सिड्नी सबर्ब स्ट्र्याथफिल्डकी सांसद जोडी मकेय न्यु साउथ वेल्स लेबर पार्टीकी नेत्रीको पदमा निर्वाचित भएकी छन्। उनको नियुक्तिका साथ न्यु साउथ वेल्स इतिहासमै पहिलो पटक सरकार र विपक्षी पार्टीको नेतृत्व महिलाद्वारा गरिनेछ।
नवनिर्वाचित न्यु साउथ वेल्स विपक्षी नेत्री जोडी मकेयको नामसँग विभिन्न स्थानीय नेपाली सामुदायिक संस्थाहरू परिचित रहेता पनि धेरैलाई उनिबारे ज्ञान रहेको छैन।
को हुन् त ४९ वर्षीय मकेय र लेबर नेत्रीको पदमा उनको निर्वाचन पछि राज्यका नेपाली भाषी सदस्यहरूलाई के कस्ता फाइदा होलान् त?
लेबर पार्टी सदस्य र उक्त पार्टीसँग आबद्ध लेबर फ्रेन्ड्स अफ नेपालका संस्थापक सदस्य गोबा कटुवालले जोडी मकेयबाट समुदायद्वारा के अपेक्षा गर्न सक्लान् त भन्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।
हाम्रो पूर्ण कुराकानी मिडिया प्लेयरमा प्ले बटन थिचेर सुन्नुहोला

Share




