SKIP TO MAIN CONTENT

अफगानिस्तानको पछिल्लो अवस्था: अन्तर्राष्ट्रिय समुदायका लागि एउटा ठुलो असफलता?

Taliban spokeman
Source: Reuters

तालिबानद्वारा अगस्ट महिनाको अन्त्य सम्ममा विदेशीहरूको उद्धार कार्य अन्त्य भइसक्नुपर्ने चेतावनी दिइएको छ। तर पछिल्लो जी-सेभेन बैठकमा ब्रिटिस प्रधानमन्त्री बोरिस जनसनले चाहिँ अगस्ट ३१ को म्याद पछि पनि, मानिसहरूलाई सुरक्षित रूपमा उद्धार गर्न दिन जरुरी रहेको बताएका थिए। एक रिपोर्ट। अपडेट: अफगानिस्तानमा केही दिन यता चालू आफ्नो उद्धार मिसन अन्त्य भएको अस्ट्रेलिया सरकारले बताएको छ। काबुल स्थित हामिद कार्जाई हवाई अड्डामा ७० जनाको ज्यान जाने गरी हमला हुनु केही घण्टा अघि नै त्यहाँ तैनाथ आफ्नो सेनालाई झिके पछि अस्ट्रेलियाली मिसन अन्त्य भएको हो।

Published

Updated

Source: SBS

Skip to podcast episode content

तालिबानद्वारा अगस्ट महिनाको अन्त्य सम्ममा विदेशीहरूको उद्धार कार्य अन्त्य भइसक्नुपर्ने चेतावनी दिइएको छ। तर पछिल्लो जी-सेभेन बैठकमा ब्रिटिस प्रधानमन्त्री बोरिस जनसनले चाहिँ अगस्ट ३१ को म्याद पछि पनि, मानिसहरूलाई सुरक्षित रूपमा उद्धार गर्न दिन जरुरी रहेको बताएका थिए। एक रिपोर्ट। अपडेट: अफगानिस्तानमा केही दिन यता चालू आफ्नो उद्धार मिसन अन्त्य भएको अस्ट्रेलिया सरकारले बताएको छ। काबुल स्थित हामिद कार्जाई हवाई अड्डामा ७० जनाको ज्यान जाने गरी हमला हुनु केही घण्टा अघि नै त्यहाँ तैनाथ आफ्नो सेनालाई झिके पछि अस्ट्रेलियाली मिसन अन्त्य भएको हो।

बम विस्फोट हुनु अघि नै अस्ट्रेलियाली सेनाको उक्त टुकडीले संयुक्त अरब इमिरेट्समा सुरक्षित अवतरण गरेको बताइएको छ। तालिबानले सत्ता हासिल गरेपछि अमेरिका र बेलायतसँगै अस्ट्रेलियाले पनि अफगानिस्तानबाट भाग्न खोजेका हजारौँ मानिसहरूलाई उद्धार गरेको थियो। पुरा रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now