पानीजहाज कार्यालय स्थापना र ओली सरकारको वर्षदिन: गत ७ दिन नेपालमा।

Nepal government ministers

Source: RSS

लामो समयदेखि नेपालमा पानीजहाज चलाउने योजना सुनाइरहेको सरकारले पानीजहाज कार्यालय स्थापना र केपी शर्मा ओली सरकारको वर्ष दिन पुरा। गत ७ दिनका नेपालका केहि प्रमुख समाचार।


पानीजहाज कार्यालय स्थापना  

लामो समयदेखि नेपालमा पानीजहाज चलाउने योजना सुनाइरहेको सरकारले पानीजहाज कार्यालय स्थापना गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार बिहान एकान्तकुनामा स्थापना गरिएको कार्यालयको उद्घाटन गरेका हुन्। नेपालमा पानीजहाज चलाउने प्रधनमन्त्रीको यो योजनालाई महत्वकांशी भनिएको छ।

ओलीले गतवर्ष फागुनमा भारत भ्रमणका क्रममा पानीजहाज चलाउने बारे कुरा भएको थियो।

''दुई-चार जना इन्जिनियरलाई जागिर खान दिनका लागि यो कार्यालयको स्थापना गरिएको होइन। नेपालमा पानीजहाज चलाउनका लागि हो,"  बिहिबार कार्यालय स्थापना भएपछि प्रधानमन्त्री ओलीलेभने। 

ओली सरकारको वर्षदिन  

समृद्धिको नारा बोकेको केपी शर्मा ओलीको सरकारले वर्ष दिन पुरा गरेको छ। यहि अवसर पारि प्रधानमन्त्रीओलीलेबिहिबार सिंहदरबार स्थित ग्यालरी बैठक अगाडीबाट पहिलो वर्षको समीक्षा सहित उपलब्धिहरु सार्वजनिक गरे।  


उनले बितेको एक वर्षलाई विकास र समृद्धिको आधार वर्ष मानेको र त्यसकै आधारमा टेकेर आगामी वास अघि बढ्ने बताए।  
"जग खन्दा तला र छानाको परिकल्पना त गरिन्छ तर कसैले जगलाईनै हेरेर खै चोटा? खै छाना? भन्यो भने सरकार कस्को के लाग्छ?"

आफ्नो सम्बोधनमा उनले अघिल्लो वर्षको तुलनामा देशको आर्थिक स्थितिमा सुधार आएको बताए। मुद्रास्फीति घटेको र पर्यटन क्षेत्रमा सुधार भएको उल्लेख गरे। यस्तै गौतम बुद्ध विमानस्थल लगायतका केहिपुर्वाधारमा भएको प्रगति पनि सुनाए।  


सरकारको आलोचकहरु प्रति उनले व्यङ्ग्य मिश्रित कडा टिप्पणी गरे, "हाम्रो एउटा नौलो बानी छ, नौ-नौ महिनामा नयाँ सरकार हेर्ने। सरकार बनेको तीन महिनामा चुप लाग्ने अर्को तीन महिना खैत काम भन्न्?अनी नौ महिनामा सरकार फेर्ने। तेस्तो बानी परेका हामीलाई सरकारले कमै गरेर एक वर्ष का६य भन्दा पनि अनौठो लागेको हुनसक्छ।"सरकार नफेरिने भएकाले यस्तो बानीलानै फेर्न पनि उनले अनुरोध गरे।  


लामो समयपछि झण्डे दुई तिहाई मत पाएर गठन भएको सरकारले अपेक्षा गरिए अनुसार प्रभावकारी रुपमा काम नगरेको आरोप लागिरहेको बेल आलीको राष्ट्रका नाममा सम्बोधन आएको हो। र त्यसमा उनले त्यस्तो आरोपहरुलाई मुलुकको समृद्धि नचाहनेहरुको निराधार हल्ला भएको बताए।
Nepali women's football team.
Nepali women's football team. Source: RSS


महिला फुटबल टोली उपविजेतामासिमित 


भारतमा सम्पन्न हिरोवुमन्सगोल्डकपको उपाधि भिडन्तमा नेपाल म्यानमारसंग पराजित भयो।

उडिसा स्थित कलिङ्कगरंगशालामा शुक्रबार भएको फाइनल खेलमा म्यानमारले नेपाललाई ३-१ ले पराजित गर्यो।

यसअघि लिग चरणको खेलमा पनि नेपाल म्यानपारसंग ३-० ले पराजित भएको थियो। तर त्यसपछिका नेपालले बलियो प्रतिद्वन्दि भारतलाई २-१ र इरानलाई ३-०ले जितेको थियो। प्रतियोगितामा चार गोल गरेकी सावित्रा भण्डारीले सर्वाधिकगोलकर्ताको उपाधि पाइन्।

यहि फागुन महिनामा विराटनगरमा हुने महिला साफ च्याम्पियनसिकको तयारीका लागि नेपाली टोलीले उक्त प्रतियोगितामा सहभागि भएको थियो।  


