यति सजिलो छैन किनकि पहिले त उनीहरूले यसलाई अस्वीकार गर्छन्।

रक्सी प्रतिको निर्भरता, एक मानसिक रोग जस्तै हो, जुन अवस्थामा रक्सीले मानिसलाई पूर्ण रूपमा आफ्नो बसमा पार्छ।

“उनीहरूले झुट बोल्छन्, झुक्क्याउन, कुराहरू बङ्ग्याउँछन्, उनीहरूले सक्ने जति सबै गर्छन् किनकि उनीहरूको शरीरले रक्सीको माग गर्छ,” उनले भनिन्।

तर यस विषयमा कुरा अघि बढाउनु पहिले, परिवारले व्यवसायीक सुझाव लिनु भने आवश्यक छ।

कोस्टेलो कुराकानीलाई अगाडी बढाउनु अघि के गर्न जरुरी छ भनेर जान्नका लागि एडीएफको वेबसाइटमा विभिन्न भाषामा स्रोत उपलब्ध रहेको बताउँछिन्।

“उनीहरूलाई आफूले माया गर्ने, आफूलाई विश्वास गर्ने वातावरण बनाउनु पर्छ, त्यसो भएमा उनीहरू बढी खुल्न थाल्छन्,”

“उनीहरूलाई आफूले कति माया गर्छु भनेर थाहा पाउन दिनुहोस्.. त्यसपछि उनीहरूको जीवनमा भइरहेको समस्याका बारेमा कुरा गर्न चाहेको बताउनुहोस्,” उनले थपिन्।

अत्यधिक रक्सी सेवन, आवेग र घरेलु हिंसा

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अन्य पर्दाथको तुलनामा रक्सी सेवनले आक्रामक व्यवहार निम्त्याउने गर्दछ।

कोस्टेलोका अनुसार परिवारका कुनै सदस्य खतरामा छन् भने सुरक्षाका बारेमा सोच्नु पहिलो कर्तव्य हुन जान्छ।

“घरेलु हिंसामा पर्ने खतरा छ भने पहिले आफूलाई उक्त परिस्थितिबाट टाढा लैजानुहोस्, तत्कालै खतरामा हुनुहुन्छ भने चाही ट्रिपल जिरोमा फोन गर्नुहोस्।” उनले भने।

आफ्नो जीवनमा आक्रामक र हिंस्रक मानिस रहिनुलाई स्वीकार गर्न सकिदैन्।
कोस्टेलोका अनुसार यदि कुनै मानिसले आफूमा समस्या रहेको स्वीकार गर्दैन भने, उसले आफू प्रतिको ध्यान विकेन्द्रित गर्नका लागि अरू माथि आरोप लगाउन थाल्दछ।

“अरू माथि औँला उठाएर, विभिन्न बाहाना बाजी गर्न थाल्छन् जस्तै कि 'घर फोहर छ', 'किनकि तैँले धेरै पैसा खर्च गर्छेस्' वा अन्य कुनै बाहाना गर्न थाल्छन्,”

Glass of red wine
Alcohol use disorder can be mild, moderate, or severe. Lasting changes in the brain caused by alcohol misuse perpetuate alcohol use disorder and make individuals vulnerable to relapse. Source: Moment RF / Nuria Camps Curtiada/Getty Images

निरन्तर बढ्दै जाने रोग

रक्सीको लत निरन्तर बढ्दै जाने रोग हो र प्रत्येक चोटि रक्सी पिउँदा यस्ता मानिसहरूमा समस्याहरू देखिन थाल्छन्।

“उनीहरूलाई रक्सी पिएपछि केही याद हुँदैन, उनीहरूमा व्यवहारिक परिवर्तनहरू आउँछन्, पैसा सम्बन्धी समस्या पर्न थाल्छ, सम्बन्धहरूमा समस्या आउन थाल्छ,”

लामो समयसम्म रक्सी पिउँदा, दिमागको ब्रेन केमेस्ट्री बिग्रने, न्युरोलोजिकल समस्या आउने र युवाहरूको दिमागको विकासमा पनि असर पर्न जान्छ।

सुरुमा यसका बारेमा उपचार थाल्दा भने समस्यालाई रोक्न सकिन्छ, तर स्वास्थ्य सल्लाह नलिईकन एक्कासि रक्सी खान बन्द गर्नु चाहिँ हुदैन्।

यस्ता मानिसका लागि व्यवसायीक सहयोगको आवश्यकता पर्ने कोस्टेलो बताउँछिन्।

पाथ टु हेल्प नामक वेबसाइटमा १०,००० भन्दा बढी सहयोग सेवाका बारेमा जानकारी राखिएका छन्।

परिवारका लागि सहयोग

आफ्नो परिवारको सदस्य, रक्सीका कारण समस्यामा पर्दा के गर्ने, के नगर्ने भन्ने कुराको अन्यौलता हुन सक्छ।

“परिवारका सदस्यलाई लामो समयसम्म सहयोग गर्दा परिवारको कल्याणमा पनि बाधा पुग्छ,” उनले भनिन्।

यता गिलिस पनि परिवारले व्यवसायीक सहयोग लिन थालेपछि रक्सीको लतमा परेकाहरू आफ्नो अवस्थामा सुधार ल्याउन कोसिस गर्ने बताउँछिन्।

तर यस्तो अवस्थामा आफ्नो निर्णयमा अडीक भएर समस्या समाधानको बाटो खोज्नु पर्ने उनको सुझाव छ।

सहयोगका लागि

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand