ट्विटरको स्वामित्व लिएसँगै एलन मस्कले ७,५०० कर्मचारी मध्ये आधालाई निष्कासन गरिसकेका छन्।
आफ्ना कार्यलयहरु अस्थायी रूपमा बन्द गर्दै, कर्मचारीहरू निष्कासन गर्न थालेपछि अब टुईटरको भविष्य कता जाने हो भने कौतुहलता पनि प्रयोगकर्ताहरूमा देखा परिरहेको छ।
यता निष्कासित कर्मचारीहरूको समूहले सामाजिक सञ्जाल सञ्चालक विरुद्ध कानूनी पक्रिया पनि अगाडी बढाएका छन्।
ट्विटरका पूर्व कर्मचारी सिमोन बाल्मेन आफूले कर्मचारी कटौतीका बारेमा सुनेको र केही समय पछि आफ्नो कामको ल्यापटप हेर्दा सबै डेटाहरू डिलिट भएको पाएको बताउँछन्।
“मैले बेलायती समय अनुसार बिहानै कर्मचारी कटौती हुदैछ भन्ने इमेल पाएको थिए, त्यसको एक घण्टा पछि हेर्दा, मेरो कामको कम्यूटरका सबै डाटाहरू डिलिट भइसकेका थिए,” बाल्मेनले भने।
कर्मचारीलाई आवश्यक जानकारी र समय नदिईकनै, कानुन विपरीत निर्णय गरेको भन्दै उनी विरुद्ध मुद्दा परेको छ।
सान फ्रान्सीस्कोमा मुख्य कार्यालय रहेको कम्पनीले बिहीबार आफ्ना कर्मचारीलाई इमेल पठाई जागिरमा कायम रहने वा नरहने भन्ने बारेमा शुक्रवार जानकारी दिने बताएको थियो।
यसको केही घण्टा मै ७,५०० मध्ये आधा कर्मचारीले आफ्नो जागिर गुमाएका थिए।
"दैनिक ४० लाख डलर घाटा"
एलन मस्कले भने दैनिक ४० लाख अमेरिकी डलर घाटा भइरहेको कम्पनीबाट कर्मचारी कटौती गर्ने बाहेक आफूसँग विकल्प नभएको बताएका छन्।
यद्यपि जागिर गुमाएका कर्मचारीलाई तीन महिनाको तलब दिइने पनि उनको टुईटमा उल्लेख छ।
विडबुस नामक सेक्युरिटीज कम्पनीका प्रमुख डेनियल इभ्स मस्कले टुईटर खरिद गरेर कति दबाबमा छन् भन्ने कुरा यसले प्रस्ट पारेको बताउँछन्।
“मलाई लाग्छ, यो कि परिस्थिति कत्तिको डरलाग्दो छ र टुईटरको स्वामित्वलाई लिएर मस्कले कति दबाबको सामना गरिरहेका छन् भन्ने कुराको प्रमाण हो,” उनले भने।
सार्वजनिक एजेन्सी र महत्त्वपूर्ण सेवा प्रदायक जस्तै कि विद्यालय, प्रहरी, सामाजिक संस्था र समाचार संस्थाहरूले यसलाई विश्वसनीय माध्यमका रूपमा प्रयोग गर्दै आइरहेका छन्।
तर यति ठुलो सङ्ख्यामा कर्मचारी कटौती हुँदा, यो कतै नियम बिहीबार हुने त हैन भनेर धेरैलाई चिन्ता लागेको छ।
सामाजिक संस्थाको जागिर कटौतीबाट कम प्रभावित हुनेहरू भने कम्पनीको अग्रस्थानमा बसेर मध्यस्थता गर्ने मोडेरेसन स्टाफहरू छन्।

जागिर गुमाएका बारेमा ट्विटरमा लेख्ने कतिपय कर्मचारीले आफ्नो पुरै टिम नै निकालिएको बताएका छन्।
मानवअधिकार र विश्व व्यापी द्वन्द्व हेर्ने टिम, पक्षपाती कार्यका लागि ट्विटको विस्तारको प्रयोग बारेको एल्गोरिदम हेर्ने टिम र आशक्तहरूका लागि पहुँचयोग्य बनाउनका लागि खडा भएको इन्जीनियरहरुको टिमका सबै सदस्यलाई निष्कासित गरिएको बताइन्छ।
यता नागरिक अधिकारकर्मीहरूको एक समूहले ट्विटरमा विज्ञापन नदिन भन्दै व्यवसायहरूसँग माग गरिरहेका छन्।
कर्मचारी निष्कासित गर्दा ट्विटरका विश्वभरका कार्यलयहरुमा असर परेको छ।
महिला, रङ्ग वा उमेरका भेदभाव गरेर कर्मचारी निष्कासन गरेको भए यसको परिणाम पनि मस्कले भोग्ने बताइन्छ।
न्यु योर्कमा लगानीकर्ताहरूको सम्मेलनमा ट्विटरका नयाँ कार्यकारी प्रमुख बनेका मस्कले, विज्ञापनदाताहरूलाई भड्काएकोमा अधिकारवादीहरू प्रति आक्रोश पोखेका छन्।
“मुख्य विज्ञापनकर्ताहरूले टुईटरमा विज्ञापन दिन छाडेका छन्, यो त्यति ठिक होइन किनकि हामीले हाम्रो कार्यशैलीमा कुनै पनि परिवर्तन गरेका छैनौ.....चुनौतीहरूका बाबजुद टुईटर एक दिन विश्वका मूल्यवान् कम्पनीहरू मध्ये एक हुनेछ,” उनले भने।
मस्कले स्वामित्व लिएसँगै कम्पनीले आफ्ना सेवामा हेरफेर पनि गरिरहेको छ।
ब्लु चेक अर्थात् भेरीफाईड प्रयोगकर्ताका लागि २० अमेरिकी डलर प्रतिमहिना लिने र अन्य सुविधाका लागि पनि महिनावारी विभिन्न शुल्कहरू तोकिएका छन्।
ट्विटर ब्लु नामक सदस्यताका लागि महिनाको पाँच डलर लिने र यसले ट्विट हटाउन सक्ने र विज्ञापन बिना लेखहरू पढ्न सक्ने योजना ल्याएको छ।
मस्कले विभिन्न योजना मार्फत प्रयोगकर्तालाई आकर्षित गर्ने र यसबापत शुल्क उठाउने योजना लयाएका छन्।







