Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

रेमिटेन्सको रुपमा देशमा भित्रियो खर्बौ रुपैयाँ र साझाले किन्ने भयो थप विधुतिय गाडीहरु: गए ७ दिन नेपालमा

Nepali Currency

नेपालबाट कमाउने उद्देश्यका लागि बाहिरिने क्रम निरन्तर रहि रहँदा, देश को अर्थतन्त्रले खर्बौ रुपैयाँ रेमिटेन्सको रुपमा भित्राएको छ, र साझा बसले थप्ने भयो अरु विधुतिय बसहरु। यसैबिच, गत हफ्ताको बाढी र पहिरो पिडितहरु अझै राहतको पर्खाईमा। गए ७ दिनका प्रमुख नेपाल समाचार।


Published

Updated

Source: SBS



Share this with family and friends


नेपालबाट कमाउने उद्देश्यका लागि बाहिरिने क्रम निरन्तर रहि रहँदा, देश को अर्थतन्त्रले खर्बौ रुपैयाँ रेमिटेन्सको रुपमा भित्राएको छ, र साझा बसले थप्ने भयो अरु विधुतिय बसहरु। यसैबिच, गत हफ्ताको बाढी र पहिरो पिडितहरु अझै राहतको पर्खाईमा। गए ७ दिनका प्रमुख नेपाल समाचार।


करिब ८ खर्ब रेमिटेन्स भित्रियो  

आर्थिक वर्ष २०७५/७६को ११ महिनामा ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको सरकारी आँकडाले देखाएको छ। राष्ट्र ब्याङ्कले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार रेमिटन्स आप्रवाह १७.१ प्रतिशतले वृद्धि भएको छ। यस्तै पुन:श्रम स्विकृति लिएर वैद्शिक रोजगारका लागि जानेको संख्या पनि ५.४ प्रतिशतले बढेको देखिएको छ। 

 राहतकै भरमा बाढी पीडित 

गत साताको अन्त्य देखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोका कारण प्रभावितहरू अझै सामान्य जीवन शुरू गर्न सकेका छैनन्। गृह मन्त्रालयका अनुसार बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ९० भन्दा बढी पुगेको छ। यस्तै करिब २० जना हराइरहेका छन्। 

गत साता विभिन्न दलका शिर्ष नेताहरूले बाढी प्रभावित क्षेत्रहरुको अवलोकन गरे। त्यस्तै मध्येको एक टोली जसमा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री माधव कुमार यादव लगायत अन्य व्यक्ति समेत भने धेरै प्रभावित भित्र पर्ने रौतहटको हवाइ अवलोकन गरेर मात्र फर्केको विषयले निकै चर्चा पायो। 

हेलिकप्टरमा गएको उक्त टोलीलाई अवतरण गरी हर्दा सुरक्षाको दृष्टिकोणले खतरा भएका कारण बाढी पीडितलाई नभेटि फर्केको बताइएको छ। रौतहटका प्रमुख जिल्लख अधिकारी किरण थापा भन्छन्, "सुरक्षा समितिले हेलिक्पटर ल्याण्ड गर्न सुरक्षित नहुने भनीएकोले हेलिकप्टरबाटै अवलोकन गर्ने निर्णय गरिएको हो।"

सामान्य जीवन शैलीमा फर्कन नसकेका कारण बाढी पिडितहरू अझै पनि राहतकै भरमा आश्रित रहेको थापाले बताए। 

यस्तै प्रदेश २मा मात्र २१ बालबालिकाले बाढीका कारण ज्यान गुमाएको बताइएको छ। 

चन्द नेतृत्वको समूहसंग अनौपचारीक छलफल 

सरकारले चन्द नेतृत्वको समूहसंग विभिन्न शुत्र मार्फत अनौपचारीक रुपमा छलफल गरेको छ। यस्तै सत्तारुढ दलका विभिन्न नेताहरूले पनि यसका लागि पहल गरिरहेका छन्। तर यी छलफलहरूले कुनै ठोस निकास भने दिइनसकेको बताइएको छ। 

यसैबीच नियमित पत्रकार सम्मेलनका क्रममा चन्द समूहसंगको सरकारले वार्ता सुरु गरेको विषयमा प्रश्न गर्दा सरकारका प्रवक्त समेत रहेका संचार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले त्यसलाई अस्विकार गरेनन् तर हिंसा छाडेर र संविधान स्विकार गरेर वार्ताका लागि आउनु पर्ने बताए, "अनौपचारिक त भइरहन्छ नी। तर उहाँहरूले हिंसा छाडीयो,संविधान मानियो, प्रतिस्पर्धामा आइयो भन्नुहुन्छ भने एकै मिनेटमा वार्ता हुन्छ।"

यस्तै उनले चन्द समूह वार्ताका लागि निशर्त आउनु पर्ने पनि बताए। "हामी वार्ता गर्न तयार छौं तर शक्ति संचय गर्नका लागि वार्ता हुँदैन। कार्यकर्ता रिहा गर्नपर्ने, मुद्धा फिर्ता लिनुपर्ने जस्ता शर्त मान्य हुँदैन," उनले भने। 

सरकारले गत फागुन २ गते विप्लवका गतीविधिलाई प्रतिबन्ध लगाएको थियो। 

तीन सय विद्युतीय बस खरिद गर्न रकम

सरकारले विद्युतीय बस खरिद गर्न तीन अर्ब रुपैयाँ निकासा गरेको छ। तीन समय विद्युतीय बस खरिद गर्ने योजना अनुरुप साझा यातायात सहकारी संस्थालाई उक्त रकम निकास गरिएको बताइएको छ। 

राष्ट्रिय गौरवका आयोजनाको अनुगमन सीसीटीभि मार्फत

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट राष्ट्रिय गौरवका आययोजनाको अनुगमन गर्नका लागि आयोजनास्थलमा आयोजना अनुगमन प्रणाली जडान गरिँदै छ। 

ती आयोजनामा भइरहेका गतिविधि प्रधानमन्त्रीले एक्सन रुमबाट अनुगमन गर्न सक्ने गरि सीसीटीभी क्यामरा जडान भइरहेको छ र हाल यो काम अन्तिम चरणमा पुगेको बताइएको छ। 

 राष्ट्रिय क्रिकेट टिम सिंगापुर तर्फ

आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गतको एसिया छनोट खेल खेल्न नेपाली टोली सिंगापुर पुगेको छ। यही साता देखि सुरु हुने उक्त प्रतियोगिताका लागि नेपाली टोली आइतबार हिँडेको हो। प्रतियोगितामा नेपालले मलेशिया,कतार,कुवेत र सिंगापुरसंग प्रतिस्पर्धा गर्ने छ। उक्त प्रतियोगितामा च्याम्पिय भएमा न्पाल विश्व छनोट चरणमा प्रवेश गर्ने छ। विश्व छनोट प्रतियोगिता आगामी अक्टोबरमा युएईमा हुँदैछ। 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now