"म हिरो हुन सक्थे" भने प्रचण्डले र टी२० विश्वकप खेल्ने सपना अन्त्य: गत ७ दिन नेपालमा

Pushpa Kamal Dahal - Prachanda

Source: RSS

पूर्व प्रधान मन्त्री र नेकपा नेता पुष्प कमल दाहालले आफुलाई जेनेभा स्थित अन्तराष्ट्रिय अदालातमा लागिएको भए आफु हिरो हुने टिप्पणी र सन् २०२० को टी२० क्रिकेट विश्वकपमा सहभागी हुने नेपालको सपना अन्त्य। गए ७ दिनका नेपालका प्रमुख समाचार।


नोभेम्बरमा उपनिर्वाचन

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त भएका ५० स्थानमा नोभेम्बर अन्तिम साता उपनिर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ।

आयोगका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट भएपछि उपनिर्वाचनका लागि उक्त मिति सिफारिस गरिएको आयोगले जनाएको।

प्रतिनिधिसभा सदस्यको एक, प्रदेशसभाका तीन, उपमहानगरपालिकाको मेयर एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडा अध्यक्षका लागि ४१ पद रिक्त रहेका छन्।

स्वास्थ्य उपचारका लागि प्रम सिङ्गापुरमा

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गराउनका लागि शनिवार सिंगापुर प्रस्थान गरेका छन्। त्यहाँ उनले एक साता बिताउने बताइएको छ।उनको सिंगापुरको सरकारी न्याशनल युनिभर्सिटी अस्पतालमा स्वस्थ्य परिक्षण गरिने छ।

प्रधानमन्त्रीसंगै उनकी पत्नी, प्रमुख राजनीतिक सल्लाहाकार र नीजी चिकित्सकहरू पनि सिंगापुर गएका छन्।

यसअघि भारत र थाइल्याण्ड स्वास्थ्य परिक्षण गराएका ओलीले प्रधानमन्त्रीको पद सम्हाले यता पहिलो पटक विदेशमा स्वास्थ्य परिक्षण गराएका हुन्।

प्रधानमन्त्रीलाई धपेडी भएको भन्दै उनलाई आराम गर्न चिकित्सकहरूले सल्लाहा दिएका छन्।

PM KP Sharma Oli
PM KP Sharma Oli. Source: RSS

सीमामा थप पोष्ट राखिँदै

सरकारले भारत र चीनसंग जोडीएका सीमामा २० वटा बोर्डर आउड पोष्ट अर्थात बीओपी राख्ने भएको छ। जस अन्तर्गत नेपाल, भारत र चीनबीचको त्रिदेशिय सिमाना लिपुलेक पनि परेको गृहमन्त्रालयले जानाएको छ।

यस्तै चीनसंगको सिमाना चारवटा बीओपी राखिने बताइएको छ।

प्रदेश २ले संघीय सरकार विरुद्ध रिट हाल्यो

प्रदेश २ले उसको क्षेत्रमा रहेको सागरनाथ वन विकास परियोजनालाई पनि समेटेर नेपाल वन निगम लिमिटेड बनाउने संघीय सरकारको निर्णय विरुद्ध बिहिवार सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

यसअघी प्रदेश र संघीय सरकार बीच क्षेत्राधिकार, श्रोत साधान लगायतका विषयमा विवाद भएपनि  प्रदेश सरकारले संघीय सरकार विरुद्ध अदालत पुगेको यो पहिलो घटना हो।

प्रदेश २ को उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले अदालतसंग नेपाल वन निगम लिमिटेड खारेजका लागि परमादेश जारी माग रहेको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रम: यस वर्ष १३ दिन काम

सरकारले निकै तामझामका साथ ल्याएको प्रधामन्त्री रोजगार कार्यक्रम कार्यान्वयन भएको वर्ष १ लाख ७५ हजार ९ सय ९ जनाले औसत १३ दिन रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिहिवार एक पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो जानकारी दिएको हो।  मन्त्रालयका अनुसार हालसम्म ५ सय ९१ स्थानीय तहले सञचालन गरेका ६ हजार ७ सय ६४ वटा सामुदायिक आयोजनामा अल्पकालीन रोजागरी प्रदान गरेका छन्।

मन्त्रालयले पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गर्न बैशाख २९ गते ७ सय ५३ वटै स्थानीय तहलाई २ अर्ब ३६ कोरड ७९ लाख ६९ अजनर रुपैयाँ बजेट सर्सत अनुदनाका लागि पठाएको थियो।

सबैभन्दा बढी  रोजागरी सुदुरपश्चिम प्रदेशमा ३४ हजार ४ सय ३२ जनाले प्राप्त गरेक छन्। कार्यक्रम ल्याएको पहलो वर्ष कानुनी प्रकृया पुरा गर्न समय लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए।

"हामीले करिब ८६वटा कानुनी प्रकृया पुरा गर्नुपर्यो। तर पनि हामीले पहिलो वर्षमै धेरै काम सक्यौं।"

Nepal's former Labor and Employment minister Gokarna Bista.
Nepal's Labor and Employment minister Gokarna Bista. Source: Facebook

फुकेन संसद अवरोध

सर्लाही घटनाको संसदीय छानबिन गर्न तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसर अर्को विपषी दल राजपाले संसद अवरोध गरेपछि सभामुख कृष्क्ष बहादुर महराले प्रतिनिधिसभाको बैठक चार दिन अर्थात सोमबार हुने सूचना जारी गरेका छन्।

असार २४ देखि प्रतिनिधिसभा अवरोध गरेका विपक्षी दलहरूले चौथो पटक सदन अवरोध गरे।

सरलाहीमा असार ५मा प्रहरीको गोली लागेर मृत्यु भएको, सोही जिल्लाकै ईश्वरपुरमा उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर मृत्यु भएका १२ वर्षिय बालकको र प्रदर्शनका क्रममा प्रहरीको गोली गालेर मृत्य भएका २५ वर्षिय सरोज नारायण सिंहको मृत्यु भएको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षीको माग छ।

सन् २०२०को विश्वकप खेल्ने सपना अधुरो

नेपालको सन् २०२०मा अस्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्ने सपनामा विश्राम लागेको छ। उक्त विश्वकपमा छनोट हुने क्रममा खेलिएको आइसीसी टि-२० विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोट प्रतियोगिताबाट बाहिरिएसंगै नेपालको विश्वकप खेल्ने सपना अधुरो भएको हो।

लिग चरणको अन्तिम खेलमा सिंगापुरसंग नेपाल ८२ रनले पराजित भएसंगै सिंगापुर अघिल्लो चरण अर्थात ग्लोबल छनोटमा प्रवेश गर्यो।

पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपाल कम्जोर ठानिएको कतारसंग चार विकेटले पराजित भएको थियो। त्यसपछि खेलिएका मलेसिया र कुवेत विरुद्धका खेलमा भने नेपालले जीत हात पारेको थियो। तर सिंगापुर विरुद्धको निर्णायक खेलमा हार व्यहोरे लगत्तै नेपालका लागि विश्वकपको ढोका बन्द भएको हो।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now