आयुक्त पाठक द्वारा राजीनामा 


भ्रष्टाचार गरेको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना आयुक्त राजनारायण पाठकले राजिनामा दिएका छन्।

उनले ७८ लाख रुपैयाँ घुस लिएको प्रकण सार्वजनिक भएको थियो। जसका कारण अख्तियारको कामकारबाही माथिको विश्वसनीयतामा माथि प्रश्न उठेको थियो। आयुक्त पाठकले घुष लिएको उक्त भिडियो राजेयका प्रमुख निकाय र संसदीय समितामा देखाइएको थियो।  


उनले भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलजे प्रकरणमा सो कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसंग सार्वजनिक संस्था ऐन अन्तर्गत दर्ता भएकको सो कलजेलाई कम्पनीमा रजिस्टार कार्यालयमा दर्ता गरी निजीबनाउने प्रयास भएपछि अख्तियारमा छानबिनका लागिपुगेको मुद्दा मिलाउने नाममा पटक पटक गरि ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएको हो।   


स्वारोजगार कार्यक्रमको उद्घाटन 


सरकारले स्वारोजगार कार्यक्रम सुरु गरेको छ। बुधबार राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको उद्घाटन गर्का हुन्।  


श्रम रोजगार तथा सामाजिक सूरक्षा मन्त्री गोकर्ण विष्टका अनुसार उक्त कार्यक्रम मार्फत बेरोजगरालाई न्यूनतम सय दिनको रोजगारी ग्यारेन्टी गर्ने र रोजगारी दिन नसके क्षतिपूर्तिका रुपमा जीवन निर्वाह भत्ता उपलब्ध गराउने लक्ष्य सरकारले लिएको छ।

"यो कार्यक्रम सित्तैमा भत्ता बाँढ्ने कार्यक्रम हुने हो की भन्ने भनि हुन सक्छ। तर बिना बाम सबै बेरोजगारलाई भत्ता बाँढ्ने काम हुन सक्तैन। सरकारले बनाएका मापदण्ड पुरा गर्नेले मात्र यो पाउने हो," मन्त्री बिष्टले भने।   


उद्योग, व्यापार, कृषि, पर्यटन, पूर्वाधार, सूचना प्रविधि लगायत वभिन्न क्षेत्रमा रोजगारीका अवसर सिर्जा गरिने सरकारले घोषणा गरेको छ।  


सुरुमा प्रत्येक स्थानीय तहमा रोजगार सेवा स्थापना गरेर आवश्यक तथ्याङ्क संकलन गरिने अधिकारीहरुले बताएका छन्।  


Pushpa Kamal Dahal - Prachanda
Pushpa Kamal Dahal - Prachanda Source: RSS


फरक शैलीमा मनाइयो जनयुद्ध दिवस 


एमाले र माओवादि मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टि (नेकपा)ले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनायो। तर पार्टि एकिकरण भएपछि मनाइएको उक्त कार्यक्रम विगतमा भन्दा केहि फरक देखियो।

पार्टि कार्यालय धुम्बाराहीमा आयोजना गरिएको उक्त कार्यक्रममा पार्टिका एकजना नेता अध्यक्ष एवं प्रधानमन्त्री ओली उपस्थित भएनन्।

पार्टि एकिकरणको सन्देश दिन जनआन्दोलन र जनयुद्धलाई समेटेर श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो।

उक्त कार्यक्रमा बोल्दै पार्टीका एक जना अध्यक्ष पुष्ष कमल दाहाल प्रचण्डले शहिदहरुको सम्झना गरे र पार्टि एकिकरण बारे चर्चा गरे, "भावनात्मक रुपले पनि हिजो अलग अलग धारले अघि बढेका पार्टि, कार्यकर्ता र जनतालाई एकै ठाउँमा ल्याउनले एउटा एतिहासिक भुमिका खलेको छ भन्ने मलाई लाग्छ।" 

"हामी कसैले यसलाई चाहे जे त्यो जेठ तीन गतेको दिन होस् या फागुन १ गतेको दिन होस् हामीले वैचारी राजनीतिक एकतालाई बलियो बनाउने अवसरको रपमा लिइनु पर्द्छ र लिइएको छ।" कार्यक्रमलाई एकीकृत जस्तो देखाउन खोजिए पनि शीर्ष नेतृत्वकै अनुपस्थिति थियो।

पूर्व माओवादीमा शीर्ष तहमा रहेका धेरै नेताहरु उपस्थित हुँदा पूर्व एमालेका शीर्ष तहका नेताहरुको भने उपस्थतिति न्यून रहेको थियो।  


यसैबीच सोहि दिन जनकपुरमा पत्रकारहरुकव प्रशनको जवाफ दिँदै पार्टिका एक जना वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टिमा औपचारिक रुपमा जनयुद्ध दिवस मनाउने बारे कुनै निर्णय नभएको बताए। 



Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand