Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

SBS Examines: के जीवनयापनको लागतले सामाजिक एकतामा खलल पुर्‍याउँदै छ?

A man, completely obscured in shadow looks away

People who say they are struggling financially are less likely to believe that ‘accepting migrants from many different countries has made Australia stronger’. Source: Getty / Jordan Lye

भर्खरै सम्पन्न एक अनुसन्धानका अनुसार, हिजोआज अस्ट्रेलियावासीहरूको सबैभन्दा ठुलो चिन्ताको विषय अर्थतन्त्र रहेको छ, र आर्थिक दबाबका बिच अस्ट्रेलियाको सामाजिक एकता बिग्रन सुरु भएको छ।


Published

Updated

By Olivia Di Iorio

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


भर्खरै सम्पन्न एक अनुसन्धानका अनुसार, हिजोआज अस्ट्रेलियावासीहरूको सबैभन्दा ठुलो चिन्ताको विषय अर्थतन्त्र रहेको छ, र आर्थिक दबाबका बिच अस्ट्रेलियाको सामाजिक एकता बिग्रन सुरु भएको छ।


आफ्नो पार्टनरसँग सम्बन्ध तोडेपछि, जनलाई आफ्नो घर भाडा तिर्न पनि धौ-धौ भयो।

ग्रामीण क्वीन्सल्यान्डमा बस्दै आएका उनी भन्छन् कि उनले आफूलाई भाडामा बस्ने ठाउँका लागि वर्किङ होलिडे भिसाको समय लम्ब्याउने मानिसहरूसँग प्रतिस्पर्धा गरिरहेको पाए।

अगिल्लो वर्ष, जन ब्रिसबेन सरे।

घर पाउन अलि सजिलो हुने उनको सोच थियो।

तर, १० घण्टासम्म काम गर्दा पनि उनले युटबाटै आफ्नो गुजारा चलाउनु पर्‍यो।

उनी भन्छन् कि १ वर्षभन्दा बढी समय त उनी घरबार विहीनै भए।

दुई महिना अगिदेखि जन एउटा सानो एक तले घरमा बस्न थालेका छन्।

तर, आफू आफ्नो परिवारबाट टाढा रहेको उनको भनाई छ।

  • हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

उनी भन्छन् कि आफू बसोबास गर्ने क्षेत्रमा सस्तो र सुलभ आवासको कमीले अन्य देशबाट र देश भित्रैबाट पनि बसाई सर्ने मानिसहरू प्रतिको उनको धारणा फेरिएको छ।

आफ्नो जीवनयापनको लागत बढ्दै जाँदा त्यसको दबाबले गर्दा आफ्नो धारणहरूमा जस्तो परिवर्तनहरू देखा पर्‍यो, त्यसको सामना गर्नुपरेर आफूलाई असहज महसुस भएको उनी बताउँछन्।

तर यस्तो अनुभव गर्ने जन एक्ला अस्ट्रेलियन हैनन्।

अस्ट्रेलियावासीका लागि आजको सबैभन्दा ठुलो मुद्दा भनेको अर्थतन्त्र हो।

स्क्यानलन इन्स्टिच्युटको सामाजिक एकता सूचकाङ्क त्यसै भन्छ।

एन्थिया ह्यान्कक्स स्क्यानलन इन्स्टिच्युटकी सिइओ हुन्।

उनी भन्छिन् कि आर्थिक कठिनाइ भोगिरहेका मानिसहरू मापनका अन्य सूचकाङ्कहरूमा पनि तलै हुन्छन् र र उनका अनुसार यी मानिसहरूमा आसा र सकारात्मकताको कमी धेरै हुन्छ, जुन ठुलो समस्या हो।

रेचल लिए ज्याक्सन सिड्नीको नर्दन बिचेस तिरकी एक सामुदायिक नेतृ हुन्।

उनी भन्छिन् कि आर्थिक कठिनाईहरूको सामना गर्नुपरेका र हुनेखानेहरू बिचको खाडल बढ्दो छ।

Manly Beach
Credit: Anthoy Glick

रेचलको आफ्नै अनुभवले उनलाई धनीमानी मानिसहरू बस्ने क्षेत्रमा थप सामाजिक एवं सस्तो आवासका लागि एक अभियन्ता बन्न प्रोत्साहन गरेको थियो।

उनी भन्छिन् कि सन् २०११ मा आफ्ना तीन सन्तानका साथ उनले घरेलु हिंसाबाट भाग्न एक्लै बस्ने निर्णय गरिन्।

तर त्यसपछि उनी कुनै एक स्थानमा बस्न सकेकी छैनन्।

उनी आफ्नो कारबाट क्याराभ्यान, त्यहाँबाट साथीहरूकहाँ अनि ग्रानी फ्ल्याट सरि रहनुपरेको छ।

यो सबैका बिच उनी क्यान्सरसँग पनि जुद्धै छिन्।

विगत १३ वर्ष यता आफ्नो बस्ने ठाउँको खासै ठेगान नभएको उनले एसबीएस एग्जामिन्सलाई बताइन्।

तर पनि रेचल मानिसहरूलाई सँगै ल्याउन सकिने अवसर देख्छिन्, उनीहरूलाई एक आपसबाट टाढा धकेल्नुभन्दा।

उनी भन्छन् कि उनको आफ्नो समुदायमा निकै राम्रा मानिसहरू छन् तर हुनेखाने र नहुने बिचको खाडल पुर्न धेरै काम गर्नुपर्नेछ।

  • यदि तपाईँ वा तपाईँले चिन्ने कोही पारिवारिक हिंसा पीडित हुनुहुन्छ भने १८०० रेस्पेक्ट वा १८०० ७३७ ७३२ मा फोन गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now