Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

दमका बिरामीलाई डा.पाठकको सुझाव, "इन्फेक्सन हुन नदिनुहोस्"

thunderstorm asthma

डाक्टर प्रबिण पाठकले दमका बिरामीहरूले आफ्नो रोकथामका लागि बनाइएको 'एक्सन प्लान'लाई पनि अप टु डेट राख्न सुझाव दिएका छन्।


Published

Updated

By Krishna Pokhrel

Source: SBS



Share this with family and friends


डाक्टर प्रबिण पाठकले दमका बिरामीहरूले आफ्नो रोकथामका लागि बनाइएको 'एक्सन प्लान'लाई पनि अप टु डेट राख्न सुझाव दिएका छन्।


अस्ट्रेलिया विश्वमै दम रोगी भएका मुलुकहरू मध्ये अग्रणी स्थानमा आउँछ, यहाँ प्रत्येक १० जना मध्ये एकलाई दम रहेको बताइन्छ।

“विशेष गरी जाडो, मौसम परिवर्तनको समय र एलर्जीका कारण दम बढ्ने सम्भावना हुने भएकाले सतर्क रहन जरुरी रहन्छ,” डाक्टर प्रबिण पाठकले भने।

“एलर्जी वा अन्य कारण निकै संवेदनशील रहेको श्वास प्रश्वासको नली साँघुरो हुनुलाई दम भनिन्छ, यस्तो अवस्थामा लक्षणहरूका बारेमा ख्याल गरेर चिकित्सककोमा जानु पर्छ।”

“एक्सन प्लान भनेको डाक्टरले इमर्जेन्सी अवस्थामा के गर्ने भनेर दिएको योजना हो, यसमा अप्ठेरो पर्दा कुन उपचार विधि प्रयोग गर्ने वा कस्तो अवस्थामा ट्रिपल जिरोमा फोन गर्ने भनेर बताइएको हुन्छ,” उनले भने।

Dr Prabin Pathak GP SYDNEY NEPALI DOCTOR
Dr Prabin Pathak Credit: Edited from Railway Terrace Medical Centre

अस्ट्रेलियाका धेरै बालबालिकामा दम रोग बताइँदै गर्दा, के ठुलो हुँदै जाँदा यो रोग आफै निको भएर जान्छ त?

डाक्टर प्रबिन पाठक भन्छन्, “उमेर बढ्दै जाँदा धेरै जसो समयमा आफै हराउँदै जान्छ, तर यो सधैँ हुन्छ भन्ने छैन, झन् खराब हुने सम्भावना पनि रहन्छ।”

डाक्टर पाठक दमका बिरामीहरूले सकभर रोगलाई बढवा दिने चिजबाट टाढै बस्न सुझाव दिन्छन्।

“घरमा चुरोट खाने कोही छ भने यसले दमलाई झनै बढवा दिन्छ,” पाठकले भने।

“धेरै समय वा छिटो छिटो रिलीभर पफर लिइरहन पर्ने अवस्था आयो भने पनि चिकित्सकलाई देखाउनु पर्छ,”

फ्लु, कोभिड–१९ र निमोनिया जस्ता खोपहरूमा पनि अप टु डेट रहन उनले आग्रह गरेका छन्।

“इन्फेक्सनबाट बच्नु भयो भने पनि दमका नकारात्मक असर नपर्न सक्छ।”

यसै गरी दम सम्बन्धी राष्ट्रिय परिषद् नेशनल आस्मा काउन्सिलले पनि दमका रोगीहरूलाई यो समयमा बढी जोखिम रहेको बताएको छ।

काउन्सिलका निर्देशक एवम् श्वास प्रश्वास रोगका विज्ञ डाक्टर पिटर वर्क यसलाई 'थन्डरस्ट्राम इभेन्ट'का रूपमा व्याख्या गर्छन्।

“थन्डरस्ट्राम इभेन्ट, एक विशेष घटना हो, जुन हामीले वर्षको यो समयमा देख्छौ, जहाँ हावा चल्छ र घाँसका स-साना बिउहरू हावाले उडाएर लगे पछि तातोपनका कारण विस्फोट हुन्छन् र सबैतिर फैलिन्छन्,” उनले भने।

यस्तो चक्रले दमका बिरामीलाई गम्भीर जोखिम पैदा गर्ने उनको भनाई छ।

सन् २०१६ मा मेलबर्नमा यस्तै प्रकृतिको घटना हुँदा १० जना दम रोगीको ज्यान गएको बताइन्छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now