Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

हाम्रो स्थिति गर या मरको छ: रुबिना क्षेत्री, नेपाली महिला क्रिकेट कप्तान

Nepali Women's Cricket Team Captain Rubina Chhetri

राष्ट्रिय महिला क्रिकेट टोली यही साता थाइल्याण्डमा भएको वुमन टि-२० स्म्याश क्रिकेट प्रतियोगिताको उपविजेता भएर फर्किएको छ। लामो समयपछि महिला टोलीले यस्तो सफलता हात पारेको हो। यस्तै महिला क्रिकेट टिमले करिब १४ महिनापछि कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो। फेब्रुवरीमा हुने टि-२० क्वालिफायर अघि भएको यो प्रतियोगितालाई निकै महत्त्वपूर्ण मानिएको थियो। यी दुई प्रतियोगिता र महिला क्रिकेट टिमको स्थिति बारे हामीले कप्तान रुबिना क्षेत्रीसँग कुराकानी गरेका छौँ।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Share this with family and friends

राष्ट्रिय महिला क्रिकेट टोली यही साता थाइल्याण्डमा भएको वुमन टि-२० स्म्याश क्रिकेट प्रतियोगिताको उपविजेता भएर फर्किएको छ। लामो समयपछि महिला टोलीले यस्तो सफलता हात पारेको हो। यस्तै महिला क्रिकेट टिमले करिब १४ महिनापछि कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो। फेब्रुवरीमा हुने टि-२० क्वालिफायर अघि भएको यो प्रतियोगितालाई निकै महत्त्वपूर्ण मानिएको थियो। यी दुई प्रतियोगिता र महिला क्रिकेट टिमको स्थिति बारे हामीले कप्तान रुबिना क्षेत्रीसँग कुराकानी गरेका छौँ।

क्षेत्रीसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

कुराकानीको मुख्य अंश:

एक वर्षभन्दा लामो समयपछि महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो। यो प्रतियोगिताबाट के-के पाठ सिकियो?

यो प्रतियोगितालाई हामीले अर्को महिना हुने टि-२० छनोट प्रतियोगिताका लागि अभ्यासको रूपमा पनि हेरेका थियौँ। यो क्षेत्रका धेरै टिमहरूसँग खेल्ने अवसर पाइयो र हामीले उनीहरू विरुद्ध निकै राम्रो प्रदर्शन गर्‍यौ। फाइनलमा चाहिँ हामी थाइल्याण्ड भनेर दबाबमा पर्‍यौ।तर सीपको कुरा गर्ने हो भने हामी उनीहरूभन्दा कम चाहिँ छैनौँ। अब आउने प्रतियोगितामा हामीले थाइल्याण्डलाई कसरी हराउन सकिन्छ भनेर रणनीति बनाउँदै छौँ।

महिला क्रिकेट टोलीका लागि ब्याटिङ सधैँ नै ठुलो समस्याको रूपमा रहने गरेको छ। फाइनल खेलमा त्यस्तै भएको हो, अलि बलियो टोलीसँग खेल्दा चाहिँ ब्याटिङ खस्की हाल्यो नि?

अरू टिमसँग हामीले निकै राम्रो खेलेका थियौँ। तर फाइनलसँग चाहिँ हामी दबाबमा नै खेल्यो। सुरुमा हामीले विकेट पनि लिन सकेनौँ त्यसपछि ठुलो स्कोर चेज गर्न परेपछि हामी झनै दबाबमा पर्यौं। त्यसैले ब्याटिङका कारण होइन हामीले मानसिक रूपमा दबाबमा आएर हारेका हौँ।

Rubina Chhetry
Source: SBS Nepali/Pratichya Dulal

अब हुने महत्त्वपूर्ण टि-२० छनोट खेलका लागि कस्तो तयारी गर्नुपर्ने देख्नुहुन्छ?

सबैभन्दा पहिला हामीले धैर्यता भन्ने कुरा सिक्नु पर्नेछ। त्यसपछि हामी जस्तोसुकै टिमसँग पनि खेल्न सक्छौँ। यो प्रतियोगितामा राम्रो गर्नसक्यौं भने मात्र महिला क्रिकेटको भविष्य रहिरहन्छ। यदि हामीले यसमा राम्रो गर्न सकेनौँ भने नेपालमा महिला क्रिकेट हराएर जान सक्ने देखेकी छु। त्यसैले यसमा जसरी भए पनि हामीले दुइसय प्रतिशत दिएर भएर पनि राम्रो नतिजा ल्याउनु पर्ने छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now