SKIP TO MAIN CONTENT

SBS Examines: के अस्ट्रेलियामा लोकतन्त्रको स्तर खस्कँदै छ?

Australians Head To The Polls To Vote In 2019 Federal Election
Australians head to the polls to vote in 2019 Federal Election Source: Getty / James D. Morgan

गृह मामिला मन्त्री क्लेएर ओ’निलले लोकतन्त्र अस्ट्रेलियाको सबैभन्दा बहुमूल्य राष्ट्रिय सम्पत्ति भएको बताएकी छन्। तर केही मानिसहरूले यो जोखिममा रहेको बताउँछन्।


Published

Updated

By Olivia Di Iorio

Presented by Sapana Phuyal

Source: SBS



Skip to podcast episode content

गृह मामिला मन्त्री क्लेएर ओ’निलले लोकतन्त्र अस्ट्रेलियाको सबैभन्दा बहुमूल्य राष्ट्रिय सम्पत्ति भएको बताएकी छन्। तर केही मानिसहरूले यो जोखिममा रहेको बताउँछन्।


एक सरकारी प्रतिवेदनका अनुसार अविश्वास, गलत सूचना, एआई, जासुसी र सामाजिक विभाजनले अस्ट्रेलियाको लोकतन्त्रलाई जोखिममा पारिरहेको छ।

अस्ट्रेलिया इन्स्टिच्युट अन्तर्गतको लोकतन्त्र र जबाफदेहिता कार्यक्रमका निर्देशक बिल ब्राउन भन्छन्, "विश्वभर नै लोकतन्त्रका लागी अवरोधहरू देखिएका छन्। र विभिन्न देशहरूमा लोकतन्त्रको गुणस्तर र गति विगतका १० वर्ष भन्दा पछाडि सरेको देखिन्छ।”

तर ब्राउनले भन्छन् कि अस्ट्रेलियालाई यी सबै खराब परिवर्तनहरूबाट जोगाइएको छ।

उनी लोकतान्त्रिक रूपमा निर्वाचित तल्लो र माथिल्लो सदन, अनिवार्य रूपमा मतदान गर्नै पर्ने नियम र स्वतन्त्र निर्वाचन आयोग लोकतन्त्रको विशेषताहरू भएको बताउँछन्।

एसबीएस एक्जामिन्स्लाइ उनले भने, “लोकतन्त्रको गुणस्तर सुधार गर्न अस्ट्रेलियाबाट विश्वले सिक्नुपर्छ।"

एसबीएस एक्जामिन्सको यस शृङ्खलामा अस्ट्रेलियामा लोकतन्त्रको अवस्था कस्तो छ? र यो खस्किँदो अवस्थामा छ त भन्नेबारे बताइएको छ? 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now