कोरोनाको बढ्दो संक्रमण
यस हप्ता नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको छ। आजसम्मको कुल संक्रमण ४१ लाख ४१ हजार भन्दा माथि छ र सकृय संक्रमित भने ३९ हजारभन्दा माथिको सङ्ख्यामा छन्।
माहामारी फैलने क्रमको बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल भन्छन्, "यो हाम्रो दक्षिण एसियामा सार्क मुलुकहरुको तुलना हेर्ने हो भने, हाल संक्रमण फैलने स्थिती बढ्दै गएको छ र हाल विषेश गरि नेपाल, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशमा यो भाईरसको एउटा व्यक्ति देखि अर्को व्यक्तीमा फैलने क्रमको दर १ भन्दा बढि रहेको अवस्था छ।”
सरकारले राजधानीमा शनीबारदेखि मास्क नलगाउनेलाई कारवाही गर्न १४०० जना ट्राफिक प्रहरीलाई खटाएको छ।

बिहिबारदेखि काठमाडौमा रातिको आठ बजेपछि अत्यावसेक बाहेक अन्य प्रायोजनका सवारी साधनलाई चल्न नदिईने भएको छ। यसो गरेतापनि भाईरस सर्नबाट खासै रोकथाम नहुने विज्ञहरुको अनुमान रहेको छ।
दिउँसो निजी तथा सरकारी कार्यलयमा उत्तिकै भिड हुने र यसले गर्दा रातको समयमा चल्ने रेष्टुरेन्ट र क्लबहरुमा हुने घुईचो कम गराउने सरकारको निती खासै उपयोगी नहुने उनीहरुको दावी छ।
यस्तै त्रिभुवन विश्वविद्यालयले यस हप्तादेखि सुरु गरेको स्नातक र ब्याचलर तहको जाँचका कक्षाकोठा तथा हलहरुमा सामाजिक दुरी कायम नगरिएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका छन्।
ऐमालेको फित्तलो नेतृत्व
एमालेका नेता शंकर पोखरेलले बुधबार आफ्नो पदबाट राजिनामा दिएका छन्। उनी लुम्बिनी प्रदेशका प्रमुख थिए।
गत केहि महिनामै एमालेका तीन शिर्ष नेताहरुले आफ्नो पद गुमाउन पुगेका छन्। यस सन्दर्भमा अग्र स्थानमा यस पार्टीका अध्यक्ष केपी शर्मा ओली आफै रहेका छन्, जसले प्रधानमन्त्रीको पद त्याग्नु पर्यो।
यसैगरि विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङले पनि आफ्नो पदबाट मुक्त हुने अवस्था आएको थियो।
अहिले एमालेका पार्टी प्रमुखहरु बागमती र प्रदेश १ का मुख्यमन्त्रीका रुपमा रहेका छन्। धेरैले यस्तो हुनुमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई राम्रोसंग समायोजन गर्ने नसकेको भनेर उनको आलोचना गरेका छन्।

कुलमान फेरि नियुक्त
सरकारले कुलमान घिसिङलाई फेरिपनि नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको रुपमा नियुक्त्त गरेको छ। उनलाई नियुक्त गरेको दिनमानै सरकारले कम आय श्रेत हुने वर्गका व्यक्तीहरुलाई एउटा महसुल छुटको मस्यैदा जारी गरेको छ।
यस्तै १० वाट् भन्दा मुनी खपत गरेर चलाउने व्यक्ती लाई निःशुल्क बिजुली प्रदान गर्ने प्रावधान बनाईएको छ भने यसको कार्यनवयन हुनको निम्ति करिब १ महिना लाग्ने बताईएको छ।
प्राधिकरणले आफ्नो सामाजिक दायीत्वको रुपम यस्तो प्रावधान ल्याएको भनिएको छ। आफ्नो नवनियुक्तीको अवसरमा हर्षित हुँदै कुलमान भन्छन्, “सरकारले दिएको जिम्मेवारी र माननीय प्रधानमन्त्री ज्युको निर्देशन अनुसार नेपालको उर्जा क्षेत्रको विकाशलाई अझ बढि उचाईमा लाने प्रतिबद्धता जायर गर्न चाहान्छु।”
सन् २०१६ को सेप्टेम्बरमा प्राधिकरणले कुलमानलाई प्रबनध निर्देशको रुपमा नियुक्ती गरेको थियो। त्यस ताका उनले नेपालमा लोडसेडिङको चलनलाई बन्द गरेर ख्याती कमाएका थिए।

