Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कर्णालीका चित्रकला काठमाण्डुमा

Paintings being displayed in kathmandu from karnali region

Paintings being displayed in kathmandu from karnali region. Source: Sewa bhattarai

कर्णालीमा पहिलो पटक आयोजना गरिएको ललितकला कार्यशालामा बनेका चित्रकला काठमाण्डुमा यस हप्ता प्रदर्शन गरिएका छन्।


Published

Updated

By Sewa Bhattarai

Source: SBS




Share this with family and friends


कर्णालीमा पहिलो पटक आयोजना गरिएको ललितकला कार्यशालामा बनेका चित्रकला काठमाण्डुमा यस हप्ता प्रदर्शन गरिएका छन्।


दर्शकहरूले पहिलो पटक सामूहिक रूपमा नेपालको प्रसिद्ध रारा ताल, कर्णालीको भेषभुषा, वास्तुकला, र जीवनशैलीलाई चित्रकलामा देखेका छन्।

मुगुमा रहेको कर्णाली आर्ट सेन्टरले पाटनको यलमाया केन्द्रमा मङ्गलवार देखि बिहीबार सम्म यो प्रदर्शन आयोजना गरेको हो।

कर्णालीबाट ललितकलामा स्नातकोत्तर गर्ने पहिलो व्यक्ति समेत रहेका ललितकला अध्यापक कोशल हमालको नेतृत्वमा सन् २०१८ मा १५ जना ललितकलाका विद्यार्थी सात दिने कार्यशालाका लागि मुगु पुगेका थिए।

नेपालको दुर्गम हिमाली जिल्ला मुगु सडक सञ्जालमा जोडिएको केही वर्ष मात्र भएको छ।

Artists playing music in a painting display program in kathmandu.
Source: Sewa bhattarai

नेपालको सुगम क्षेत्रमा रहेका फेवाताल जस्ता प्रसिद्ध ताल र काठमाण्डुका प्रसिद्ध मठ मन्दिरहरू बारम्बार चित्रकलामा कैद भएता पनि दुर्गम क्षेत्रका निकै सुन्दर स्थान पनि कमै चित्रकलामा देखिन्छन्।

दुर्गम क्षेत्रमा ललितकला शिक्षाको अभाव पनि यसको कारण मानिन्छ।

यो कार्यशालाका क्रममा यस्तो अभावलाई पूर्ति गर्न तर्फ एक कदम चाल्दै नेपालको पूर्वदेखि पश्चिमका कलाकारले रारा ताल र मुगुको प्रसिद्ध छायाँनाथ मन्दिर लगायतका स्थानको चित्र बनाएका थिए।

कर्णालीका दृश्य चित्रकलामा फैलाउनु मात्र नभई कर्णालीमा पनि चित्रकलाबारे सकारात्मक सन्देश दिनु कार्यशालाको एउटा उद्देश्य रहेको हमाल बताउँछन्।

"मुगुमा चाहिँ छोराछोरीलाई डाक्टर, इन्जिनियर, नर्स बनाउने भन्ने धारणा छ।

त्यसमा कलाका बारेमा समाजमा कसरी सकारात्मक दिने भन्ने पनि हाम्रो सोचाइ थियो। हामीहरू बसेको समय चाहिँ कलामय नै भइरहेको थियो।

साथीहरू देखि लिएर सामान्य मानिसहरू कलाको मात्रै कुरा गर्थे, चित्र के रहेछ, कस्तो रहेछ भनेर।

त्यहाँका स्थानीयवासी पुरै संलग्न भइरहेका थिए।

"कलाले यस्तो पनि गर्न सक्ने रहेछ भनेर मेरो पनि नयाँ अनुभव भयो।"

Attendees of painting display program in kathmandu. dialay
Source: Sewa bhattarai

ती चित्रकला त्यसै बेलामा मुगुमा प्रदर्शन गरिएका थिए, र तीन वर्षपछि हाल काठमाडौँमा प्रदर्शन गरिएका हुन्।

सबै चित्रकला बिक्रीमा राखिएका छन्।

बिक्रीबाट उठेको रकम कर्णाली आर्ट सेन्टरको स्कुल टु स्कुल प्रोजेक्टलाई जाने आयोजकले बताएका छन्।

समुदायमा रहेका समृद्ध लोक कला र सीप लोप हुँदै गइरहेको अवस्थामा गर्दै सेन्टरले त्यो परियोजना अन्तर्गत विद्यालय–विद्यालय पुगेर त्यस्ता कला र सीप विद्यार्थीलाई सिकाउने सेन्टरका हिरा नेपालीले बताएका छन्।

Art from karnali being displayed at kathmandu.
Source: RSS Nepal

मङ्गलवार प्रदर्शनीको उद्घाटन कार्यक्रममा गायिका झुमा लिम्बुले लोकगीत गाएकी थिइन्, लोकसंस्कृतिविद् लोचन रिजालले अर्बाजो बजाएका थिए, र लेखक बुद्धि सागरले कविता सुनाएका थिए।

कार्यशालामा सहभागी कलाकार दुर्गा सुनुवार, मेनुका शाही ठकुरी, झङ्कार सापकोटा, के.बी. पाल्पाली, अनिल मचामसी, अनिल खड्का, अनिलकुमार भुजेल, अनिता लिम्बू, नितेश श्रेष्ठ, रोशन राई, प्रज्ज्वल सुवेदी र योगेनजंग क्षेत्रीका चित्रकला राखिएका छन् ।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now