प्रमुख विषय
- रिजर्भ बैकको ब्याजदर हालसम्मकै न्यून
- घरजग्गा खरिद गर्नेका लागि ठुलो राहत
- बैकको व्याजमा आउने कमीले पेन्सनर लगायतका लागि घाटा हुने
मङलबार हाल सम्मकै रेकर्ड कम ब्याजदरको घोषणा गरेको रिजर्भ बैकको कदमले घर जग्गा खरीद गर्न चाहने वा बैक मार्फत कर्जा लिइरहेका लाखौँ मानिसहरूलाई राहत प्रदान गरेको छ ।
मङलबार रिजर्भ बैकले ब्याजदरमा ० दशमलव १५ प्रतिशतले कटौती गदै रेकर्ड नयाँ ब्याजदर अर्थात् ० दशमलव १० मा झारेको छ ।
रिजर्भ बैकले ब्याजदर कटौतीको नयाँ घोषणा सँगै घर किन्ने योजना बनाइरहेका मानिसहरूको ठुलो भिड सिड्नीका घर बिक्री गर्ने एजेन्टका डिस्प्ले होम रहेका कार्यलयहरुमा देखिएको छ ।
२५ हजार डलर बराबरको सरकारी सहयोग रकम सँगै रिजर्भ बैकको व्याज कटौतीले घर निर्माणको क्षेत्रमा काम गर्ने कम्पनीहरू सँगै घरजग्गा खरिद गर्न खोजेकाहरूलाई पनि उत्साहित बनाएको छ ।

मेट्रीकनका प्रबन्ध निर्देशक डेभिड सर्टन सरकारी कदम “खेल परिवर्तन” गर्ने किसिमको भएको प्रतिक्रिया दिन्छन् । उनी भन्छन् "यो कदम प्रत्येक व्यक्तिलाई घर खरिद गर्नका लागि सहयोग पुर्याउने छ ।"
सम्पत्तिको मूल्यमा थोरै वृद्धि भए पनि अस्ट्रेलियाली बचत दर भने उच्च छ ।

यसै गरी नगद दरमा कटौतीले सोचेको रुपमा काम गर्ने छ । र यसले व्यापारमा वृद्धि र नयाँ रोजगारी सिर्जनामा सहयोग पुर्याउने आस गरिएको छ ।
अस्ट्रेलियाको निर्यात काउन्सिलकी डियान टिपिङले यसको स्वागत गरेकी छन् । उनी भन्छिन् कि अस्ट्रेलियाली डलरको गिरावटले निर्यात प्रतिस्पर्धा बढाउनेछ ।
मोर्गेज कम्प्यारीजन सर्भीसेस रेट सिटीका सुसन टिन्डल बैकहरूले पनि नगद दरमा कटौती गर्नु पर्ने बताए ।
ट्रेजरर जोस फ्राईडेनबर्गका अनुसार मङलबारको कटौतीले मौद्रिक र वित्तीय नीतिमा शुद्ध सद्भाव रहेको देखिएको छ ।
यता विपक्षी लेबरका ट्रेजरी विभागका प्रवक्ता जिम चाल्र्मसले भने यस कुरामा सहमत छैनन् ।

उनी भन्छन् “यो मोरीसन सरकारको मन्दी र बजेटको व्यवस्थापनमा विश्वास नरहेको मत हो”
यस पटक बैकबाट ऋण सहयोग लिनेहरू विजेता बने पनि हार्नेहरू भने बचतकर्ताहरू हुन् । र यसको असर बैकको व्याजमा आश्रित थुप्रै सेवानिवृतहरुमा पर्नेछ ।