सरकारद्वारा एनसीसी बेवास्ता
सरकारले साझा न्युनतम कार्यक्रन अन्तरगत् लिमपियाधुरा, लिपुलेख र कालापानीको सिमा व्यवस्थापनको निम्ती भारतसंग कुटनीतिक पहल गर्ने भएको छ।
सिमा क्षेत्रमा बारम्बार भईरहने तस्करी तथा सिमा सुरक्षाका समस्याहरुको समाधानको निम्ती पनि यस अन्तरगत केहि उपायहरु सोचीएको छ।
सरकारले आगामी दिनहरुमा सिमाक्षेत्रमा थप सुरक्षा चौकीहरुको पनि निर्माण गर्ने भएको छ।
यस कार्यक्रममा सरकारले देशको विकाशका निम्ती आवश्यक परियोजनाहरुको समावेशी तालिका बनाएर यस सम्बन्धी टेवा पुर्याउने कार्यहरु गर्ने योजना रहेको छ।
यस न्यूनतम कार्यक्रममा प्रधानमन्त्रीले एमसीसी सम्झौता राख्न खोजेपनि माओवादी र एमालेका सत्ताका सदस्य तथा यस कार्यक्रममा आबद्ध नेताहरुले नामाने पछि त्यसलाई यो सुचीमा राखिएको छैन्।
मधेषका पिडित महिला
मधेषमा यस हप्ता महिला हिंसा र जातिय भेदभावका सन्दर्भमा दुईटा घटना भएका छन्। आफूलाई एसिड हानेका आफ्नै श्रीमानलाई अदालतले सजायको फैसला सुनाएतापनि ऐसिड व्यापारीलाई सफाई दिएको भन्दै जनकपुरकी आरती साह आन्दोलित भएकी थिईन्।
उनी यसको विरोध गर्न आफ्नो भाईसँग जिल्ला अदालत पुगेकी थिईन तर प्रहरीले उनीहरु दुवैलाई हो-हल्ला गरेको कसुरमा पक्राउ गरेर हिरासतमा राखेको छ।
यस्तै सप्तरीमा एक असफल अन्तरजातिय प्रेम काहानीमा युवती ज्योती पासवानले आत्महत्या गरेकी छिन् भने युवा कृष्ण मिश्र बेपत्ता छन्।
घरका परिवारले आफ्नो सम्बन्ध स्विकार नगरेपछि उनीहरु भागेर अन्तै जान खोजेका थिए। तर प्रहरीले फेला पारेर ज्योतीलाई घरमा लिएर आए।
कोठा खोज्न जान्छु भनेको कृष्ण रातिसम्म नआएको र उल्टो प्रहरी आएर आफूलाई माईती ल्याईदिएकी ज्योतीले गत शनिबार आत्महत्या गरिन्।
महाकविको घर भत्काईयो
प्रज्ञा प्रतिष्ठानले महाकवी लक्ष्मीप्रसाद देवकोटको घर सङ्ग्रहालय बनाउने निहुमा भत्काएको छ। यस अघि अधिवक्ता सञ्जय अधिकारीले पुरातात्वीक घरलाई भत्काउन गलत भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
त्यसपछि अदालतले प्रज्ञा प्रतिष्ठानलाई यसको लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।
देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको थियो भने महाकविले यो घर आजभन्दा करिब ९० वर्ष अगाडि किनेका हुन्।
घर त अब भत्कीसक्यो, तर प्रतिष्ठानले त्यसमा माहाकविकै सामग्रीहरु राखेर सङ्ग्रहालय बनाउँछ कि अन्य विषयवस्तुमा आधारित गर्छ, त्यो भने सबैले देख्नै बाँकी नै छ।





