Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

SBS Examines: नरसंहार भनेको के हो?

CANADA-INDIGENOUS-SCHOOL

The word genocide can be used to protest or express grief, but proving it in court is a challenge. Source: AFP / Cole Burston/AFP via Getty Images

नरसंहार एक शक्तिशाली शब्द हो तर यसको खास अर्थ के हो? र कुनै पनि द्वन्द्वलाई नरसंहार भन्ने निर्णय कसले लिन सक्छ?


Published

Updated

By Olivia Di Iorio

Presented by Olivia Di Iorio

Source: SBS



Share this with family and friends


नरसंहार एक शक्तिशाली शब्द हो तर यसको खास अर्थ के हो? र कुनै पनि द्वन्द्वलाई नरसंहार भन्ने निर्णय कसले लिन सक्छ?


नरसंहार जनाउन अङ्ग्रेजी भाषामा प्रयोग हुने जेनोसाइड भन्ने शब्द राफेल लेम्किनले पहिलो पटक प्रयोगमा ल्याएका हुन।

लेम्किन पोल्यान्डमा बसोबास गर्दै आएका एक वकिल थिए।

र, सन् १९४४ मा ग्रीक भाषाको जातीलाई जनाउने ‘जेनोस’ अनि हत्या गर्नु भन्ने आशय भएको ल्याटिनबाट लिइएको ‘साइड’ मिलाएर उनले जेनोसाइड भन्ने नयाँ शब्द बनाएका थिए।

होलोकअस्ट वा यहुदीहरू व्यापक रूपमा गरिएको विनाशबाट मात्र प्रभावित भएर हैन कि ऐतिहासिक घटनाहरूका कारणले पनि उनले यो शब्द प्रयोगमा ल्याएका थिए।

  • चेतावनीः यो पोडकास्टमा प्रस्तुत सामाग्रीले केही श्रोताहरूको मन विचलित पार्न सक्छ। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

इन्टर्नेश्नल एसोसिएसन अफ जेनोसाइड स्कलर्सका अध्यक्ष डा मेलनी ओ’ब्रायन भन्छन् कि लेम्किनको अभियानकै प्रयासले गर्दा नरसंहारलाई सन् १९४८ बाट अन्तर्राष्ट्रिय अपराधको रूपमा हेरिन थालियो।

यसलाई हामी आजकाल जेनोसाइड कन्भेन्सन वा जाति हत्या अपराधको रोकथाम र सजाय सम्बन्धी महासन्धि भनेर चिन्छौँ।

यो सन्धिमा सम्मिलन भएका देशहरूले मात्र यसलाई मान्नै पर्छ।

र, हालसम्म दुनियाँभरका मान्यता प्राप्त १९५ मध्ये १५३ देशहरू यसमा सम्मिलित भएका छन्।

अनि यो नरसंहार महासन्धि तोडेमा कस्तो दण्ड हुन्छ त?

यसो हेर्दा यो एकदम सोझो प्रक्रिया जस्तो लाग्न छ।

यो महासन्धिको विरुद्ध जाने देश वा व्यक्तिहरूलाई अदालत लग्यो र नरसंहार भएको मान्यता दिन सक्ने प्रमाण पेस गर्‍यो।

अनि अदालतले पनि हर्जाना तिर्नुपर्ने लगायत हिंसा कहिल्यै पनि नगर्ने प्रतिज्ञा वा आफ्नो भूमिबाट भाग्न बाध्य पारिएका मानिसहरूलाई उनीहरू मूल थलो फर्किन सहयोग गर्न आदेश जारी गर्ने।

त्यस्तै जेनोसाइडको परिभाषामा पनि सयौँ किसिमका घटनाहरू र परिस्थितहरू पर्न सक्छन्।

तर, युनिभर्सिटी अफ न्यु साउथ वेल्समा अन्तर्राष्ट्रिय कानूनकी प्रोफेसर सेरा विलियम्सका अनुसार हातका औलामा गन्न सकिने घटनाहरूले मात्रै कानूनी रूपमा नरसंहारको मान्यता पाएका छन्।

अन्तर्राष्ट्रिय न्यायालय वा इन्टर्नेश्नल कोर्ट अफ जस्टिसको कुरा गर्दा, कुनै एक देशले मात्र उजुरी दिन सक्ने भएकाले यहाँ हालसम्म जेनोसाइड कन्भेन्सन सम्बन्धी जम्माजम्मी ४ वटा मुद्दा मात्र दर्ता भएका छन्।

सन् २०२३ को सेप्टेम्बरमा अन्य राज्यहरू पनि सम्मिलित भए।

अस्ट्रेलिया सहित ३२ देशहरूले रुस विरुद्ध युक्रेनको नरसंहार मुद्दामा साथ दिए।

तर यसको निर्णय आउन वर्षौँ कुर्नुपर्ने हुन सक्छ।

प्रोफेसर विलियम्सका अनुसार यसले प्रणालीको एक अर्को कमजोरी दर्शाउँछ, त्यो के हो भने - सुस्त प्रक्रिया।

यही बिचमा अदालतले अस्थायी उपायहरू लागू गर्न पनि सक्छ।

त्यसो भए, व्यक्तिहरूको हकमा नि? उनीहरू कसरी नरसंहारका दोषी ठहर हुन सक्छन् त?

सञ्चालनमा आएको २२ वर्षहरूमा, इन्टर्नेश्नल क्रिमिनल कोर्ट भनिने अन्तर्राष्ट्रिय फौजदारी अदालतले जम्मा एक जना विरुद्ध मात्रै नरसंहारको लागि पक्राउ पुर्जी वा अरेस्ट वारेन्ट जारी गरेको छ।

यो सन् २००९ मा, सुडानी गणराज्यका राष्ट्रपति ओमार हसन अहमद अल बशिर विरुद्ध दार्फुर नरसंहारका बेला जारी गरिएको थियो।

उनी हालसम्म पनि पक्राउ परेका छैनन्।

जेनोसाइड भएको भनेर प्रमाणित गर्न थुप्रै राजनीतिक र कानूनी कारणहरू चाहिन्छ।

तर पनि हामी नरसंहार भनेर बारम्बार सुन्ने गर्छौँ, अन्तर्राष्ट्रिय कानुनको परिदृश्य बाहिर पनि।

वासुकी नेसिय न्यु योर्क विश्वविद्यालयमा मानव अधिकार प्रयोग तथा अन्तर्राष्ट्रिय कानूनकी प्रोफेसर हुन्।

उनी भन्छन् कि जेनोसाइड विरोध जनाउन वा दुःख मनाउ गर्न पनि प्रयोग हुने गरेको छ।

प्रोफेसर नेसियका अनुसार नरसंहार एकदमै शक्तिशाली शब्द हो।

निकै परिचित भएकाले पनि यो शब्दको शक्ति धेरै भएको उनी बताउँछिन्।

वासुकी नेसिय भन्छन् कि सन् १९४८ मा अन्तर्राष्ट्रिय अपराधको मान्यता पाएदेखि नै जेनोसाइड बारे बहस हुँदै आएको छ।

तर यसलाई सधैँ कडा कानूनी दायरामा राखेर मात्र हेर्न नहुने उनको बिचार छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now