Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

’हाम्रो कथा सबैले थाहा पाउन जरुरी छ’: अस्ट्रेलियाको भुटानी समुदायमाथि आधारित वृत्तचित्र

Documentary "Thank You Australia" shows the journey of Australia's Bhutanese community from refugee camps to Australia.

Documentary "Thank You Australia" shows the journey of Australia's Bhutanese community from refugee camps to Australia. Source: YouTube/2Star Studio

साउथ अस्ट्रेलियाको टु स्टार स्टुडियोले नेपाली भाषी भुटानी शरणार्थीहरूको कथा बोकेको "थ्याङ्क यु अस्ट्रेलिया" नामक वृत्तचित्र युट्युबमा सार्वजनिक गरेको छ। समुदायको शरणार्थी शिविरका कठिनाइ देखि, अस्ट्रेलियाको जीवनसम्म समेटेको यस वृत्तचित्रका निर्देशक तथा निर्माता नेत्र दुलालसँगको कुराकानी सुन्नुहोस्।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


साउथ अस्ट्रेलियाको टु स्टार स्टुडियोले नेपाली भाषी भुटानी शरणार्थीहरूको कथा बोकेको "थ्याङ्क यु अस्ट्रेलिया" नामक वृत्तचित्र युट्युबमा सार्वजनिक गरेको छ। समुदायको शरणार्थी शिविरका कठिनाइ देखि, अस्ट्रेलियाको जीवनसम्म समेटेको यस वृत्तचित्रका निर्देशक तथा निर्माता नेत्र दुलालसँगको कुराकानी सुन्नुहोस्।


"यो वृत्तचित्रमा, २० वर्ष राज्यविहीन भएर शरणार्थी शिविरमा बसे पछि अहिले अस्ट्रेलिया जस्तो सुरक्षित र सुविधा सम्पन्न ठाउँमा बसिरहेका मानिसहरूको जीवनयात्रा देखाउँदै - यसको लागि अस्ट्रेलियालाई धन्यवाद दिइएको छ," निर्देशक तथा निर्माता नेत्र दुलालले भने।   

करिब २० मिनेट अवधिको यो चलचित्र,अस्ट्रेलियालाई धन्यवाद अर्पण गर्दै यस वर्षको अस्ट्रेलिया दिवसमा युट्युबमा सार्वजनिक गरिएको थियो।   

यो वृत्तचित्र बनाउने सोच सबैभन्दा पहिले सन् २०१९ मा दुलाल र उनका साथी एवं निर्देशक/निर्माता धनकुमार राईको थियो।   

यो योजना लिएर उनीहरू समुदायका वरिष्ठ सदस्य जोगेन गजमेर समक्ष गए, जसले यसको निर्माणमा एक लेखक र कथाकारका साथै ठूलो सहायकको भूमिका निभाएका छन्।   

दुलाल भन्छन् कि भुटानी समुदायको इतिहास र यात्राको बारेमा सबैले थाहा पाउनु पर्छ। 

यो चलचित्र बनाउनु अगाडी म र मेरो साथीलाई (राई) यसको ठोस इतिहास थाहा थिएन।

"खास किन र कसरी अस्ट्रेलिया आइपुग्यो भन्ने हामीलाई थाहा थिएन," उनले सम्झँदै भने।   

चलचित्र बनाउने क्रममा मात्र यस पछाडिका कारणको बारेमा राम्ररी थाहा हुन पुगेको उनले बताए। 

दुलालको भनाइ सहितको कुराकानी सुन्नुहोस्: "हाम्रो कथा सबैले थाहा पाउन जरुरी छ": अस्ट्रेलियाको भुटानी समुदायमाथि आधारित वृत्तचित्र हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

“हामीले स्क्रिप्ट पायौँ जोगेन सरबाट, र सोही समयमा फिल्मको प्रोजेक्ट मार्फत अनुसन्धान गर्ने मौका पायौँ,” उनले भने।   

“त्यतिखेर एमेन्डमेन्ट एक्टको बारेमा थाहा पायौँ। 'वान नेशन, वान पीपल' नीतिको कारण रहेछ भनेर हामीले थाहा पायौँ।” 

यी कुराहरू हाम्रा धेरै जना अभिभावकहरूलाई पनि राम्ररी थाहा छैन - आफ्नै धारणा भन्नु हुन्छ - किनभने आ-आफ्नै कारणले आफ्नो घर छोड्नु भएको थियो भुटानमा।

दुलाल भन्छन् कि, यस इतिहासको बारेमा नयाँ पुस्तालाई पनि ज्ञान हुनका लागि पनि यो वृत्तचित्र समाजमा पुग्न महत्त्वपूर्ण छ।   

अन्ततः वृत्तचित्र सार्वजनिक अस्ट्रेलियाको समुदाय लगायत अन्य देशका रहेका भुटानी समुदायहरूबाट पनि सकारात्मक प्रक्रिया नै आएको उनले बताए।    

   

   

   

   

   

   

   

   

   

   

  

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now