SBS Examines: विश्वमा लोकतन्त्रलाई कसरी बुझिन्छ?

Trump Supporters Hold "Stop The Steal" Rally In DC Amid Ratification Of Presidential Election

According to the Pew Research Center 72% of Americans believe democracy in the U.S. used to be a good example, but has not been in recent years. Source: Getty / Brent Stirton

लोकतन्त्रलाई कालो वा सेतोमा अभ्यास गरिँदैन।


विश्वभर लोकतन्त्रलाई कसरी हेरिन्छ भनेर बुझ्न, आज हामी दुई फरक प्रशासनहरू हेर्दैछौँ- एक चीन र अर्को अमेरिका।

मोबो गओ समाचार हेर्दैनन् किनभने उनलाई समाचारमा विश्वास नै लाग्दैन।

उनलाई समाचार एकदमै पक्षपाती लाग्छ। तर चीन बाहिर रहेका मानिसहरूले गरेका टिप्पणी सुन्छन् र पढ्छन् ।

प्रोफेसर गाओ युनिभर्सिटी अफ एडिलेडका चिनियाँ अध्ययनका विशेषज्ञ हुन्। उनी चीनको पूर्वमा रहेको एउटा गाउँमा हुर्किएका हुन्।

हामीले उनीसँग कुरा गरेर के जान्न खोज्दैछौ भने चिनियाँहरूलाई लोकतन्त्रको अर्थ के हो, र उनीहरूले यसलाई कसरी बुझ्छन्?

किनभने एलायन्स अफ डेमोक्रेसीज फाउन्डेसनका अनुसार चीनका ८३ प्रतिशत मानिसहरू आफूहरू लोकतन्त्रमा रहेको विश्वास गर्छन्।

चिनियाँहरूले तर्क गर्छन् कि त्यहाँ वस्तुवादी लोकतन्त्र वा प्रतिनिधित्व सहितको लोकतन्त्र छ।

प्रतिनिधित्व सहितको लोकतन्त्रको कुरा गर्दा चिनियाँ कम्युनिस्ट पार्टी सत्तारुढ दल भए पनि अन्य अल्पसङ्ख्यक पार्टीहरू पनि रहेको गाओ बताउँछन्।

यी पार्टीहरू सत्तारूढ दलसँग प्रतिस्पर्धा गर्न त पाउँदैनन् तर उनीहरूमध्ये केही नित निर्माणको भूमिका हुन्छन् भने नीति-निर्मातालाई प्रतिक्रिया दिन्छन्।
केहीलाई यो प्रक्रिया पुर्‍याउनलाई मात्र गरिएको हो अन्तिममा त कम्युनिस्ट पार्टीले जे चाहन्छन् त्यही हुन्छ भन्छन्। केही हदसम्म यो सही पनि हो, उनीहरूले एकदम कमै मात्रामा प्रतिक्रिया सुन्छन्। र यसैलाइ अरूको प्रतिनिधित्व पनि गराएको लोकतन्त्र भन्छन्।
मोबो गओ, प्रोफेसर युनिभर्सिटी अफ एडिलेडका
वस्तुवादी लोकतन्त्रलाई बुझाउँदा भने प्रोफेसर गाओ हरेक तहमा निर्वाचित पीपुल्स कङ्ग्रेसको बारेमा कुरा गर्छन्।

"सबै नियम कानुन कम्युनिस्ट पार्टीले नै बनाउँछन् तर ती कानुनहरूलाई पीपुल्स कङ्ग्रेसले पारित गर्नुपर्छ। प्रक्रिया मान्छौँ भनेर देखाउनलाई मात्र यसो गरिन्छ किनभने यो अनुमोदन गर्नु नभए कारबाही हुन्छ भनेर भनिएको हुन्छ।"

त्यसैले उनलाई लाग्छ स्वतन्त्रता र लोकतन्त्रमा फरक छ।

उनलाई व्यक्तिगत स्वतन्त्रता मन पर्छ। भन्छन् त्यसैले त म अस्ट्रेलियामा बसेको छु।

प्रोफेसर गाओ भन्छन् कि चीनमा लोकतन्त्रका तत्त्वहरूले काम गर्दछ, र यसलाई अन्य देशहरूले बेवास्ता गर्नु हुँदैन।

चीनले पश्चिमी देशहरूको जस्तो लोकतन्त्र मान्न सक्दैन किनभने चीनको समाज जटिल छ।

अस्ट्रेलियाको उदाहरण दिँदै उनी भन्छन्, "अस्ट्रेलियाको जनसङ्ख्या दुई करोड ७० लाख छ, जबकि चीनको साघांइमामा मात्र यो भन्दा धेरै मानिसहरू छन्।"

"पश्चिमी देशहरूको जस्तै लोकतन्त्र अनुसरण गर्‍यो भने चीन विभाजित हुन सक्छ।"

कुनै पनि देशको लोकतन्त्र कालो वा सेतो हुँदैन। र अस्ट्रेलिया र अमेरिका सहित प्रत्येक लोकतान्त्रिक देशमा यही नै हुन्छ।

मार्कस वाग्नर, युनिभर्सिटी अफ वलङगङमा कानुनका प्रोफेसर हुन्।

उनलाई लाग्छ, अमेरिकाको राजनीतिक संस्कारमा रहेको धुव्रीकरणले गहिरो विभाजन ल्याएको छ। त्यसैले अमेरिकालाई स्वस्थ लोकतन्त्र भन्न आवश्यक छ जस्तो लाग्दैन।

प्रोफेसर वाग्नर अमेरिकाले संवैधानिक रूपमा पछाडि जाँदै गरेको आरोपको सामना गरिरहेको बताउँछन्। एक नेताले के गर्न हुन्छ वा हुँदैन भन्ने कुराले नै संवैधानिक प्रक्रियामाथि विश्वास उत्पन्न हुने हो।

अमेरिकनहरूले लोकतन्त्रलाई कसरी लिइरहेका छन् भन्ने जातिवादको द्वन्द्व, आप्रवासन, बढिरहेको सामाजिक-आर्थिक असमानता, मताधिकार, प्रजनन स्वास्थ्य माथि रहेका उठेका प्रश्न, एलजीबीटीक्युआइ प्लसका अधिकार, विद्यालयका पाठ्यक्रम, पुस्तकालयमा गरिने प्रतिबन्ध लगायत कुराहरूले निर्धारण गर्ने उनी बताउँछन्।

तर प्रोफेसर वाग्नर अमेरिकाको लोकतन्त्रबारे आम अमेरिकन मानिसहरू भन्दा फरक विचार राख्छन्।

अमेरिकामा रहेका धेरै मानिसहरू त्यहाँको इतिहासमा गर्व गर्छन् तर पछिल्ला दशकमा लोकतन्त्रका तत्त्वहरूमाथि उठेका प्रश्नहरूलाई हेर्नुपर्ने उनी बताउँछन्।

यो वर्ष विश्वभरि नै रेकर्ड सङ्ख्यामा मानिसहरू चुनावमा भाग लिदैँछन् र त्यसै गरी लोकतन्त्रको धारणा परिवर्तन हुँदै जान्छ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
SBS Examines: विश्वमा लोकतन्त्रलाई कसरी बुझिन्छ? | SBS Nepali