SKIP TO MAIN CONTENT

आर्थिक संवाद: अस्ट्रेलियामा ब्याजदर बृद्धि र यसले तपाईँलाई पार्ने प्रभावहरू

All four of Australia's major banks have quickly reacted to the Reserve Bank's decision to raise the official interest rate.
All four of Australia's major banks have quickly reacted to the Reserve Bank's decision to raise the official interest rate. Source: AAP / Joel Carrett

रिजर्भ बैङ्कले हालसम्मकै न्यून ०.१ प्रतिशत रहेको ब्याजदरलाई ०.२५ प्रतिशतले बढाएर ०.३५ प्रतिशत पुर्‍याए पछि घरको मोर्टगेज न्यून ब्याजदरमा तिर्दै आएका घर धनीहरूलाई मर्का पर्ने देखिएको छ। ब्याजदर बढ्दै गर्दा हामीले आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग तपाईँलाई पर्न सक्ने प्रभावहरूका बारेमा गरेको कुराकनी।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

रिजर्भ बैङ्कले हालसम्मकै न्यून ०.१ प्रतिशत रहेको ब्याजदरलाई ०.२५ प्रतिशतले बढाएर ०.३५ प्रतिशत पुर्‍याए पछि घरको मोर्टगेज न्यून ब्याजदरमा तिर्दै आएका घर धनीहरूलाई मर्का पर्ने देखिएको छ। ब्याजदर बढ्दै गर्दा हामीले आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग तपाईँलाई पर्न सक्ने प्रभावहरूका बारेमा गरेको कुराकनी।


आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको मासिक कुराकानीमा यसपटक समेटिएका विषयहरू:

  • ब्याजदर वृद्धिले नयाँ घर किन्न खोजिरहेकाहरू र भाडामा बस्नेहरूलाई पार्ने प्रभाव
  • मोर्गेज तिरिरहेका घरधनीले यो समयमा के गर्न सक्छन्?
  • यस्तो समयमा घरको ऋणलाई फिक्स्ड कि भेरिएबल रेटमा राख्दा ठिक हुन्छ ?
  • दैनिकीमा महँगीको प्रभाव 
भट्टराईसँग गरिएको कुराकानीको सुन्नुहोस्:आर्थिक संवाद: अस्ट्रेलियामा ब्याजदर बृद्धि र यसले तपाईँलाई पार्ने प्रभावहरू हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now