SKIP TO MAIN CONTENT

नेपालमा महिला क्रिकेटको भविष्य अँध्यारो: उप-कप्तान सीता राना

Sita Rana
Source: SBS Nepali/Pratichya Dulal

नेपाली पुरुष क्रिकेट टोली टि-२०को तयारीमा लागि रहँदा महिला क्रिकेटको अवस्था भने दयनिय रहेको छ। अभ्यास खेल, अन्तराष्ट्रिय प्रतियोगिताहरुको त कुरै छोडौं घरेलु प्रतियोगितामा समेत भाग लिन नपाउँदा र क्रिकेटबाट जीविकोपार्जन नहुने देखेर खेलाडीहरु विस्तारै पलायन भईरहेका छन्। एसबीएस नेपालीसँगको कुराकानीमा नेपाली महिला क्रिकेट टोलीकी उप-कप्तान सीता रानाले महिला क्रिकेटको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेकी छिन्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

नेपाली पुरुष क्रिकेट टोली टि-२०को तयारीमा लागि रहँदा महिला क्रिकेटको अवस्था भने दयनिय रहेको छ। अभ्यास खेल, अन्तराष्ट्रिय प्रतियोगिताहरुको त कुरै छोडौं घरेलु प्रतियोगितामा समेत भाग लिन नपाउँदा र क्रिकेटबाट जीविकोपार्जन नहुने देखेर खेलाडीहरु विस्तारै पलायन भईरहेका छन्। एसबीएस नेपालीसँगको कुराकानीमा नेपाली महिला क्रिकेट टोलीकी उप-कप्तान सीता रानाले महिला क्रिकेटको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेकी छिन्।

रानाले एसबीएस नेपालीसंग गरेको कुराकानीको सारंश:

तपाईंका पुरुष समकक्षीहरु अहिले टि-२० विश्वकपको छनोट खेलहरुमा व्यस्त हुनुहुन्छ। तपाईं महिलाहरु भने केमा व्यस्त हुनुहुन्छ?

आजकाल महिला क्रिकेट प्रतियोगिताहरु नभएकाले हामी बेहाल भएर बसेका छौं। त्यसैले महिला क्रिकेटको भविष्य राम्रो छैन।

पछिल्ल्लो समयमा कतिवटा प्रतियोगिताहरु भए त?

गत दुईवर्षमा हामीले जम्मा-जम्मी चार वटा प्रतियोगिता खेल्ने अवसर पायौं।

अन्तराष्ट्रिय जगतमा राम्रै डेब्यु गरेको महिला क्रिकेटले हङकङ, चीन, थाईल्याण्ड जस्ता टिमहरुलाई सजिलै पराजित गर्थ्यो । तर अहिले नेपाली महिला टिम प्राय सुरुको चरणबाटै बाहिरिने गरेको छ। यसका कारण के हुन्?

सँधै घरबाट पैसा मागेर खेल्न सकिँदैन। धेरै खेलाडीहरु पलायन भएर अन्यत्रै लागिसके। महिला किक्रेटका लागि भनेर एउटा नियमित प्रशिक्षक पनि छुट्याइएको छैन। कुनै पनि प्रतियोगिता हुनु अघि एक दुई साता हतारमा तयारी गरेको भरमा उपाधि जित्न सकिँदैन नी।

हङकङ, चीन, थाईल्याण्ड जस्ता देशका खेलाडीले नियमित प्रशिक्षण पाइरहेका छन्। त्यसैले उनीहरुको स्तर बढ्दै गयो तर हामीकहाँ प्रतियोगिता र प्रशिक्षण दुवै नियमित हुँदैन। जसकारण, हाम्रो स्तर बढ्न सकेको पनि छैन।

रानासँगको हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now