Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कलर्स अफ क्रिकेट

Podcast_WebsiteHeader_ColoursOfCricket_1x1_NOTITLE_1800x1013 A.jpg

Colours of Cricket को परिचय।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


Colours of Cricket को परिचय।


अस्ट्रेलियाको विविधताले भरिएको दक्षिण एसियाली समुदायहरूलाई एक बनाउँछ एक कुराले, र त्यो हो हाम्रो क्रिकेट प्रतिको मोह।

Colours of Cricket एसबीएसको एक नयाँ पोड्कास्ट हो जसले दक्षिण एसियाली जनसमुदाय र यसले कसरी अस्ट्रेलियाको क्रिकेट जगतलाई परिवर्तन गर्‍यो भन्ने बारे भिन्न दृष्टिकोणबाट हेर्नेछ।

आठ भागमा हामी अन्तर्राष्ट्रिय स्टारहरू उस्मान ख्वाजा, कपिल देव, सुनिल गवास्कर, तिलकरत्ने दिलशान र लिसा स्टेलेकरबाट सुन्ने छौँ। त्यस्तै कमेन्टेटरहरू, खेल इतिहासकारहरू, खेल प्रशंसकहरू र सामुदायिक खेलाडीहरूका कुरा राख्ने छौँ।

अस्ट्रेलियामा कसरी क्रिकेटले घरकै आभास दिइरहेको छ भन्ने बारे थाहा पाउनु होस्। यस खेलले कसरी सामाजिक अड्चनहरू तोड्दै छ, कसरी यस उपमहाद्वीपबाट आएका खेलाडीहरूले क्लब क्रिकेट मार्फत यस खेललाई जीवित राखिरहेका छन् र किन भारतीय उपमहाद्वीप पृष्ठभूमिका बालबालिकाहरूको ठुला लिग प्रतिस्पर्धाहरूमा कम उपस्थिति रहेको छ भन्ने बारे चर्चा गर्ने छौँ।

Colours of Cricket एसबीएस रेडियोको दक्षिण एसियाली भाषा कार्यक्रमहरू संयुक्त परियोजना हो।

ती भाषा कार्यक्रमहरूमा रहेका छन्: एसबीएस बांग्ला, एसबीएस गुजराती, एसबीएस हिन्दी, एसबीएस मलयालम, एसबीएस नेपाली, एसबीएस पन्जाबी, एसबीएस सिन्हाला, एसबीएस तामिल र एसबीएस उर्दु। यो पोड्कास्ट शृङ्खला प्रीति जब्बल र कुलसेगरम सञ्चयनले प्रस्तुत गर्नेछन्।

Colours of Cricketको पहिलो भाग अगस्ट १५ मा प्रसारण हुनेछ र प्रत्येक हप्ता नयाँ भागहरू सुन्न सकिने छ।

यसको ट्रेलर सुन्नुहोस्।

Colours of Cricketलाई एसबीएस रेडियो एप वा तपाइको रोजाइको पोड्कास्ट एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now